स्थानीय सरकार

१०३समाचार

पृष्ठ २

  1. रामेछापका स्थानीय तहको बेरुजु अङ्कमा सुधार, दोरम्बाशैलुङको सबै भन्दा कम बेरुजु

    रामेछाप– रामेछापका ८ स्थानीय तहको आर्थिक वर्ष २०७९/०८० मा २१ करोड ६२ लाख १९ हजार रुपैयाँ रकम बेरुजू देखिएको छ । महालेखापरीक्षकको कार्यालयले प्रकाशन गरेको ६१औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका दुई नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानीय तहको बेरुजू रकम २१ करोड ६२ लाख १९ हजार रुपैयाँ देखिएको हो । महालेखापरीक्षकको ६१औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका […]

  2. सुनापति गाउँपालिकाले पालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराउने

    रामेछाप- रामेछापको सुनापति गाउँपालिकाले सुनापति गाउँपालिकाका आम नागरिक, पालिका भित्र कार्यरत सरकारी कर्मचारी र गाउँपालिका भित्रै कार्यक्षेत्र रही कार्यरत वित्तीय संस्थाका कर्मचारीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । सुनापति गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापसँगको सहकार्यमा रामेछाप, काभ्रेपलान्चोक, काठमाडौँ, भक्तपुर र ललितपुरका स्वास्थ्य संस्थाहरूमा उपचार गराउँदा सुनापति गाउँपालिकाका स्थानीय, पालिका भित्र कार्यरत सरकारी […]

  3. गोकुलगंगाको गरिब लक्षित कार्यक्रम: गाउँमै जुत्ता बन्न थाले, वडामै पुगे कृषि औजार बनाउने मेसिन 

    रामेछाप– गोकुलगंगा गाउँपालिकामा गरिब लक्षित कार्यक्रम अन्तरगत व्यावसायिक कृषि गर्न पशुपालनको तालिम दिने देखि कृषि औजार बनाउने अत्याधुनिक इलेकट्रोनिक उपकरण सम्मका सामाग्री गाउँ–गाउँमा पुगेका छन् । गाउँपालिका भित्र रहेका आर्थिक रूपले विपन्न, अल्पसङ्ख्यक, दलित, सीमान्तकृत तथा पछाडि परेका समुदायलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमबाट व्यावसायिक रूपमा बाख्रा तथा बङ्गुर पालन तालिम, बेमौसमी खेती तालिम, अत्याधुनिक […]

  4. गोकुलगंगाको नीति तथा कार्यक्रम: कृषिजन्य बस्तुको प्याकेजिङ र ब्राण्डिङ देखि डिजिटल प्रोफाइल सम्मका योजना

    रामेछाप– गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकता दिँदै कृषिजन्य बस्तुको प्याकेजिङ र ब्राण्डिङ गर्ने देखि एकीकृत घरधुरी सर्वेक्षण सहित गरिबी स्तरीकरण सहितको डिजिटल गाउँ प्रोफाइल बनाउने सम्मका योजनालाई समेटेको छ । आइतबार सम्पन्न १३ औँ गाउँ सभाले कृषिलाई पहिलो प्राथमिकतामा राखेर किवी फर्म व्यवस्थापन, व्यावसायिक आलु […]

  5. रामेछाप नगरको नीति तथा कार्यक्रम: आर्थिक विकासमा जोड, कृषि एम्बुलेन्स संचालन

    रामेछाप– रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा आर्थिक विकासलाई प्राथमिकतामा जोड दिएको छ । आइतबार सम्पन्न १३ औँ नगर सभाले आगामी आर्थिक वर्षका लागि नगरको आर्थिक विकासलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख लवश्री न्यौपानेले बताएका छन् ।  नगरपालिकाले एक वडा एक उत्पादन कार्यक्रमलाई प्रोत्साहन गर्नका […]

  6. मन्थलीको नीति तथा कार्यक्रमः आर्थिक प्रणाली सुधारमा जोड, एक वडा एक उत्पादन

    रामेछाप– मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नगरका नागरिकहरुको आर्थिक प्रणाली सुधार गर्ने कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ । आइतबार मन्थली नगरपालिकाको १३ औँ नगरसभा नगर प्रमुख लव श्रेष्ठले आगामी आर्थिक वर्षका लागि ल्याईको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरको आर्थिक प्रणाली सुधारलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएका हुन् । नगर […]

  7. रामेछापका ८ स्थानीय तहको बेरुजू ३७ करोड माथि, खाँडादेवीको ९ करोड बढी

    रामेछाप– रामेछापका ८ स्थानीय तहको आर्थिक वर्ष २०७८/०७९ मा ३७ करोड ७९ लाख ७ हजार रुपैयाँ रकम बेरुजू देखिएको छ । महालेखापरीक्षकको कार्यालयले प्रकाशन गरेको ६०औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका दुई नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानीय तहको बेरुजू रकम ३७ करोड ७९ लाख ७ हजार रुपैयाँ देखिएको हो । महालेखापरीक्षकको ६०औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका […]

  8. नगरपालिकाले सिप सिकाएपछि गाउँमै बन्न थाले बाँसका सामाग्री

    रामेछाप– रामेछाप नगरपालिकाले गाउँ–गाउँमा उद्यमी उत्पादन गर्न सुरु गरेको छ । गरिवी निवरणको लागि लघु उद्यम विकास कार्यक्रम मार्फत यो वर्ष ७५ जनालाई गाउँमै लघु उद्यम संचान गर्न सक्ने गरी विभिन्न प्रकारका तालिमहरु संचालन गरेको हो । रामेछाप नगरपालिकाको आर्थिक सहयोग र ग्रामिण विजनेश प्रमोशन प्रा.लि.को प्राविधिक सहयोगमा ७५ जना नयाँ उद्यमी उत्पादन गर्ने र […]

  9. मन्थलीको कार्यपालिका बैठक थानापतिमा, नगरको पर्यटन विकास पहिलो प्राथमिकतामा

    रामेछाप- मन्थली नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र रहेका पर्यटकीय स्थलहरुको पहिचान गर्दै पर्यटन क्षेत्रको व्यवस्थित विकास गर्ने योजना अगाडि सारेको छ । विहिबार मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँ स्थित थानापति महादेव मन्दिर परिसरमा कार्यपालिकाको बैठक बसेर थानापति विकासको लागि गुरुयोजना बनाएर अगाडि बढ्ने निर्णय गर्दै नगर क्षेत्रभित्रका सम्पूर्ण पर्यटकीय स्थलको विकास गर्ने योजना अगाडि […]

  10. मन्थलीमा जेष्ठ नागरिक दिवसः डेढ सयको स्वास्थ्य परीक्षण, नगर प्रमुख भन्छन्–‘जेष्ठ नागरिक हाम्रा सम्पत्ति हुन’

    रामेछाप– मन्थली नगरपालिकाले ३२ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको पुर्व सन्ध्यामा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण तथा बुढ्यौली अवस्थामा लाग्ने रोगहरु र रोग व्यवस्थापन सम्बन्धी परामर्श कार्यक्रमको आयोजना गरेको छ । असोज १५ गते ३२ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस भएको र उक्त दिवसको पुर्व सन्ध्यामा विहिबार मन्थली नगरपालिका वडा नं ३ कठजोरमा कार्यक्रमको आयोजना गरेर […]

  11. रामेछाप- ६ मा घरमै भत्ता, भत्ता बुझ्नेहरु भन्छन– ‘खर्च गरेर बैंक धाउनु पर्ने बाध्यता हट्यो’

    रामेछाप– रामेछाप नगरपालिका वडा नं ६ ओेख्रेनीका सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीले आफ्नो घर तथा टोल–टोलमै भत्ता पाएका छन् । वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता लिनेहरुको समयको बचत, खर्चमा कटौती र बैंकमा धाउनु पर्ने बाध्यताबाट मुक्त गराउनको लागि लाभग्राहीको घरमै भत्ता पुर्‍याउने अभियान चलाएपछि उनिहरुले आफ्नै घर तथा टोलमै भत्ता पाएका हुन् । वडाका ४ […]

  12. रामेछाप– ८ मा ‘एक घर– एक स्वास्थय बीमा’ कार्यक्रमः बीमा शुल्क वडाले नै तिरिदिने

    रामेछाप– रामेछाप नगरपालिका वडा नं ८ ले ‘एक घर–एक स्वास्थ्य बीमा’ कार्यक्रमको सुरुवात गरेको छ । वडाका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले वडाले नै वडाका सबै नागरिकको स्वास्थ्य बीमा गरिदिने गरी सोमबार ‘एक घर–एक स्वास्थ्य बीमा’ कार्यक्रम सुरुवात गरेको हो । ८ औँ संविधान दिवसको अवसरमा आयोजित एक कार्यक्रममा नगर प्रमुख लवश्री […]