विविध

२७समाचार

माघ २७ गतेको रामेछाप बस दुर्घटनामा लिखुतामाकोशी गाउँपालिकाद्वारा संघीय सरकारको ध्यानाकर्षण

रामेछाप– गएको माघ २७ गते रामेछाप जिल्लामा भएको बस दुर्घटनाप्रति संघीय सरकार संवेदनशील नभएको भन्दै लिखुतामाकोशी गाउँपालिकाले सरकारको ध्यानाकर्षण गराएको छ । गाउँपालिकाले रामेछापका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै यसअघि नै निष्पक्ष छानबिन गरी मृतक र घाइतेका परिवारलाई उचित क्षतिपूर्तिको माग गरिएको भए पनि हालसम्म कुनै सुनुवाइ नभएको […]

  1. गायिका केसीलाई नारायणगोपाल युवा संगीत पुरस्कार प्रदान

    चर्चित गायिका रिता केसी यस वर्षको ‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०८२’ बाट सम्मानित भएकी छिन् । राष्ट्रिय युवा सेवा कोषले प्रदान गर्ने यो पुरस्कारसहित उनले ४० हजार रुपैयाँ नगद प्राप्त गरेकी हुन् । कोषका सदस्य–सचिव डा. विष्णुबहादुर भण्डारीका अनुसार वरिष्ठ संगीतकार प्रा. डा. दीपक जंगम अध्यक्ष रहेको मूल्यांकन समितिले गायिका केसीलाई पुरस्कारका लागि सिफारिस गरेको हो । करिब दुई दशकदेखि गायन क्षेत्रमा सक्रिय केसी हाल संगीतमै विद्यावारिधि (PhD) गर्दैछिन् […]

  2. उमाकुण्ड–१ मा रहेको छेबुक ताल फुटेको आशंका : नुप्छे जलविद्युत आयोजनामा क्षति

    रामेछाप- रामेछाप जिल्लाको उत्तरी क्षेत्र, हिमाली भूगोलमा अवस्थित उमाकुण्ड गाउँपालिका वडा नम्बर १ को ङेजि क्षेत्रस्थित छेबुक ताल फुटेको आशंका गरिएको छ । पछिल्ला दिनहरूमा भएको लगातारको वर्षासँगै शनिबार साँझ छेबुक खोलामा लेदो मिसिएको ठुलो बाढी आउँदा सो ताल फुटेको हुनसक्ने आशंका गरिएको हो । स्थानीयवासी र घटनास्थल नजिकै रहेका व्यक्तिहरूले सामान्य अवस्थामा यस्तो प्रकारको […]

  3. रामेछापमा डेरी एसोसिएसन समिति गठन, अध्यक्षमा भानुभक्त श्रेष्ठ

    रामेछाप- रामेछापमा नेपाल डेरी एसोसिएसन गठन भएको छ । जिल्लाका दुग्ध उद्यमीहरूको भेलाले भानुभक्त श्रेष्ठको अध्यक्षतामा जिल्ला समिति गठन भएको हो । श्रेष्ठ चिरञ्जीवी डेरी उद्योगका सञ्चालक हुन् । समितिको उपाध्यक्षमा समृद्धि डेरी उद्योगका मनोहर कुमार कार्की, सचिवमा रामेछाप डेरीका किशोर पौडेल, कोषाध्यक्षमा अमृत दुध डेरीका केशरबहादुर खत्री र सदस्यमा गोठपानी डेरी उद्योगका बलराम मगर […]

  4. मंसिर ७ गते सुनापति गाउँपालिकाको सार्वजनिक सुनुवाइ 

    रामेछाप- सुनापति गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकसम्ममा गरेका विकास निर्माण, सेवा प्रवाह लगायतका विषयसँग सम्बन्धित भएर सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको छ । चालु आर्थिक वर्षको साउन देखि कार्तिक मसान्त सम्ममा पालिकाबाट प्रवाह विकास निर्माण, सेवा प्रवाह लगायतका विषयमा सुनापति गाउँपालिकाका आम नागरिकको सहभागितामा मंसिर ७ गते सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको […]

थप समाचार

  1. प्रहार खबर साप्ताहिक २०८१ बैशाख २

    [dflip id=”34317″][/dflip]

  2. विद्यार्थीको एक दिने शैक्षिक भ्रमण

    रामेछाप– रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको लिट्टिल स्टार अंग्रेजी माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई शैक्षिक भ्रमण गराएको छ । विद्यालयले कक्षा ७ र ९ का विद्यार्थीहरूलाई एक दिने शैक्षिक भ्रमण गराएको हो । फागुन १५ गते गराइएको शैक्षिक भ्रमण अन्तरगत विद्यार्थीहरूले धार्मिक एवं ऐतिहासिक सम्पदाहरूको अवलोकन भ्रमण गरेका थिए ।  शिक्षक र विद्यार्थीहरूको टोलीले काभ्रेपलान्चोक जिल्लाको साँगा […]

  3. उमाकुण्ड गाउँपालिकाको गाउँ केन्द्रित शिविर: साढे नौ सयले लिए सेवा, ४ लाख राजस्व संकलन

    रामेछाप– जिल्लाको दुर्गम गाउँपालिकाको रूपमा परिचित उमाकुण्ड गाउँपालिकाले आफ्नो सेवालाई गाउँ केन्द्रित गरेर आयोजना गरेको एकीकृत घुम्ती शिविरबाट झन्डै साढे नौ सय सेवाग्राहीले सेवा लिएका छन् । असोज १८ गतेदेखि सुरु भएर २४ गते सम्पन्न भएको घुम्ती शिविरबाट ९ सय ४६ जनाले आफूलाई पायक पर्ने आफ्नै वडा कार्यालयबाट सेवा लिएका हुन् ।  वडा नं १ […]

  4. युवाशक्ती उद्यमशीलतामा नलागे २० वर्ष पछि मुलुकमा सङ्कट आउँछ– सचिव खड्का

    रामेछाप– नेपाली काँग्रेस रामेछापका पार्टी सचिव दीपक खड्काले अहिले मुलुकमा भएको युवाशक्तीलाई उद्यमशीलतामा नलगाउने हो भने अबको २० वर्ष पछि मुलुकमा सङ्कट आउने बताएका छन् । मन्थली सहित स्मृति बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन मन्थलीद्वारा बिहीबार आयोजित जागिर भन्दा उद्यमशीलता ठिक विषयक वादविवाद प्रतियोगितामा आफ्नो भनाई राख्दै सचिव खड्काले अहिले मुलुकमा युवाशक्ती अधिक रहेको त्यो […]

  5. लिखुतामाकोशी गाउँपालिकाको अभियानः आँखाको ज्योति जोगाउन बिरामी खोज्दै गाउँमै चिकित्सक

    रामेछाप– लिखुतामाकोशी गाउँपालिकाले गाउँपालिका भित्र रहेका नागरिकको आँखाको ज्योति जोगाउने अभियान चलाएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली र तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौको प्राविधिक सहयोगमा गाउँपालिकाले सबै वडामा आँखा शिविर संचालन गरेर आँखाका रोगबाट पीडित बिरामीहरु खोज्ने तथा आँखाको ज्योति जोगाउने उपायको बारेमा जनचेतना जगाउने अभियान चलाएको हो । लिखुतामाकोशी गाउँपालिकाका आम नागरिकलाई स्वस्थ […]

  6. रामेछापमा लोकतान्त्रिक बाम गठबन्धनको जितः प्रतिनिधिसभामा काँग्रेस र प्रदेशसभामा माओवादी

    रामेछाप– रामेछापको एक प्रतिनिधिसभा र दुई प्रदेशसभा क्षेत्रमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । आइतबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार प्रतिनिधिसभामा नेपाली काँग्रेस र दुई प्रदेशसभामा नेकपा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका हुन् । प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छारामले एमालेका उम्मेद्वार कैलाश प्रसाद ढुंगेललाई फराकिलो मतान्तरले पछि पार्दै बिजयी भएका […]

  7. रामेछाप प्रदेशसभा (क): एमालेका शान्ति पौडेल मतान्तर बढाउँदै, तारानारायण १ हजार ८८ मतले पछाडि

    रामेछाप– रामेछाप प्रदेश सभा (क) को १५ हजार ५ सय ४० मत गणना हुँदा नेकपा एमालेका उम्मेद्बार शान्ति प्रसाद पौडेल १ हजार ८८ मतले अगाडि रहेका छन् । पौडेलले हाल सम्म ६ हजार ५ सय ४ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेद्वार तारानारायण श्रेष्ठ ५ हजार ४ सय १६ मत पाएका छन् । त्यस्तै […]