स्थानीय सरकार
१०३समाचार
पृष्ठ ३
रामेछाप–७ मा ‘एक घर– एक परिवार स्वास्थ्य विमा’ सुरु, वडाले नै गरिदिने भयो सबैको विमा
रामेछाप– रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले वडाका सबै नागरिकको स्वास्थ्य विमा गर्ने अभियान सुरु गरेको छ । वडाका सबै नागरिकलाई सहज रुपमा स्वास्थ्यको पहुँचमा ल्याउने उद्देश्य सहित आइतबारबाट वडाले नै स्वास्थ्य विमा गर्न थालेको हो । ‘स्वस्थ सुकाजोर, स्वस्थ नागरिक’ बनाउने अभियानलाई पहिलो प्राथमिकतामा राखेर आइतबार देखि ‘एक घर–एक परिवार विमा’ कार्यक्रम सुरुवात गरिएको […]
रामेछाप नगरका जनप्रतिनिधिको सय दिनः पुराना कामलाई निरन्तरता, गर्भवतीलाई निःशुल्क एम्बुलेन्स
रामेछाप– रामेछाप नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले आफूहरुले नगरको कार्यभार सम्हाले देखि हाल सम्म गरेका मुख्य–मुख्य काम सार्वजनिक गरेका छन् । बिहिबार नगरमा आयोजित नगरको बार्षिक प्रगती समिक्षा कार्यक्रममा गत बैशाख ३० गतेको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले आफूहरु निर्वाचित भएको सय दिन पुरा भइसकेको र सय दिनमा गरेका मुख्य–मुख्य कामहरु पनि सार्वजनिक गरेका हुन् । आफूहरु निर्वाचित […]
बालबालिकाको भविष्य सुरक्षित गर्ने मुख्य जिम्मेवारी अभिभावकको हो– नगर प्रमुख न्यौपाने
रामेछाप- रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले बालबालिकाको भविष्य सुरक्षित गर्ने मुख्य जिम्मेवारी अभिभावकको रहेको बताएका छन् । रामेछाप नगरपालिकाले ५८ औँ राष्ट्रिय बाल दिवसको अवसरमा आयोजना गरेको हाजिरीजवा र नृत्य प्रतियोगिता कार्यक्रममा आफ्नो भनाई राख्दै नगर प्रमुख न्यौपानेले बालबालिकाको भविष्य सुनिश्चित र सुरक्षित गर्ने मुख्य जिम्मेवारी अभिभावकको हुने बताएका हुन् । अहिले पनि अधिकासं […]
लिखुतामाकोशी गाउँपालिकाका अध्यक्षलाई प्रश्नः सय दिन कसरी बित्यो ?
बैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित भएर जेठ ६ गते कार्यभार सम्हालेका जनप्रतिनिधिको सय दिन पूरा भएको छ । सय दिनलाई ‘हनिमुन पिरियड’ पनि भन्ने गर्छन् । यो सय दिनको ‘हनिमुन पिरियड’ मा स्थानीय जनप्रतिनिधि आफूले मात्रै हनिमुन मनाएकी जनताको काम पनि सुरु गरेत ? हामीले सय दिनको सेरोफेरोमा रहेर रामेछापको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव […]
प्रिति गाउँपञ्चायतबाट जागिर सुरु गरेका थापा ३४ वर्ष पछि गोकुलगंगाको प्रमुख प्रशासकीय अधिकृत
रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा होम बहादुर थापा आएका छन् । थापाले सोमवार देखि गोकुलगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएका हुन् । यस अघि थापा रामेछाप नगरपालिकाको योजना, अनुगमन तथा प्रशासन शाखाको प्रमुख थिए । प्रमुख प्रशासकीय अधिकृत भएर सोमबार देखि आफ्नो जिम्मेवारी सम्हालेका थापालाई मंगलवार गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश), […]
लिखुतामाकोशीमा जनप्रतिनिधि फेरिएसँगै फेरियो धोबी बजारको मुहार पनि
रामेछाप– संघीय संरचना हुनु भन्दा पहिला देखि नै बजारको रुपमा बिस्तार भएको धोबीमा सडक बिस्तको काम भयो तर, त्यसलाई स्तरोन्नति र व्यवस्थापन गर्ने काम पटक्कै भएन् । जसको कारण धोबी बजारका स्थानीयलाई मात्रै हैन उक्त सडक भएर यात्रा गर्ने यात्रु र फुटपाथमा हिड्ने मानिसलाई समते हिलो र धुलोले सधै सताइ रहन्थ्यो । अब त्यस सडक […]
रामेछापका ८ स्थानीय तहको बेरुजू ३७ करोड माथि, सबै भन्दा बढी उमाकुण्डको
रामेछाप– रामेछापका ८ स्थानीय तहको आर्थिक वर्ष २०७७/०७८ मा ३७ करोड ३ लाख ५० हजार रुपैयाँ रकम बेरुजू देखिएको छ । महालेखापरीक्षकको कार्यालयले प्रकाशन गरेको ५९औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका दुई नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानीय तहको बेरुजू रकम ३७ करोड ३ लाख ५० हजार देखिएको हो । अघिल्लो वर्ष अर्थात आर्थिक २०७६/०७७ को […]
रामेछाप नगरको नीति तथा कार्यक्रम– ‘महंगो शुल्क तिर्ने क्षमता छैन हाम्रो, निजी भन्दा सामुदायिक विद्यालय राम्रो’
रामेछाप– रामेछाप नगरपालिकाले आगमी आर्थिक वर्ष २०७९÷०८० को लागि नीति तथा कार्यक्रम ल्याएको छ । नगरपालिकाले बिहिवार आगमी आर्थिक वर्षका लागि नगरवासीको आवश्यकतलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको हो । नगर उप्रमुख बाल कुमारी कार्की थापाले ११ औँ नगरसभामा आगमी आर्थिक वर्षका समष्टिगत नीतिलाई मुख्यतय २६ बुँदामा समेट्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् […]
गोकुलगंगा गाउँपालिकाको प्रवक्तामा चन्द्र सुनुवार
रामेछाप– गोकुलगंगा गाउँपालिकाको प्रवक्तामा चन्द्र बहादुर सुनुवार चयन भएका छन् । सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले सुनुवारलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । गोकुलगंगा गाउँपालिका वडा नं ६ को वडाध्यक्ष समेत रहेका सुनुवारलाई प्रवक्त तोकिएको गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले जानकारी दिए । गोकुलगंगा गाउँकार्यपालिकाले गरेका निर्णय, कार्य सम्पादन तथा पालिकाबाट भएका गतिविधिका बारेमा […]
रामेछाप– ३ को निर्णयः २० युनिट भन्दा कम विद्युत खपत गर्नेलाई वडाले महशुल तिरिदिने
रामेछाप– रामेछाप नगरपालिका वडा नं ३ साँघुटारका नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले वडा भरीका विद्युत ग्राकको विद्युत महशुल वडाले तिरिदिने निर्णय गरेको छ । सोमबार बसेको वडाको पहिलो बैठकले ५ एमपिएरको एम.सी.बी मार्फत न्यूनतम २० युनिट भन्दा कम विद्युत खपत गर्ने ग्राहकको विद्युत महशुल वडाले तिरिदिने निर्णय गरेको हो । नवनिर्वाचित वडाध्यक्ष दल बहादुर प्रधानले पहिलो […]
गोकुलगंगा गाउँपालिकाको पहिलो निर्णयः गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा
रामेछाप– गोकुलगंगा गाउँपालिकाका नव निर्वाचित अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले दुई निर्णय गर्दै कार्यभार सम्हालेका छन् । नव निर्वाचित अध्यक्ष खड्काले गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा र वडा नं १ देखि वडा नं ६ सम्मका जेष्ठ नागरिकलाई सम्मान गर्ने दुई निर्णय गर्दै आफ्नो कार्यभार सम्हालेका हुन् । बुधवार आफ्नो पाँच वर्षे कार्यकालको शुभारम्भ गरेका […]
रामेछाप नगरको पहिलो निर्णयः गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा
रामेछाप- रामेछाप नगरपालिकाका नव निर्वाचित नगर प्रमुख लवश्री न्यौपानेले दुई निर्णय सदर गर्दै कार्यभार सम्हालेका छन् । नव निर्वाचित नगर प्रमुख न्यौपानेले यस अघि नगरको सहयोगमा जिल्ला अस्पताल रामेछापमा संचालनमा रहेको विशेषज्ञ सहितको उपचार सेवालाई निरन्तरता दिने निर्णय र गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय सदर गर्दै आफ्नो कार्यभार सम्हालेका हुन् । […]












