स्थानीय सरकार
१०३समाचार
पृष्ठ ४
रामेछापमा काँग्रेस पहिलो, एमाले र माओवादीको एक/एक पालिकामा अस्तित्व नै समाप्त
रामेछाप– रामेछापको सबै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सहित नतिजा सार्वजनिक भएको हो । २०७४ को स्थानीय तहको निर्वाचनमा रामेछापको ८ स्थानीय तह हाँकेका तीन ठुला राजनीतिक दलहरुले नै पुनः पाँच वर्षका लागि नेतृत्व लिएका छन् । २०७९ को निर्वाचनको मत परिणाम अनुसार […]
फ्ल्यास ब्याक स्थानीय तह निर्वाचनः मन्थलीमा गठबन्धन भित्र मत भारमा काँग्रेस बलियो (मतसहित)
रामेछाप– देशमा संघीयता स्थापना भएपछि पहिलो पटक स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पूरा हुन लागेको छ । अर्थात पाँच वर्ष अघि २०७४ मा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिन लागेको छ । स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिनु भन्दा दुई महिना अगाडि नै निर्वाचन गराउनु पर्ने कानूनी व्यवस्था अनुसार […]
रामेछापमा बन्यो सुरक्षित आवास गृह, हिसां पीडित र परिवारबाट अपहेलितलाई सहयोग पुग्ने
रामेछाप- रामेछाप नगरपालिकामा सुरक्षित आवास गृह तथा बहुउद्देश्यीय भवन निर्माण भएको छ । रामेछाप नगरभित्र हिसां पीडित, परिवारबाट अपहेलित सदस्य र बेवारिसे अवस्थामा भेटिएका मानिसहरुलाई अल्पकालीन रुपमा सुरक्षित तारिकाले राख्ने उद्देश्यले रामेछाप नगरपालिकाले नगरको केन्द्र समेत रहेको रामेछाप नगरपालिका वडा नं ८ मा निर्माण गरेको हो । रामेछाप नगरपालिकाको आफ्नै लगानीमा बनेको सुरक्षित आवास गृह […]
रामेछापका जनप्रतिनिधिः निर्वाचन हुनुपर्छ भन्नेमा सबै एक, मितिका विषयमा फरक–फरक मत
२०७४ बैशाख ३१ गते भएको निर्वाचनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी जेठ ५ गते पूरा हुँदै छ । स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार जनप्रतिनिधिको कार्यकाल पूरा हुनु भन्दा दुई महिना अगाडि नै निर्वाचन हुने छ भनिएको छ । तसर्थ २०७९ जेठ ५ गते भन्दा आगडि नै स्थानीय तहको निर्वाचन गर्नु पर्ने संवैधानिक तथा […]
मन्थलीको पाँच वर्षे उपलब्धीः ६५ किलोमिटर सडक कालोपत्रे, नीजि आवसको काम अन्तिम चरणमा
रामेछाप– मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले आफूहरु निर्वाचित भएर आएको पाँच वर्षको अवाधिमा विभिन्न चुनौतिकाबीच पनि धेरै काम गरेको बताएका छन् । बुधरवार सम्पन्न दशौँ नगरसभा पश्चात पत्रकारहरुसँग कुरा गर्दै नगर प्रमुख बस्नेतले आफूहरु निर्वाचित भएर आएको पाँच वर्षको अवधिमा सयौँ चुनौतीकाबीच पनि नागरिकले महसुस गर्ने गरी धेरै काम गरेको बताएका हुन् । […]
झोलामा रहेका कार्यालय विस्थापित गरेर सुविधायुक्त भवनबाट सेवा दिन थालेका छौँ- नगर प्रमुख थापामगर
रामेछाप- रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले पाँच वर्षे कार्यकालको अन्तिम समय सम्ममा आइपुग्दा सयौँ चुनौतीकाबीच पनि झोलामा रहेका कार्यालयलाई विस्थापित गर्दै सुविधायुक्त भवनबाट सेवा दिन थालिएको बताएका छन् । रामेछाप नगरपालिकाको दशौँ नगरसभामा आफ्नो भनाई राख्ने क्रममा नगर प्रमुख थापामगरले आफूहरु निर्वाचित भएर आउँदाको सुरुको दिनलाई सम्झदै त्यतिबेला एउटा झोलामा रहेका वडा कार्यालयहरुलाई […]
रामेछाप नगरपालिकाका कर्मचारी सम्मानित
रामेछाप– रामेछाप नगरपालिकाको विभिन्न शाखामा कार्यरत झण्डै दुई दर्जन कर्मचारी सम्मानित भएका छन् । रामेछाप नगरपालिकाको बुधवार सम्पन्न दशौँ नगर सभामा विषयगत शाखामा कार्यरत २३ जना कर्मचारी सम्मानित भएका हुन् । सम्मानित हुनेमा रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगदे, योजना अनुगमन तथा प्रशासन शाखाका शाखा प्रमुख होम बहादुर थापा, आर्थिक प्रशास शाखाका प्रमुख मदन […]
तेस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मन्थली–१ लाई
रामेछाप- तेस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मन्थली नगरपालिका वडा नं १ मन्थलीले जितेको छ । आइतबार सदरमुकाम मन्थलीमा भएको फाइनल खेलमा वडा नं ११ गेलुलाई पराजित गर्दै मन्थली– १ ले एक लाख नगद पुरस्कार सहित तेस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको हो । फाइनलका लागि मन्थली १ र मन्थली […]
‘गाउँ विकासको लागि महिलाले नेतृत्व लिन आवश्यक छ’ – उपप्रमुख खड्का
रामेछाप– रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले गाउँ विकासको लागि महिलाले नेतृत्व लिन आवश्यक रहेको बताएकी छिन् । समाज सेवा जागृत महिला बचत तथा ऋण सहकारी संस्थाको शुक्रबार रामेछापमा आयोजित १४ औँ वार्षिक साधारणसभामा आफ्नो भनाई राख्दै उपप्रमुख खड्काले गाउँका पुरुषहरु विभिन्न कारणले गाउँ बाहिर हुने र गाउँ विकासको नेतृत्व गर्ने पुरुषहरु गाउँमा नहुँदा गाउँको विकास […]
सूचना र मनोरञ्जनका लागि कारागारमा रहेका महिला कैदीलाई एलइडी टेलिभिजन
रामेछाप- रामेछाप नगरपालिकाले रामेछाप जिल्ला कारागारमा रहेका महिला कैदीहरुलाई सूचना र मनोरञ्जनका लागि एलइडी टेलिभिजन प्रदान गरेको छ । आइतबार रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले कारागारमा रहेका महिला कैदीहरुलाई सूचना र मनोरञ्जनका लागि सयहोग पुर्याउने उद्देश्यले ३२ इन्चको एक थान एलइडी टेलिभिजन प्रदान गरेकी हुन् । एलइडी टेलिभिजन प्रदान गर्दै उपप्रमुख खड्काले विभिन्न कारणले लामो […]
रामेछापमा झण्डै ४० हजार नागरिक स्वास्थ्य बीमामा आवद्ध, स्थानीय सरकारको पनि सहयोग
रामेछाप- रामेछापमा स्वास्थ्य बीमा गराउनेको संख्या झण्डै ४० हजार पुगेको छ । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने मुख्य उद्देश्य सहित नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा रामेछापका ३९ हजार ७ सय ९२ जना नागरिकहरु आवद्ध भएका छन् । स्वास्थ्य बीमा गराउनेमा […]
युवाहरुलाई नगर प्रमुखको आग्रहः ‘सिप सिकेर दक्ष बन्नुहोस, थप सहयोग हामी गर्छौं’
रामेछाप- रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले सिप सिकेर दक्ष बन्न युवाहरुलाई आग्रह गरेका छन् । हजुरको रेडियोले आयोजना गरेको रेडियो पत्रकारीता तथा उद्घोषण तालिमको उद्धघाटन गर्दै नगर प्रमुख थापामगरले युवाहरु सिप सिकेर दक्ष बनेको खण्डमा मात्रै समृद्ध नगरपालिका बन्ने भएकाले नगरका युवाहरुलाई सिप सिकेर दक्ष बन्न आग्रह गरेका हुन् । विगतका केही वर्षदेखी […]












