अपराधका घटना न्यूनिकरणको लागि विद्यार्थीसँग प्रहरी
रामेछाप– अपराधिक घटना न्यूनिकरणको लागि जिल्ला प्रहरी कार्यालय रामेछापले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मन्थली माविमा अध्ययनरत विद्यार्थीहरुका लागि एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । विद्यालय देखि विभिन्न ठाउँमा हुने अपराधिक घटना न्यूनिकरणमा विद्यार्थीको पनि महत्वपूर्ण भूमिका हुने भएकाले विद्यार्थीहरुलाई समाजमा भइरहेका घटना र त्यस्ता घटनालाई न्यूनिकरण गर्ने उपय सहित एक दिने अन्तरक्रिया […]

रामेछाप– अपराधिक घटना न्यूनिकरणको लागि जिल्ला प्रहरी कार्यालय रामेछापले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मन्थली माविमा अध्ययनरत विद्यार्थीहरुका लागि एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । विद्यालय देखि विभिन्न ठाउँमा हुने अपराधिक घटना न्यूनिकरणमा विद्यार्थीको पनि महत्वपूर्ण भूमिका हुने भएकाले विद्यार्थीहरुलाई समाजमा भइरहेका घटना र त्यस्ता घटनालाई न्यूनिकरण गर्ने उपय सहित एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

अन्तक्रिया कार्यक्रममा अपराध नियन्त्रणमा विद्यार्थीहरुको भूमिका कस्तो हुने, खरब संगतबाट कसरी जोगिने, समाजमा कस्ता घटना भइरहेका छन् लगायतका विषयमा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नवराज ढुंगनाले जानकारी गराएका छन् । समाजमा हुने विभिन्न अपराध न्यूनिकरणमा विद्यार्थीहरुले पनि राम्रो भूमिका निर्वाह गर्न सक्ने भएकाले उनिहरुलाई अपराधजन्य घट्ना न्यूनिकरणको बारेमा जानकारी गराईएको प्रहरी प्रमुख नवराज ढुंगनाले बताए ।
अन्तरक्रिया कार्यक्रममा ४२ जना विद्यार्थीहरुको सहभागिता रहेको छ । कोरोना भाइरसका कारण रोकिएको समुदाय प्रहरी साझेदारी कार्यक्रम अब नियमित संचालन गरिने प्रनाउ ढुंगनाले बताए ।



