स्थानीय सरकार
१०३समाचार
पृष्ठ ६
उमाकुण्ड गाउँपालिकामा आलु उत्पादन गर्ने किसानलाई नै आलु चिप्स बनाउने तालिम
रामेछाप– उमाकुण्ड गाउँपालिकाले गाउँमै ८० जना उद्यमी उत्दान गर्ने कार्यक्रम अन्तरगत ७ जना किसानलाई आलु चिप्स बनाउने तालिम दिएको छ । गाउँपालिकाले गरिवी निवरणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत गाउँपालिकाको वडा नं ४ मैदानेका ७ जनालाई गाउँमै उत्पादन भएको आलुबाट आलु चिप्स बनाउने तलिम दिएको हो । गाउँपालिकाको आर्थिक सहयोग तथा ग्रामिण विजनेश प्रमोशन […]
रामेछापमा उद्यमी उत्पादन गर्दै नगरपालिका, गाउँमै पुग्यो सीप सिक्ने मेसिन
रामेछाप– रामेछाप नगरपालिकाले गाउँ–गाउँमा उद्यमी उत्पादन गर्न सुरु गरेको छ । गरिवी निवरणको लागि लघु उद्यम विकास कार्यक्रम मार्फत ८० जनालाई गाउँमै लघु उद्यम संचान गर्न सक्ने गरी विभिन्न प्रकारका तालिमहरु दिन लागेको हो । रामेछाप नगरपालिकाको आर्थिक सहयोग र ग्रामिण विजनेश प्रमोशन प्रा.लि.को प्राविधिक सहयोगमा ८० जना नयाँ उद्यमी उत्पादन गर्ने र ४० जना […]
रामेछाप र ओखलढुंगा जोड्ने लखनटार झोलुङ्गे पुल संचालनमा, स्थानीयलाई सहज
रामेछाप– रामेछाप र ओखलढुंगा दुई जिल्लालाई जोड्ने झोलुङ्गे पुलको निर्माण सम्पन्न भई शुक्रबार देखि संचालनमा आएको छ । रामेछापको रामेछाप नगरपालिका वडा नं ४ लखनटार स्थित लिखु नदीमा निर्माण भएको लखनटार झोलुङ्गे पुल उद्घाटन भएसँगै संचालनमा आएको हो । संघीय सरकारको आर्थिक सहयोग तथा रामेछाप नगरपालिकाको प्राविधिक सहयोगमा निर्माण भएको झोलुङ्गे पुल रामेछाप नगरपालिकाका नगर […]
सुकाजोरका किसानलाई व्यवसायिक बंगुर पालन तालिम, व्यवसाय सुरु गर्न उन्नत जातको बंगुर वितरण
रामेछाप– नगरपालिका– ७ सुकाजोरका किसानले गाउँमै व्यवसायिक बंगुर पालन गर्न सकिने गरी ८ दिनको व्यवसायिक बंगुर पालन तालिम सिकेका छन् । घरेलु तथा साना उद्योग कार्यालय रामेछाप र रामेछाप जिल्ला लघु उद्यमी समुह संघको आयोजना गरेको ८ दिनको तालिममा सुकाजोर गैरीगाउँका ३५ जना किसानहरुले बंगुर पालन सम्बन्धी सीप विकास र उद्यमशिलता विकास तालिम सिकेका हुन् […]
नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउन गाई-भैंसी सुत्केरी भत्ता
रामेछाप- रामेछाप नगरपालिकाले दुधमा आत्मनिर्भर बनाउन पशुपालक किसानहरुलाई गाई भैंसी सुत्केरी भत्ता वितरणको अभियान चलाएको छ । चालु आर्थिक वर्षमा रामेछाप नगरपालिकाले एक गाई वा एक भैंसी सुत्केरी भएका किसानहरुलाई प्रति किसान एक हजारका दारले भत्ता उपलब्ध गराउँदै नगरलाई दुधमा आत्मनिर्भर बनाउने अभियान चलाएको हो । रामेछाप नगरपालिका वडा नम्बर १ र ३ का पशुपालक […]
गाउँमै उद्यमी उत्पादन गर्दै उमाकुण्ड गाउँपालिका
रामेछाप- उमाकुण्ड गाउँपालिकाले उद्यमी उत्पादन गर्न स्थानीयहरुलाई विभिन्न तालिम दिन सुरु गरेको छ । गाउँपालिकाले जंगलमा पाइने अमला देखि किसानले उत्पादन गरेको दुधबाट बन्ने विभिन्न परिकार बनाउने तालिम संचालन गरेर गाउँमै उद्योग स्थापना गर्न सक्ने गरी १ सय २७ जना स्थानीयलाई तालिम दिन सुरु गरेको हो । उमाकुण्ड गाउँपालिकाको आर्थिक सहयोग र ग्रामिण विजनेश प्रमोशन […]
‘बस दुर्घटनामा परी घाइते भएकाको उपचार खर्च नगरपालिकाले बेहोर्छ’– नगर प्रमुख बस्नेत
रामेछाप– मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भाग लिन आउँदा सवारी दुर्घटनामा परी घाइते भएका विरामीको उपचारमा लाग्ने खर्च नगरपालिकाले वेहोर्ने बताएका छन् । तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उद्घाटन समारोहमा आफ्नो भनाई राख्दै नगर प्रमुख बस्नेतले सदरमुकाम मन्थलीमा शुक्रबार देखि नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा मन्थली नगरपालिका–४ सालुको सेतीदेवी […]
मन्थली नगरपालिकाको गाउँ–गाउँमा स्वास्थ्य शिविरः नौ सय बढीले गाउँमै पाए सेवा
रामेछाप- मन्थली नगरपालिकाले जेष्ठ नागरिक र महिलाहरुका लागि लक्षित गरेर गाउँ–गाउँमा लगेको निःशुल्क स्वास्थ्य शिविरबाट ९ सय ८३ जनाले सेवा पाएका छन् । सहज रुपमा स्वास्थ्य संस्थाहरुमा पुग्न नसक्ने जेष्ठ नागरिक र स्त्री रोग सम्बन्धी समस्या भएका महिलाहरुलाई लक्षित गरी गाउँमै निःशुल्क रुपमा स्वास्थ्य परिक्षाण र उपचार हुने व्यवस्था सहित संचालन गरिएको शिविरबाट ९ सय […]
वडाध्यक्ष आफै कोदालो लिएर बाटो बनाउन निस्केपछि…
रामेछाप– एक टोलका मानिस अर्को टोलमा पैदल हिडेर आवत जावत गर्न सहज होस भन्ने उद्देश्यले रामेछाप नगरपालिका वडा नं–८ रामेछापका वडा अध्यक्ष गोरेटो बाटो बनाउन आफै जुटेका छन् । वडा नं ८ लामागाउँको दत्य डाँडाबाट भुमेश्वरी प्राथमिक विद्यालयसम्मको गोरेटो वाटो निर्माणमा वडाध्यक्ष केदार कार्की, वडासदस्यहरु र स्थानीयहरु जुटेका हुन् । लामागाउँ, वादी र विभिन्न ठाउँबाट […]
तथ्यहीन समाचार प्रकाशन गरेको भन्दै स्थानीय तह कर्मचारी युनियनद्वारा कारबाहीको माग
संगिता श्रेष्ठ/रामेछाप– रामेछाप नागरपालिकामा शिक्षक छनौटको विषयलाई लिएर राजनीतिक पुर्वाग्रह राखेर कर्मचारीको मान मर्यादामा असर पुर्याउने तथा व्यक्तिको चरित्र हत्या गर्ने मनसायले तथ्यहिन समाचार प्रकाशन एवं प्रशाण गरिएको भन्दै स्थानीय तह कर्मचारी युनियन नेपाल जिल्ला कार्यसमिति रामेछापले विज्ञप्ती जारी गर्दै तथ्यहिन समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । रामेछाप–३ साँघुटारमा रहेको कालिका इश्वरी आधारभूत […]
रामेछाप नगरपालिकामा शिक्षक छनौटमा सामान्य त्रृटि भएपनि निश्पक्ष छ– शिक्षा शाखा
रामेछाप नगरपालिकामा शिक्षक छनौट गर्दा कुनै पनि सेटिङ नभएको शिक्षा शाखाले बताएको छ । रामेछाप नगरपालिका वडा नं ३ साँघुटारमा रहेको कालिका इश्वरी आधारभूत विद्यालयका लागि बुधबार शिक्षक छनौट गर्दा निश्पक्ष तरिकाले भएको रामेछाप नगरपालिका शिक्षा शाखाका प्राविधिक साहयक डोर बहादुर तामाङले बताए । उनले भने– ‘रामेछापको साँघुटारमा रहेको कालिका इश्वरी आविलाई शिक्षक छनौट गर्नु […]
रामेछाप नगरपालिकामा युवाहरुका लागि लोक सेवा तयारी कक्षा सुरु
रामेछाप– रामेछाप नगरपालिकाले नगर भित्रका युवाहरुका लागि लोक सेवा आयोग द्वारा लिइने नायव सुब्बा, खरिदार वा सो सरहको परिक्षा तयारी कक्षा सुरु गरेको छ । नगरपालिकाले नगर क्षेत्र भित्रका ५० जना युवा सहभागी गराउने गरी सोमबार देखि १५ दिने लोक सेवा तयारी कक्षा सुरु गरेको हो । तयारी कक्षाको उद्घाटन गर्दै रामेछाप नगरपालिकाका उपप्रमुख सृजना […]












