समाचार
७७०समाचार
पृष्ठ ५६
दोरम्बा-३ मा तरुण दलको वडा समिति गठन
रामेछाप- नेपाल तरुण दल रामेछापले दोरम्बा गाउँपालिका वडा नं ३ मा वाड कार्यसमिति गठन गरेको छ । यमलाल थापामगरको अध्यक्षतामा २३ सदसिय कार्यसमिति गठन भएको हो । समितिको उपाध्यक्षमा खडक थापा मगर र लिला थापा मगर, सचिवमा रहुल थापा मगर र कोषाध्यक्षमा हेमु थापा मगर चयन भएका छन् । यसैगरी सदस्यहरुमा क्रमशः मिलन थापा मगर, […]
प्रेस युनियन रामेछापको सातौ साधारणसभा सम्पन्न, व्यवसायीक र क्रियाशिल पत्रकारितामा जोड
संगिता श्रेष्ठ/रामेछाप– नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापको सातौ साधारणसभा तथा बनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ । नेपाल प्रेस युनियन रामेछाप शाखाको स्थापना देखि हाल सम्मको अवस्था, व्यवसायिक र क्रियाशिल पत्रकारिताका विषयमा छलफल गर्दै सातौ साधारणसभा सम्पन्न भएको हो । ७ औं साधारसभा एवं बनभोज कार्यक्रमको उद्घाटन समारोहमा आफ्नो भनाई राख्दै नेपाल प्रेस युनियन […]
मन्थलीमा अग्नि नियान्त्रण तालिम, नगर प्रमुख बस्नेत भन्छनः विपद् न्यूनिकरणमा सहयोग पुग्छ
रामेछाप- मन्थलीमा आगलागीबाट हुने क्षतिलाई कम गर्न अग्नि नियन्त्रण (फायर फाइटिङ) सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःस्थापना जस्ता कार्यको व्यवस्थापन हुन नसक्दा आगलागीको जोखिम बढ्दै गएकाले मन्थली नगरपालिका र नागरिक उड्यन कार्यालयको सहयोगमा सशस्त्र प्रहरी बल रामेछापले फायर फाइटिङ तालिम सञ्चालन गरेको हो । […]
रामेछाप उद्योग वाणिज्य संघको २८ वर्षे यात्रा, संस्थापक कार्यसमिति सम्मानित
रामेछाप– रामेछाप उद्योग वाणिज्य संघको स्थापना भएको २८ वर्ष पुरा भएको छ । २०४९ साल फागुन २१ गते अर्थात २८ वर्ष अघि आजकै दिन प्रज्वल कुमार बज्राचार्यको अध्यक्षतामा ११ सदसिय कार्यसतिबाट सुरु भएको रामेछाप उद्योग वाणिज्य संघले शुक्रबार २८ औं स्थापना दिवस मनाएर संस्थाक पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको छ । संघले आफ्नो स्थापना दिवसको […]
फोहोरी खेलको पुनरावृत्ति हुने संकेत
अब नेपाली राजनीति नयाँ ढंगले अघि बढ्ने अनुमान गरिएको छ । सर्वाेच्चको फैसलाले १३ दिनभित्र संसद् बैठक बोलाएर संसदीय गतिविधि सञ्चालन गर्नुपर्ने परमादेश दिएको छ ।अदालतको फैसलापछि राजनीतिमा एकाएक सरगर्मी बढेर गएको छ । यतिबेला राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर लाग्न थालेका छन् । नेकपा दुई खेमामा बिभाजित भएपछि सत्ताको जोड घटाउ चल्नु स्वभाविक हो […]
अपराधका घटना न्यूनिकरणको लागि विद्यार्थीसँग प्रहरी
रामेछाप– अपराधिक घटना न्यूनिकरणको लागि जिल्ला प्रहरी कार्यालय रामेछापले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मन्थली माविमा अध्ययनरत विद्यार्थीहरुका लागि एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । विद्यालय देखि विभिन्न ठाउँमा हुने अपराधिक घटना न्यूनिकरणमा विद्यार्थीको पनि महत्वपूर्ण भूमिका हुने भएकाले विद्यार्थीहरुलाई समाजमा भइरहेका घटना र त्यस्ता घटनालाई न्यूनिकरण गर्ने उपय सहित एक दिने अन्तरक्रिया […]
कोरोना भाइरस विरुद्धको खोप सुरक्षित छ ढुक्क भएर लगाऔँ
कोरोना भाइरस विरुद्धको खोप सुरक्षित छ ढुक्क भएर लगाऔँ- जितेन्द्र कर्ण, प्रमुख स्वास्थ्य कार्यालय रामेछाप
मन्थली खानेपानीको अध्यक्षमा पूर्ण सुवेदी निर्विरोध निर्वाचित
रामेछाप- मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा पुर्ण सुवेदी निर्विरोध निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा सजन श्रेष्ठ र सचिवमा ढाकल बहादुर थापा निर्विरोध निर्वचित भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः अम्बिका प्रसाद काफ्ले, टहल बहादुर कार्की, दिनेशराज शर्मा घिमिरे, दिपकराज दाहाल, कृष्ण थापामगर, हरिशरण सुवेदी, विर बहादुर खड्का, दिपक कुमार क्षेत्री, भक्त बहादुर […]
नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउन गाई-भैंसी सुत्केरी भत्ता
रामेछाप- रामेछाप नगरपालिकाले दुधमा आत्मनिर्भर बनाउन पशुपालक किसानहरुलाई गाई भैंसी सुत्केरी भत्ता वितरणको अभियान चलाएको छ । चालु आर्थिक वर्षमा रामेछाप नगरपालिकाले एक गाई वा एक भैंसी सुत्केरी भएका किसानहरुलाई प्रति किसान एक हजारका दारले भत्ता उपलब्ध गराउँदै नगरलाई दुधमा आत्मनिर्भर बनाउने अभियान चलाएको हो । रामेछाप नगरपालिका वडा नम्बर १ र ३ का पशुपालक […]
कम्युनिस्टहरु प्रतिको भ्रम समाप्त भयो
रामेछाप– नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य प्रदिप पौडेलले कम्युनिस्टहरु प्रतिको भ्रम समाप्त भएको बताएका छन् । नेपाली काँग्रेस रामेछापले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै युवा नेता पौडेलले कम्युनिस्ट पार्टीहरुले आफूहरुलाई गरिव, दलित, भूमीहिन, जनजाति लगायतको पार्टी भनेर फैलाएको भ्रम अहिले आएर समाप्त भएको बताएका हुन् । आम नागरिकलाई विगत देखि नै भ्रममा […]
‘कालो काँग्रेस भन्नेसँग किन रातो एमाले भएर बस्ने ?’– सिताराम खड्का (भिडियो)
रामेछाप– नेपाल कम्युनिस्ट पार्टीको विभिन्न कमिटीमा रहेर काम गरीरहेका गोकुलगंगाका सिताराम खड्काले नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुको नेकपा वडा सचिब समेत रहेका सिताराम खड्काले नेपाल कम्युनिस्ट पार्टीले दिएको विभिन्न पीडाहरु सहन नसकेर नेपाली काँग्रेसमा प्रवेश गरेको बताएका छन् । नेपाली काँग्रेस रामेछापले आयोजना गरेको पार्टी […]
गाउँमै उद्यमी उत्पादन गर्दै उमाकुण्ड गाउँपालिका
रामेछाप- उमाकुण्ड गाउँपालिकाले उद्यमी उत्पादन गर्न स्थानीयहरुलाई विभिन्न तालिम दिन सुरु गरेको छ । गाउँपालिकाले जंगलमा पाइने अमला देखि किसानले उत्पादन गरेको दुधबाट बन्ने विभिन्न परिकार बनाउने तालिम संचालन गरेर गाउँमै उद्योग स्थापना गर्न सक्ने गरी १ सय २७ जना स्थानीयलाई तालिम दिन सुरु गरेको हो । उमाकुण्ड गाउँपालिकाको आर्थिक सहयोग र ग्रामिण विजनेश प्रमोशन […]












