खेलकुद

३६समाचार

७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि

रामेछाप- सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माविले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण पदक सहित सबै भन्दा बढी नतिजा आफ्नो पक्षमा पार्दै कृष्णपुरी मावि सुनापति– ५ रुपाकोटले रनिङ शिल्डको उपाधि जितेको हो । त्यस्तै डहु मावि सुनापति– ४ डहुले ४ स्वर्ण पदक सहित दोस्रो भएको छ भने पशुपति मावि […]

  1. सुनापितमा राष्ट्रपति रनिङ शिल्डः १२ खेल सम्पन्न, डहु र कृष्णपुरी माविलाई ३/३ स्वर्ण पदक

    रामेछाप– सुनापति गाउँपालिका सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिनमा विभिन्न विधा अन्तरगतका १२ ओटा खेलहरू सम्पन्न भएका छन् । आइतबार र सोमबार सम्पन्न एथ्लेटिक्स तर्फका खेलमा डहु मावि डहु र कृष्णपुरी माविले समान ३/३ स्वर्ण पदक जितेका छन् । डहु मावि वडा नं ४ ले ३ स्वर्ण र ३ रजत पदक जितेको छ । […]

  2. सुनापति गाउँपालिका सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    रामेछाप– सुनापति गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विभिन्न खेल बिधा अन्तरगत रहेर गाउँपालिका भित्रका मावि तहमा अध्ययनरत विद्यार्थी सहभागी हुन पाउने सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारदेखि सुरु भएको हो । सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले प्रतियोगिताको उद्घाटन गरेर […]

  3. सुनापति गाउँपालिका चौथो अध्यक्ष कपको उपाधि मुगिखोला युवा क्लब मन्थलीलाई

    रामेछाप– सुनापति गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबलको उपाधि मुगिखोला युवा क्लब मन्थलीले जितेको छ । बुधवार भएको फाइनले खेलमा आयोजक टिम सुनापति गाउँपालिका खेलकुद विकास समितिलाई पराजित गर्दै चौथो अध्यक्ष कपको उपाधि जितेको हो । विजेता टिम मुगिखोला युवा क्लबले एक लाख ५० हजार पुरस्कार सहित  ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ […]

  4. सुनापति गाउँपालिका अध्यक्ष कप :  आयोजक र मुगिखोला युवा क्लब मन्थली फाइनलमा

    रामेछाप- सुनापति गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आयोजक टिम सुनापति गाउँपालिका खेलकुद विकास समिति र मुगिखोला युवा क्लब मन्थली फाइनलमा पुगेका छन् । मंगलबार भएको सेमी फाइनलको खेलमा जित निकाल्दै दुई टिम फाइनलमा पुगेका हुन् ।  सेमी फाइनल अन्तरगतको पहिलो खेलमा मुगीखोला युवा क्लबले बेथान युवा समाजलाई पराजित गर्दै फाइनलको यात्रा […]

थप समाचार

  1. सुनापति गाउँपालिका अध्यक्ष कप : पहिलो चरणका दश खेल सम्पन्न, मंगलबार क्वाटर फाइनलका खेल हुने

    रामेछाप– आइतबारदेखि सुरु भएको सुनापति गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो चरणका सबै खेलहरू सम्पन्न भएका छन् । आइतबार र सोमबार गरी पहिलो चरणका दश खेल सम्पन्न भएका हुन् । आइतबार भएको एक खेलमा आयोजक टिमले (सुनापति गाउँपालिका खेलकुद विकास समिति) आरवि सप्लायर्स कामालाई हराएको थियो । त्यस्तै सोमबार भएको दोस्रो खेलमा […]

  2. सुनापति गाउँपालिका अध्यक्ष कप : आरवि सप्लायर्सलाई आयोजकले हरायो, सोमबार ५ खेल हुने

    रामेछाप– आइतबारदेखि सुरु भएको सुनापति गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टिमले (सुनापति गाउँपालिका खेलकुद विकास समिति) आरवि सप्लायर्स कामालाई हराएको छ । आयोजक टिमले आरवि सप्लायर्स कामालाई सोझो सेटमा हराएको हो । पहिलो चरणको खेल तालिका अनुसार आइतबार एक खेल मात्रै भएको थियो भने सोमबार ५ देखि ६ खेल […]

  3. सुनापति गाउँपालिका अध्यक्ष कपको तयारी अन्तिम चरणमा, ११ टिमले भाग लिने

    रामेछाप– सुनापति गाउँपालिका अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ । आइतबार (कात्तिक ९ गते) देखि सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीले बताए । तोकिएकै समय आइतबारदेखि नै खेल खेलाउन सक्ने गरी सुनापति गाउँपालिका वडा नं ३ का वडाध्यक्ष कुलबहादुर […]

  4. सुनापति राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्ने विद्यालयलाई वडाले गर्‍यो सम्मान

    रामेछाप- सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जित्ने शतलिङ्गेश्वर माध्यमिक विद्यालयलाई वडा कार्यालयले सम्मान गरेको छ । गएको सोमबार सम्पन्न भएको प्रतियोगितामा ७ स्वर्ण सहित ११ पदक आफ्नो पक्षमा पारेर प्रथम भएको शतलिङ्गेश्वर माध्यमिक विद्यालयलाई सुनापति गाउँपालिका वडा नम्बर १ गुन्सीले सम्मान गरेको हो । ९ ओटा मावि सहभागी प्रतियोगितामा विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै […]

  5. १५ वर्ष मुनिको अखिल कप प्रतियोगिताको तयारी पूरा

    रामेछाप- मङ्सिर १४ गतेदेखि १६ गतेसम्म रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालन हुने १५ वर्ष मुनिको प्रथम अखिल कप खुला पुरुष फुटबल प्रतियोगिता २०८१ को तयारी पूरा भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी रामेछापले आयोजना गर्न लागेको प्रतियोगिताको प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । बुधवार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी उक्त […]

  6. अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्ने खेलाडी सम्मानित

    रामेछाप– न्युजिल्याण्डमा भएको दोस्रो आईटीएफ (तेक्वान्दो) अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण पदक जितेका रुपसिंह तामाङलाई रामेछापको सुनापति गाउँपालिकाले सम्मान गरेको छ । न्युजिल्यान्डको हास्टिङ स्पोर्ट्स सेन्टरमा जुन ४ देखि भएको प्रतियोगिताको भेट्रान्स स्पेसल टेक्निकमा स्वर्ण जितेका तामाङलाई गाउँपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सम्मानित तामाङ खाँडादेवी गाउँपालिका वडा नं ७ का स्थानीय हुन् […]

  7. १० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लिखुतामाकोशीमा सुरु, तीन दिन सम्म चल्ने

    रामेछाप– १० औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्लाको लिखुतामाकोशी गाउँपालिकामा बुधबार देखि सुरु भएको प्रतियोगिता ३ दिन सम्म चल्ने छ । लिखुतामाकोशी गाउँपालिकाको वडा नं २ सैपुमा सुरु भएको प्रतियोगिताको प्रतिनिधि सभा सदस्य पुर्ण बहादुर तामाङ  (कान्छाराम) ले उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घानका क्रममा आफ्नो भनाई राख्दै कार्यक्रमका […]