समाचार

७७०समाचार

पृष्ठ ५८

  1. बेवारिसे अवस्थामा भेटिएको ६० लिटर घरेलु मदिरा नष्ट

    रामेछाप– प्रहरीले बसमा बेवारिसे अवस्थामा भेट्टाएको घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले बुधबार बिहान रामेछापबाट मन्थली तर्फ आउँदै गरेको बा २ ख ५२९० नं को यात्रुवाहक बसमा  मन्थलीको भैसेश्वर चोकमा चेकजाँच गर्ने क्रममा बेवारिसे अवस्थामा भेट्टाएको ६० लिटर अवैध घरेलु मदिरा नियान्त्रणमा लिएर नष्ट गरेको हो । कनूनी रुपमा अबैध मानिको घरेलु मदिरा विक्रिवितरण […]

  2. जसले भागरथीको हत्या गर्यो, उहि न्याय माग्न दैनिक प्रर्दशनमा सहभागी

    बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्करपछि हत्या गरेको अभियोगमा पक्राउ परेका किशोर उनको न्याय माग्दै हुने प्रर्दशनमा समेत दैनिकजसो सहभागी हुने गरेको खुलेको छ। सनातन धर्म माध्यमिक विद्यालयमै अध्ययनरत उनी भागरथीको न्यायका लागि स्थानीय खोचलेक बजारसहितका ठाउँमा गरिने प्रर्दशनमा उनी सहभागी हुने गरेको प्रहरीले बताएको छ। तर प्रर्दशनका क्रममा देखाउने शंकास्पद […]

  3. संसदीय व्यवस्थाको विडम्वना

    डा. डी.आर. उपाध्याय पछिल्लो राजनीतिक घटनाक्रमले देश जटिल मोडतिर धकेलिएको छ । यो चिन्ताको विषय हो । केही समयदेखि मुलुक आर्थिक, राजनैतिक र संवैधानिक संकटमा छ । राजनैतिक परिवर्तन पछि पटक पटक नेताहरूले जनतालाई भ–याङ बनाएर सत्तामा जाने गरेका छन् । सत्तामा गएपछि सबै कुरा बिर्सने परम्परागत संस्कृतिको विकास भएको छ । यसले गर्दा पनि […]

  4. नेपाल जेसीजको सल्लाहकारमा (बीओडी) आकाश भट्टराई मनोनित

    नेपाल जेसीजको सल्लाहकार (एड्भाइजर टु बीओडी) मा आकाश भट्टराई मनोनित भएका छन् । रामेछाप जेसिज वर्ष २०१८ का अध्यक्ष समेत रहेका भट्टराईलाई नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले  नेपाल जेसीजको वर्ष २०२१ को सल्लाहकार (एड्भाइजर टु बीओडी) मा मनोनित गरेका हुन् । जेसीज आस्थालाई आफ्नो अनुशासन बनाई वर्ष २०२१ लाई थप उचाई प्रदान गर्न […]

  5. जेसिज क्षेत्र ‘ग’ सम्मेलनको निर्देशकमा भिमशेन बस्नेत

    रामेछाप– रामेछाप जेसिजले नेपाल जेसिजको आयोजना तथा रामेछाप जेसिजको आतिथ्यतामा हुने क्षेत्र ‘ग’ सम्मेलन वर्ष २०२१ का लागि सम्मेलन निर्देशकको जिम्मेवारी भिमसेन बस्नेतलाई दिने निर्णय गरेको छ । रामेछाप जेसिजको वोर्ड बैठकले रामेछाप जेसिज वर्ष २०१६ का अध्यक्ष समेत रहेका बस्नेतलाई क्षेत्र ‘ग’ सम्मेलनको निर्देशक बनाउने निर्णय गरिएको महासचिव सन्तोश खत्रीले बताए । नेपाल जेसिज […]

  6. शहीद विष्णु कार्की (पुकर) स्मृति फुटबल प्रतियोगिताको उपाधी प्याराडाइज युथ क्लब खिम्तीलाई

    रामेछाप- शहीद विष्णु कार्की (पुकर) स्मृति खुला पुरुष फुटबल प्रतियोगिता २०७७ नामाडीको उपाधी प्याराडाइज युथ क्लब खिम्तीले जितेको छ । तत्कालिन नेकपा माओवादीमा आवद्ध भएका नामाडीका विष्णु कार्की जनयुद्धको समयमा तत्कालिन शाही नेपाली सेनाको कारबाहीबाट मारिएपछि शहीद भएका शहीद विष्णु कार्की (पुकर) को स्मृतिमा संचालन गरिएको प्रतियोगितामा प्रथम हुँदै प्याराडाईज युथ क्लब खिम्तीले उपाधी जितेको […]

  7. मन्थली नगरपालिकाको गाउँ–गाउँमा स्वास्थ्य शिविरः नौ सय बढीले गाउँमै पाए सेवा

    रामेछाप- मन्थली नगरपालिकाले जेष्ठ नागरिक र महिलाहरुका लागि लक्षित गरेर गाउँ–गाउँमा लगेको निःशुल्क स्वास्थ्य शिविरबाट ९ सय ८३ जनाले सेवा पाएका छन् । सहज रुपमा स्वास्थ्य संस्थाहरुमा पुग्न नसक्ने जेष्ठ नागरिक र स्त्री रोग सम्बन्धी समस्या भएका महिलाहरुलाई लक्षित गरी गाउँमै निःशुल्क रुपमा स्वास्थ्य परिक्षाण र उपचार हुने व्यवस्था सहित संचालन गरिएको शिविरबाट ९ सय […]

  8. रामेछापमा कोरोना विरुद्धको दोस्रो चरणको खोप आइतबार देखि लगाइने

    रामेछाप– रामेछाप जिल्लामा कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप आइतबार देखि लगाउन सुरु गरिने भएको छ । दोस्रो चरणमा थप २ हजार १ सय जनालाई कोरोना भाइरस विरद्धको खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले बताए । कर्णका अनुसार रामेछाप जिल्ला अस्पतालमा आइतबार देखि मंगलबार सम्म तीन दिन र मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा सोमबार […]

  9. आगलागीमा परी ज्यान गुमाएका परिवारलाई जिल्ला विपत्त व्यवस्थापन कोषबाट राहत

    रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. २ ठोसेमा आगलागीमा परी ज्यान गुमाएका बृद्धका परिवारलाई जिल्ला विपत्त व्यवस्थापन कोषले दुई लाख १५ हजार रुपैया रहात उपलब्ध गराएको छ । कोषका संयोजक एवं प्रमुख जिल्ला अर्जुन कुमार शर्माले शनिबार घट्नास्थलमै पुगेर मृतकका परिवालाई दुई लाख १५ हजार नगद राहत उपलब्ध गराएका हु्न । मंगलबार बिहान आफ्नै घरमा […]

  10. वडाध्यक्ष आफै कोदालो लिएर बाटो बनाउन निस्केपछि…

    रामेछाप– एक टोलका मानिस अर्को टोलमा पैदल हिडेर आवत जावत गर्न सहज होस भन्ने उद्देश्यले रामेछाप नगरपालिका वडा नं–८ रामेछापका वडा अध्यक्ष गोरेटो बाटो बनाउन आफै जुटेका छन् । वडा नं ८ लामागाउँको दत्य डाँडाबाट भुमेश्वरी प्राथमिक विद्यालयसम्मको गोरेटो वाटो निर्माणमा वडाध्यक्ष केदार कार्की, वडासदस्यहरु र स्थानीयहरु जुटेका हुन् । लामागाउँ, वादी र विभिन्न ठाउँबाट […]

  11. तथ्यहीन समाचार प्रकाशन गरेको भन्दै स्थानीय तह कर्मचारी युनियनद्वारा कारबाहीको माग

    संगिता श्रेष्ठ/रामेछाप– रामेछाप नागरपालिकामा शिक्षक छनौटको विषयलाई लिएर राजनीतिक पुर्वाग्रह राखेर कर्मचारीको मान मर्यादामा असर पुर्‍याउने तथा व्यक्तिको चरित्र हत्या गर्ने मनसायले तथ्यहिन समाचार प्रकाशन एवं प्रशाण गरिएको भन्दै स्थानीय तह कर्मचारी युनियन नेपाल जिल्ला कार्यसमिति रामेछापले विज्ञप्ती जारी गर्दै तथ्यहिन समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । रामेछाप–३ साँघुटारमा रहेको कालिका इश्वरी आधारभूत […]

  12. रामेछाप नगरपालिकामा शिक्षक छनौटमा सामान्य त्रृटि भएपनि निश्पक्ष छ– शिक्षा शाखा

    रामेछाप नगरपालिकामा शिक्षक छनौट गर्दा कुनै पनि सेटिङ नभएको शिक्षा शाखाले बताएको छ । रामेछाप नगरपालिका वडा नं ३ साँघुटारमा रहेको कालिका इश्वरी आधारभूत विद्यालयका लागि बुधबार शिक्षक छनौट गर्दा निश्पक्ष तरिकाले भएको रामेछाप नगरपालिका शिक्षा शाखाका प्राविधिक साहयक डोर बहादुर तामाङले बताए । उनले भने– ‘रामेछापको साँघुटारमा रहेको कालिका इश्वरी आविलाई शिक्षक छनौट गर्नु […]