समाचार

७७०समाचार

पृष्ठ ५७

  1. गाउँका डाक्टर सुमन कर्माचार्य ‘दशक सम्मान’ द्वारा सम्मानित

    रामेछाप– विगत तीन दशक भन्दा लामो समय देखि निरन्तर ग्रामिण स्वास्थ्य सेवामा समर्पित डा. सुमन कर्माचार्य सम्मनित भएका छन् । रामेछाप जिल्लामा लामो समय देखि चिकित्सा क्षेत्रमा रहेर तिकित्सकको भूमिका निर्वाह गरी जनसेवकको रुपमा काम गर्दै स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेशनल ओपन कलेज सानेपाले दुई दशकमा प्रदान गर्ने […]

  2. संसद पुनःस्थापनाको खुसीयालीमा रामेछापमा दीप प्रज्वलन (भिडियो सहित)

    रामेछाप– सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेपछि रामेछापमा दीप प्रज्वलन गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएपछि मंगलबार साँझ रामेछापको सदरमुकाम मन्थलीमा संसद विघटनको विपक्षमा रहेका राजनीतिक दल, नागरिक समजा लगायतका व्यक्तिहरुले […]

  3. सुनकोशी कन्सट्रक्सन नेपाल सम्मानित

    रामेछाप– जिल्ला प्रहरी कार्यालय रामेछापले सुनकोशी कन्सट्रक्सन नेपाल प्रा.लिलाई सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापको भवन निर्माण कार्यमा महत्वपूर्ण सहयोग पु¥याएको भन्दै सुनकोशी कन्सट्रक्सन नेपाल प्रा.लिका प्रवन्ध निर्देशक युवराज भट्टराईलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रशंसा–पत्र प्रदान गरेर सम्मान गरेका हुन् । भवन उद्घाटन कार्यक्रममा आफ्नो धाराण राख्दै महानिरीक्षक शैलेश थापा क्षेत्रीले सुनकोशी […]

  4. ३१ स्वर्ण सहित मन्थली माविले जित्यो तेस्रो राष्ट्रपति रनिङ सिल्ड

    मन्थली– मन्थली नगरपालिकाले विगत वर्ष देखि आयोजना गर्दै आएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा यस वर्ष पनि मन्थली मावि प्रथम भएको छ । शुक्रबार देखि सुरु भएको प्रतियोगिता तीन दिन सम्म चलेको थियो । ५० स्वर्णको लागि भएको प्रतियोगितामा मन्थली माविले ३१ स्वर्ण, २१ रजत र १७ कास्य गरी ६९ वटा पदक हात पारेको छ । […]

  5. प्रजातन्त्र दिवसको अवसरमा रामेछाप जेसीजद्वारा दिप प्रज्वलन

    रामेछाप– ७१ औँ प्रजातन्त्र दिवसको अवसर पारेर रामेछाप जेसीजले सदरमुकाम मन्थलीमा दिप प्रज्वलन गरेको छ । रामेछाप जेसीजले प्रजातन्त्र स्थापना र प्रजातन्त्र संस्थागत गर्न विभिन्न कालखण्डमा आफ्नो ज्यान दिने शहीदहरुको सम्झनामा शुक्रबार साँझ मन्थलीको देवकोटा चोकमा दिप प्रज्वलन गरेको हो । प्रजातन्त्र दिवसको अवसर पारेर विभिन्न सामाजिक अभियान्त समेतको सक्रियतामा रामेछाप जेसीजका पदाधिकारी सहितको टोलीले […]

  6. ‘बस दुर्घटनामा परी घाइते भएकाको उपचार खर्च नगरपालिकाले बेहोर्छ’– नगर प्रमुख बस्नेत

    रामेछाप– मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भाग लिन आउँदा सवारी दुर्घटनामा परी घाइते भएका विरामीको उपचारमा लाग्ने खर्च नगरपालिकाले वेहोर्ने बताएका छन् । तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उद्घाटन समारोहमा आफ्नो भनाई राख्दै नगर प्रमुख बस्नेतले सदरमुकाम मन्थलीमा शुक्रबार देखि नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा मन्थली नगरपालिका–४ सालुको सेतीदेवी […]

  7. मन्थली नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु, २२ विद्यालय सहभागी

    रामेछाप– मन्थली नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । ७१ औँ प्रजातन्त्र दिवसरको अवसर पारेर मन्थली नगरपालिका भित्रका विद्यालयहरु सहभागी हुने गरी सुक्रबार देखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख एवं कार्यक्रमको प्रमुख अतिथि दिपा पाख्रिनले सटफुट खेल खेलेर उद्घाटन गरेकी छिन् । प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै […]

  8. मन्थलीको मच्छेडाँडीमा यात्रुवाहक बस दुर्घटना, ९ जना घाइते

    रामेछाप– रामेछापको मन्थली नगरपालिका वडा नं ५ मच्छेडाँडीमा शुक्रबार विहान यात्रुवाहक बस दुर्घटना भएको छ । सालुबाट मन्थली तर्फ आउँदै गरेको बा ५ ख २८५७ नं को यात्रुवाहक बस दुर्घटनामा परी ९ जना घाइते भएका छन् । घाइते सबैको उद्दार भएर तामाकोशी अस्पतालमा उपचार भइरहेको रामेछापका ट्राफिक प्रमुख रामेश्वर पाण्डेले जाकारी दिए । मन्थलीमा संचालन […]

  9. प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा मन्थली बजार सरसफाई

    रामेछाप– रामेछाप उद्योग वाणिज्य संघको अगुवाईमा मन्थली बजार सरसफाई गरिएको छ । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा रामेछाप उद्योग वाणिज्य संघको अगुवाइमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, रामेछापा उद्योग वाणिज्य संघका पदाधिकारी सहितको टोलीले बिहिबार बिहान मन्थली बजार सरसफाई गरेका हुन् । मन्थली बजारलाई पूर्ण रुपमा सफा राख्नको लागि आगामी दिनमा बजारबासीलाई समेत सहभागी गराउने उद्देश्यले […]

  10. रामेछापमा पाँचौ निर्वाचन दिवसः आचारसंहिताका विषयमा अन्तरक्रिया, सबै जिम्मेवार हुनुपर्नेमा जोड

    रामेछाप– निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन सरोकारवालाहरुले सबै जिम्मेवार हुनु पर्नेमा जोड दिएका छन् । पाँचौ निर्वाचन दिवसको अवसर पारेर जिल्ला निर्वाचन कार्यालय रामेछापले विहिबार आयोजना गरेको निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियामा आ–आफ्नो सुझाव दिँदै राजनीतिक दलका नेता, सरकारी निकायका प्रतिनिधि, स्थानीय तहका प्रमुख, पत्रकार लगायतले निर्वाचन आयोगले तया गरेका निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन […]

  11. नेपाल जेसीजको ‘इन्टरनेशनल कमिटी मेम्बर एरिया सी’ मा गोपाल खड्का मनोनित

    रामेछाप– नेपाल जेसिजको ‘इन्टरनेशनल कमिटी मेम्बर एरिया सी’ मा गोपाल खड्का मनोनित भएका छन् । रामेछाप जेसिज वर्ष २०२० का अध्यक्ष समेत रहेका खड्कालाई नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले  नेपाल जेसीजको वर्ष २०२१ को ‘इन्टरनेशनल कमिटी मेम्बर एरिया सी’ मा मनोनित गरेका हुन् । जेसीज आस्थालाई आफ्नो अनुशासन बनाई वर्ष २०२१ लाई थप […]

  12. रामेछाप जिल्लाको आर्थिक गणनाको प्रतिवेदन सार्वजनिक

    रामेछाप- रामेछाप जिल्लामा संचालन गरिएको राष्ट्रिय आर्थिक गणना २०७५ को जिल्लास्तरीय नतिजा सोमबार रामेछाप सदरमुकाम मन्थलीमा सार्वजनिक भएको छ । तथ्यांक कार्यालय सिन्धुलीको आयोजनामा सम्पन्न गोष्ठीमा जिल्लाको आर्थिक गणनाको प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माको अध्यक्षता सम्पन्न नतिजा सार्वजनिक गोष्ठीमा तथ्यांक कार्यालय सिन्धुलीका अधिकृत टीका नेपालले जिल्लाको आर्थिक स्थितिको तथ्याका […]