१० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लिखुतामाकोशीमा सुरु, तीन दिन सम्म चल्ने

रामेछाप– १० औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्लाको लिखुतामाकोशी गाउँपालिकामा बुधबार देखि सुरु भएको प्रतियोगिता ३ दिन सम्म चल्ने छ । लिखुतामाकोशी गाउँपालिकाको वडा नं २ सैपुमा सुरु भएको प्रतियोगिताको प्रतिनिधि सभा सदस्य पुर्ण बहादुर तामाङ  (कान्छाराम) ले उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घानका क्रममा आफ्नो भनाई राख्दै कार्यक्रमका […]

१० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लिखुतामाकोशीमा सुरु, तीन दिन सम्म चल्ने

रामेछाप– १० औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्लाको लिखुतामाकोशी गाउँपालिकामा बुधबार देखि सुरु भएको प्रतियोगिता ३ दिन सम्म चल्ने छ । लिखुतामाकोशी गाउँपालिकाको वडा नं २ सैपुमा सुरु भएको प्रतियोगिताको प्रतिनिधि सभा सदस्य पुर्ण बहादुर तामाङ  (कान्छाराम) ले उद्घाटन गरेका छन् ।

प्रतियोगिता उद्घानका क्रममा आफ्नो भनाई राख्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रतिनिधि सभा सदस्य तामाङले जिल्लाको खेलकुद विकासको लागि आफ्नो पाँच वर्षे कार्यकालमा पुर्ण रुपमा लाग्ने प्रतिवद्धता जनाएका छन् । उनले जिल्लाको समग्र खेलकुद विकासको लागि सबै पार्टीबाट निर्वाचित सांसदहरु र स्थानीय तहका जनप्रतिनिधिले पार्टी भन्दा माथी उठेर काम गर्नु पर्ने धारणा राखे ।

सबै पालिकाका खेलाडीहरु सहभागी हुने खेललाई लिखुतामाकोशी गाउँपालिकामा गराउनु राम्रो भएको बताउँदै आगामी दिनमा हुने जिल्ला स्तरीय अन्य खेलहरु पनि सदरमुकाम मन्थलीमा मात्रै नभइ अन्य पालिकामा खेलाउन उनले आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै बागमती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले जिल्ला खेलकुद विकास समितिले हरेक वर्ष आयोजना गर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फरक फरक पालिकामा गर्दा ती पालिकाहरुको खेलकुद विकासमा सहयोग पुग्नुका साथै आन्तरिक पर्यटन विकासमा समेत सहयोग पुग्ने बताउँदै यो पटकको जस्तो अभ्यासलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका छन् । कार्यक्रमका बिशिष्ट अतिथि समेत रहेका श्रेष्ठले खेलकुदको क्षेत्रमा विकासको लागि आफ्नो पाँच वर्षे कार्यकालमा जिल्लामा खेलका आधारभूत आवश्यकतालाई पुरा गर्ने काममा लाग्ने प्रतिवद्धता जनाएका छन् ।

आफ्नो पालिकामा जिल्ला स्तरको खेलकुद प्रतियोगिता संचालन गराउन पाउँदा पालिकाको खेलकुद विकासको लागि थप जिम्मेवारी थपिएको बताउँदै लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले आगामी दिनमा लिखुलाई खेलकुदकै माध्यमबाट चिनाउने गरी लाग्ने प्रतिद्धता जनाए । उनले जिल्ला स्तरको खेल लिखुतामाकोशीमा हुँदा पालिकाको पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने बताए ।

अध्यक्ष मतहले लिखुतामाकोशी गाउँपालिका जिल्ला स्तरको खेल खेलाउन सक्ने क्षमता रहेको यो खेलले प्रष्ट पारेको बताउँदै अन्य ठूला खेल खेलाउनु परेमा लिखुतामाकोशीमा खेलाउन अनुरोध पनि गरेका छन् ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज घागा मगरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपाने, मन्थली नगरपालिकाका उपप्रमुख इश्वरी बस्नेत, उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष सावित्री सुनुवार, नेपाली काँग्रेसका नेता कृष्ण महत, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, लिखुतामाकोशी गाउँपालिका वडा नं २ का वडाध्यक्ष सन्तोष पौडेल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

जिल्लाका ८ वटै पालिकाका खेलाडिहरुको सहभागिता रहेको प्रतियोगितामा भलिवल, एथलेष्टिक अन्तर्गतका बिभिन्न दौडहरु, हाइजम, लङजम, ट्रिपल जम्प, सटफुट, ज्याब्लिङ थ्रो, कवर्दि, कराते, लगाएतका खेलहरु खेलाइने आयोजकले जनाएको छ ।

खेलकुद का थप समाचार
१० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लिखुतामाकोशीमा सुरु, तीन दिन सम्म चल्ने | नेपाल किरण