स्थानीय सरकार
१०३समाचार
पृष्ठ ५
विकासका आधारहरु तयार गरि सक्यौँ– नगर प्रमुख बस्नेत (भिडियो)
कैलाश खत्री / रामेछाप– मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले चार वर्षको अवधिमा नगरमा विकासका आधारहरु तयार भएको दावी गरेका छन् । मन्थली नगरपालिकाको आठौँ वार्षिक उत्सवमा विहिबार आफ्नो कार्यकालमा भएका कामहरुको बारेमा जनकारी गराउँदै नगर प्रमुख बस्नेतले धेरैजसो विकासका आधारहरु तयार भइसकेको दावी गरेका हुन् । आफू निर्वाचित भएर आउँदा नगरको कुनै भौतिक […]
मन्थली नगरको ‘स्वस्थ मिर्गौला स्वस्थ मन्थली’ अभियानः आधा लाखको मिर्गौला परीक्षण
रामेछाप– मन्थली नगरपालिकाले नगरबासीहरुको निःशुल्क मिर्गौला परीक्षण गर्ने भएको छ । नगरपालिकाले ‘स्वस्थ मिर्गौला स्वस्थ मन्थली’ अभियान अन्तरगत नगरमा रहेका झण्डै साँढे ५१ हजार नगरवासीको निःशुल्क मिर्गौला परीक्षण गर्न लागेको हो । नगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरी राष्ट्रिय मिर्गौला उपचार केन्द्रसँगको सहकार्यमा ६ वर्ष भन्दा माथी उमेर भएका सबै नागरिकको ‘डिपिस्टिक कीट’ को प्रयोग गरेर […]
रामेछापमा एमालेका १ सय ६५ जनप्रतिनिधिलाई पार्टी छोड्न सकस
एमालेमै रहने की, नेकपा एसमा जने ?, अझै अलमलमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएसँगै एमाले भित्र आएको आन्तरिक विवादले २०७८ भदौ ९ गते एमाले फुटेर निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दर्ता भयो । एमालेकै वरिष्ट नेता माधव कुमार नेपालको नेतृत्वमा एमालेबाट निर्वाचित ३० सांसद सहित ५५ जना […]
गोकुलगंगा–५ का वडाध्यक्षले नेकपा एकीकृत समाजबादीमा गराए सनाखत
रामेछाप– गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडीका वडाध्यक्षले एमाले छोडेर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) मा सनाखत गराएका छन् । शुक्रबार जिल्ला निर्वाचनको कार्यालयमा आएर नामाडीका वडाध्यक्ष बलराम खड्काले आफू नेकपा एमाले त्यागेर नेकपा (एस) मा रहने भन्दै सनाखत गराएको रामेछापका निर्वाचन अधिकारी सम्भुकुमार कटुवालले बताए । जिल्ला निर्वाचन कार्यालयले सबै पालिकामा भदौ २२ गते […]
सिन्धुलीका ९ स्थानीय तहको बेरुजु १७ करोड माथी, कमलामाई र तीनपाटनको बेरुजु बढ्यो
सिन्धुली संवाददाता– सिन्धली जिल्लाका ९ स्थानीय तहको आर्थिक वर्ष २०७६/०७७ को बेरुजु रकम झण्डै १८ करोड देखिएको छ । महालेखापरीक्षकको कार्यालयले प्रकाशन गरेको ५८ औँ लेखापरीक्षणमा सिन्धुलीका दुई नगरपालिका र सात गाउँपालिका गरी ९ स्थानीय तहको बेरुजु रकम १७ करोड ९० लाख ५७ हजार देखिएको हो । अघिल्लो वर्ष अर्थात आर्थिक २०७५/०७६ को तुलनामा बेरुजु […]
रामेछाप नगरपालिका बेरुजु कम आउने स्थानीय तहमा बागमती प्रदेशकै पहिलो (सूची सहित)
रामेछाप- बागमती प्रदेशका स्थानीय तह मध्ये बेरुजु कम आउनेमा रामेछापको रामेछाप नगरपालिका पहिलो नम्बरमा परेको छ । महालेखापरीक्षकको कार्यालयले शुक्रबार प्रकाशित गरेको ५८ औँ वार्षिक प्रतिवेदनमा १ सय १९ ओटा स्थानीय तह भएको बागमती प्रदेशको रामेछाप नगरपालिका प्रदेशका सबै स्थानीय मध्ये बेरुजु कम आउनेमा पहिलो नम्बरमा परेको हो । महालेखाले रामेछाप नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ […]
रामेछापको ७ स्थानीय तहको बेरुजु १८ करोड ३७ लाख, लिखुतामाकोशीको भएन लेखापरीक्षण
रामेछाप– रामेछापका ७ स्थानीय तहको आर्थिक वर्ष २०७६/०७७ मा १८ करोड ३७ लाख ९७ हजार रुपैयाँ रकम बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले प्रकाशन गरेको ५८औँ लेखापरीक्षणमा रामेछापका दुई नगरपालिका र पाँच गाउँपालिका गरी ७ स्थानीय तहको बेरुजु रकम १८ करोड ३७ लाख ९७ हजार देखिएको हो । अघिल्लो वर्ष अर्थात आर्थिक २०७५/०७६ को तुलनामा […]
रामेछाप नगरपालिकामा २० जना महिलालाई ड्राइभिङ तालिम
रामेछाप– रामेछाप नगरपालिकाले नगर भित्रका महिलाहरुलाई ड्राइभिङ (हलुका सवारी चालक) तालिम सिकाउने भएको छ । चालु आर्थिक वर्षमा नगरका २० जना महिलालाई सहभागी गराउने गरी १५ दिन सम्मको ड्राइभिङ (हलुका सवारी चालक) तालिम सिकाउन लागेको हो । विशेष गरी आर्थिक रुपमा कमजोर भएका एकल महिलालाई प्राथमिकतामा राखेर उनिहरुलाई आत्मनिर्भर बनाउने गरी ड्राइभिङ तालिम संचालन गर्न […]
रामेछाप नगरपालिकामा एम्बुलेन्सको विकल्पमा उपप्रमुखको गाडी
रामेछाप– पछिल्लो समय विभिन्न जनप्रतिनिधि तथा नगरपालिकाले प्रयोग गर्दै आएका सवारीसाधनलाई एम्बुलेन्सको विकल्पका रुपमा प्रयोग गर्न थालिएको छ । यसै क्रममा रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको उपप्रमुखले प्रयोग गर्दै आइरहेको गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेकी छिन् । नेपालमा तिब्र रुपमा फैलिइ रहेको कोरोना भाइरस रामेछाप नगरपालिकामा पनि फैलादो अवस्थामा रहेको र त्यसबाट आउने असहज परिस्थितिलाई समधान […]
रामेछाप नगरपालिकाको ८ महिनाको पुँजीगत खर्च ३२ प्रतिशत मात्रै
युवराज सुवेदी, रामेछाप– रामेछाप नगरपालिकामा चालु आर्थिक वर्षको ८ महिनामा पुँजीगत खर्च ३२.१९ प्रतिशत मात्रै भएको छ । नगरपालिकाले शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा चालु आर्थिक वर्षको दुई चौमासिकमा भएको भौतिक तथा वित्तिय प्रगति विवरण सर्वाजनिक गर्ने क्रममा पुँजीगत अर्थात विकास खर्च ३२.१९ प्रतिशत मात्रै भएको बताएको हो । पुँजीगत खर्चको तुलनामा चालु खर्च […]
‘व्यवसायिक बन्न हरेक नागरिकसँग सीप हुनुपर्छ’– नगर प्रमुख थापामगर
रामेछाप- रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले अब व्यवसायिक बन्न नगरका सबै नागरिकमा सीप हुनु पर्ने बताएका छन् । शुक्रबार रामेछाप नगरपालिका वडा नं ५ कोलोञ्जोरघाटमा रामेछाप नगरपालिकाको आर्थिक सहयोग तथा ग्रामिण विजनेश प्रमोशन प्रालिको प्राविधिक सहयोगमा स्वीटर बनाउने (मेसिन होजियारी) सीप विकास तालिमको शुक्रबार उद्घाटन गर्दै नगर प्रमुख थापामगरले नागरिकहरुको आफ्नो आर्थिक समृद्धीको […]
‘हाम्रो रामेछाप नगरपालिका’ नामक पुस्तक सार्वजनिक, नगरको वस्तुस्थिति बुझ्न मद्धत पुग्छ– नगर प्रमुख
रामेछाप- रामेछाप नगरपालिकाले नगरको समग्र वस्तुस्थिति समेत झल्कने गरी स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार गरेको छ । रामेछाप नगरपालिकाले यसअघि नगर प्रोफाइल तयार गर्दा लिएको तथ्यांकलाई मुख्य आधार बनाएर समग्र नगरपालिकाको वस्तुस्थिति झल्कने गरी कक्षा १ देखि कक्षा ८ सम्म अध्ययपन गराउने गरी ‘हाम्रो रामेछाप नगरपालिका’ नामक पाठ्यपुस्तक तयार गरेको हो । विहिबार पुस्तक सार्वजनिक […]












