समाचार
७७०समाचार
पृष्ठ ५९
आगलागी पीडितलाई गोकुलगंगा गाउँपालिकाले गर्यो आर्थिक सहयोग
रामेछाप– गोकुलगंगा गाउँपालिकाले आगलागीबाट ज्यान गुमाएका पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेको चोरपातलमा आगलागी हुँदा ज्यान गुमाएकी पासाङलेकी शेर्पाको परिवारलाई गाउँपालिकाले बुधबार घट्नस्थलमै पुगेर ५० हजारको चेक सहित खाद्यन्न र लत्ताकपडा सहयोग गरेको हो । मंगलबार विहान आगलागी हुँदा ज्यान गुमाएकी पासाङलेकी शेर्पाको परिवारलाई गाउँपालिकाले मृतकका छोरा किपाले […]
सुशासन बिना बिकास र समृद्धिको कल्पना पनि गर्न सकिदैन
डा.डीपि.आर. उपाध्याय देशको बिकास, समृद्धिका लागी सुशासन अनिवार्य सर्त हो । सुशासन बिना बिकास र समृद्धिको कल्पना पनि गर्न सकिदैन । बिश्वका धेरै मुलुक मध्ये केहि मुलुक बिकास र समृद्धिको बाटोमा लम्किएका छन । कारण सुशासन हो । जुन देशमा सुशासन कायम भएको छ, त्यो देशमा बिकास भएको छ । जुन देशमा सुशासन कायम हुन […]
अब देशलाई दुरदर्शी र विकासप्रेमी नेताको आवश्यकता
डा.डीपि.आर. उपाध्याय यति बेला देशको राजनीतिक अवस्था जटिल मोडमा छ । अहिलेको राजनीतिक गतिविधि हेर्दा जनता निराश देखिन्छन । जनतामा निराशा आउनु भनेको राम्रो संकेत होइन । देशको राजनीतिक संकटका कारण देशी–विदेशी हस्तक्षेप बढिरहेको देखिन्छ । आज देशको अवस्था बिग्रदै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले राजनीतिक धुव्रिकरण बढेर गएको छ । प्रतिनिधिसभा […]
ठोसेमा किपाले शेर्पाको घरमा आगलागी हुँदा एक जनाको ज्यान गयो
रामेछाप– रामेछापको गोगुलगंगा गाउँपालिका वडा नं २ ठोसेमा किपाले शेर्पाको घरमा आगलागी हुँदा उनको आमाको ज्यान गएको छ । चोरपातलमा गएराती २ बजे आगलागी हुँदा ९५ वर्षिय पासाङलेकी शेर्पाको ज्यान गएको हो । पासाङलेकी शेर्पा सुतीरहेको घरमा आगो लागेछ, गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवारले भने,‘उहाँको परिवारलाई घरमा आगो लागेको थाहा नहुँदा उहाँलाई उद्दार गर्न सकिएन […]
रामेछाप नगरपालिकामा युवाहरुका लागि लोक सेवा तयारी कक्षा सुरु
रामेछाप– रामेछाप नगरपालिकाले नगर भित्रका युवाहरुका लागि लोक सेवा आयोग द्वारा लिइने नायव सुब्बा, खरिदार वा सो सरहको परिक्षा तयारी कक्षा सुरु गरेको छ । नगरपालिकाले नगर क्षेत्र भित्रका ५० जना युवा सहभागी गराउने गरी सोमबार देखि १५ दिने लोक सेवा तयारी कक्षा सुरु गरेको हो । तयारी कक्षाको उद्घाटन गर्दै रामेछाप नगरपालिकाका उपप्रमुख सृजना […]
गाउँमै भिडियो एक्सरे
रामेछाप– रामेछाप जिल्लाको खाँडादेवी गाउपालिका वडा नं ५ पकरबासका महिलाहरुको निःशुल्क भिडियो एक्सरे तथा स्वास्थ्य परीक्षण भएको छ । अस्पताल तथा स्वास्थ्य सेवामा कम पहुँच भएका तथा विभिन्न स्वास्थ्य समस्या भएका महिलाहरुलाई लक्षित गरी संचालन गरिएको एक दिने स्वास्थ्य शिविरमा ५३ जना महिलाको भिडियो एक्सरे भएको छ । भिडियो एक्सरे गरिएका महिलाहरुलाई पाठेघरको समस्या, पथ्थरी […]
स्थानीयको कुटाइबाट ज्यान गुमाएका मेरमानका परिवारलाई गाउँपालिकाको आर्थिक सहयोग
रामेछाप– स्थानीय साङतेन्जी शेर्पाको कुटईबाट ज्यान गुमाएका मेरमान विकका परिवारलाई गोकुलगंगा गाउँपालिकाले खाद्यन्न सहित आर्थिक सहयोग गरेको छ । गोकुलगंगा गाउँपालिका वडा नं ४ बेतालीका मृतक मेरमानकी श्रीमती पम्फादेवी विकलाई गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवारले दश हजार नगद, ३ बोरा चामल ५ केजी दाल, ५ केजी नुन, एक थान ओढ्ने सिरक र दुई थान त्रिपाल […]
समृद्ध नेपाल, सुखी नेपालीको नारा ओझेलमा
डा. डीपी.आर. उपाध्याय अहिले जनतामा उत्साह र उमङ्ग हराएको छ । समृद्ध नेपाल, सुखी नेपालीको नारा ओझेलमा परेको छ । नेकपाको सम्मानजनक बहुमत प्राप्त सरकार आफ्नै आन्तरिक कारणले गर्दा सही गति लिन सकेन । नेकपा केही समय अघि देखि दुई खेमामा विभाजित छ । प्रचण्ड माधव खेमा र ओली खेमामा नेकपा विभाजित हुँदा मुलुकमा संकट […]
आफ्नो जन्म दिनमा गाउँका जेष्ठ नागरिकसँग रमाउँदै तरुण अध्यक्ष खड्का
रामेछाप– नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ ले आफ्नो जन्म दिनमा आफ्नै गाउँका जेष्ठ नागरिकसँग खुसी साट्दै जन्म दिन मनाएका छन् । अध्यक्ष खड्काले आफू जन्मेको ठाउँ गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडीमा जन्म दिनको अवसर पारेर ८० वर्ष पार गरेका जेष्ठ नागरिकरुलाई न्यानो कपडा वितरण गर्दै आफ्नो जन्म दिन मनाएका हुन् […]
बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको दावीः ‘अविश्वासको प्रस्ताव स्वीकृत हुँदैन’
प्रहार खबर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आफूलाई मुख्यमन्त्रीबाट हटाउन दर्ता गरिएको अविश्वासको प्रस्ताव स्वीकृत नहुने दावी गरेका छन् । रामेछापको खाँडादेवी गाउँपालिका–३ मा निर्माण भएको एकिकृत बस्ती हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्य मन्त्री पौडेलले जनताको पक्षमा राम्रा काम गरेको देखेर आफ्नो नेतृत्वमा रहेको सरकार हटाउने अभियानमा लागेका समूह सफल नहुने दावी गरेका हुन् । बागमती […]
रामेछापका ६ स्थानीय तहमा नेपाल शिक्षक संघको स्थानीय प्रतिनिधि सभा सम्पन्न
रामेछाप– रामेछापको ६ स्थानीयत तहमा नेपाल शिक्षक संघको स्थानीय प्रतिनिधि सभा सम्पन्न भएको छ । स्थानीय तहमा भएका पालिका स्तरीय नेपाल शिक्षक संघले शनिबार जिल्लाको उमाकुण्ड र लिखुतामाकोशी गाउँपालिका बाहेक दुई नगरपालिका र चार गाउँपालिकामा तेस्रो स्थानीय प्रतिनिधिसभा सम्पन्न गरेका हुन् । ‘‘केन्द्रीय निर्देशन अनुसार हामीले पनि एकै समयमा ६ स्थानीय तहमा स्थानीय प्रतिनिधि सभा […]
संसद विघटन विरुद्ध काँग्रेसका १३ सुभेच्छुक संस्थाको विरोध प्रर्दशन
रामेछाप– प्रतिनिधिसभा विघटन विरुद्ध नेपाली काँग्रेस रामेछापका सुभेच्छुक संस्थाहरुले विरोध प्रर्दशन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते संविधान विपरित प्रतिनिधिसभा विघटन गरेको भन्दै संसद पुनस्थापनाको माग सहित नेपाली काँग्रेस रामेछापका १३ सुभेच्छुक संस्थाहरुले संयुक्त रुपमा शनिबार बिहान प्रधानमन्त्रीको कदम विरुद्ध र्यालीको आयोजना गर्दै विरोध प्रर्दशन गरेका हुन् । प्रतिनिधिसभा पूर्नवहाली गर, […]










