समाचार

७७०समाचार

पृष्ठ ५५

  1. छैठौं अन्तराष्ट्रिय कराते च्याम्पियनशिप–२०७७ मा रामेछापलाई ५ स्वर्ण सहित ७ पदक

    छैठौं अन्तराष्ट्रिय कराते च्याम्पियनशिप–२०७७ मा रामेछापले ५ स्वर्ण सहित ७ पदक जितेको छ । नेपाल र भारत बीच भएको अन्तराष्ट्रिय स्तरको कुमोतेमा ४ स्वर्ण र कातामा १ स्वर्ण गरी ५ स्वर्ण पदक जितेको हो । त्यस्तै कुमोते र कातामा एक–एक गरी दुई कास्य गरी पदक जितेको छ । भारतको चार प्रान्त र नेपालका ६ जिल्लाका […]

  2. डोरी तान प्रतियोगिताको उपाधी मन्थली नगरपालिकालाई

    रामेछाप– जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा जिल्लामा पहिलो पटक भएको (टग अफ वार) डोरीतान प्रतियोगितामा मन्थली नगरपालिका बिजेता भएको छ । जिल्लाका ८ स्थानीय तहबाट ८ टिम सहभागि रहेको प्रतियोगितामा खाँडादेवीलाई पछि पार्दै मन्थली नगरपालिकाले जित हात पारेको हो । जिल्ला समन्वय समितिको खेल मैदनमा शनिबार भएको (टग अफ वार) डोरीतान प्रतियोगितामा खाँडादेवी गाउँपालिका […]

  3. रामेछापमा उद्यमी उत्पादन गर्दै नगरपालिका, गाउँमै पुग्यो सीप सिक्ने मेसिन

    रामेछाप– रामेछाप नगरपालिकाले गाउँ–गाउँमा उद्यमी उत्पादन गर्न सुरु गरेको छ । गरिवी निवरणको लागि लघु उद्यम विकास कार्यक्रम मार्फत ८० जनालाई गाउँमै लघु उद्यम संचान गर्न सक्ने गरी विभिन्न प्रकारका तालिमहरु दिन लागेको हो । रामेछाप नगरपालिकाको आर्थिक सहयोग र ग्रामिण विजनेश प्रमोशन प्रा.लि.को प्राविधिक सहयोगमा ८० जना नयाँ उद्यमी उत्पादन गर्ने र ४० जना […]

  4. यादव दाहाल सामुदायिक मेलमिलापकर्ता समाज नेपाल केन्द्रको केन्द्रीय सदस्यमा निर्वाचित

    रामेछाप– रामेछापका यादव दाहाल सामुदायिक मेलमिलापकर्ता समाज नेपाल केन्द्रको केन्द्रीय सदस्यमा निर्बिरोध निर्वाचित भएका छन् । शुक्रबार ललितपुरमा भएको नवौ तथा दशौं साधारणसभा एवं तेस्रो महाधिवेशनबाट दाहाल निर्बिरोध निर्वाचित भएका हुन् । दाहाल सामुदायिक मेलमिलापकर्ता समाज नेपाल रामेछापको सचिव समेत छन् । सामुदायिक मेलमिलापकर्ता समाज नेपाल रामेछापको स्थापना हुदाँ देखि नै दाहाल उक्त संस्थामा आवद्ध […]

  5. रामेछाप र ओखलढुंगा जोड्ने लखनटार झोलुङ्गे पुल संचालनमा, स्थानीयलाई सहज

    रामेछाप– रामेछाप र ओखलढुंगा दुई जिल्लालाई जोड्ने झोलुङ्गे पुलको निर्माण सम्पन्न भई शुक्रबार देखि संचालनमा आएको छ । रामेछापको रामेछाप नगरपालिका वडा नं ४ लखनटार स्थित लिखु नदीमा निर्माण भएको लखनटार झोलुङ्गे पुल उद्घाटन भएसँगै संचालनमा आएको हो । संघीय सरकारको आर्थिक सहयोग तथा रामेछाप नगरपालिकाको प्राविधिक सहयोगमा निर्माण भएको झोलुङ्गे पुल रामेछाप नगरपालिकाका नगर […]

  6. रामेछापमा ट्राफिक व्यवस्थापन राम्रो बन्दैः ८ महिनामा करोड बढी राजस्व संकलन, दुर्घना न्यूनिकण

    रामेछाप– रामेछापमा ट्राफिक कारबाहीमा ८ महिनाको अवधीमा एक करोड भन्दा बढी राजस्व संकलन भएको छ । चालु अर्थिक वर्षको साउन महिना देखि फागुन महिनाको अन्तिम सम्मको अवधिमा १ करोड ८ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय रामेछापले बताएको छ । विभिन्न जिल्लाबाट रामेछाप भित्रने, रामेछाप जिल्लाबाट बाह्य जिल्लामा जाने र रामेछाप […]

  7. सेवा प्रवाहमा छिटो र गुणस्तरियता कायम हुन्छ– प्रजिअ सैजु

    रामेछाप– रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले जिल्लाका सरकारी कार्यालयबाट प्रवाह हुने सेवा छिटो र गुणस्तरिय बनाउने बताएका छन् । मंगलबार देखि जिल्ला प्रशासन कार्यालय रामेछापमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका प्रजिअ सैजुले विहिबार पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा जिल्लाका सरकारी कार्यालयबाट प्रवाह हुने सेवालाई समय अनुसार छिटो र गुणस्तरिय बनाउँदै जाने बताएका हुन् । पत्रकारहरुले जिल्लामा […]

  8. रामेछाप जिल्लामै पहिलो पटक डोरीतान प्रतियोगिता हुँदै

    रामेछाप– जिल्ला खेलकुद विकास समिति रामेछापले जिल्लामा पहिलो पटक (टग अफ वार) डोरीतान प्रतियोगिताको आयोजना गर्ने भएको छ । ८ स्थानीय तहबाट ८ टिम सहभागी हुने गरी फागुन २९ गते प्रतियोगिताको आयोजना गर्न लागिएको विहिबार जिल्ला खेलकुद विकास समिति रामेछापले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्को कार्यक्रम अन्तर्गत साहसिक […]

  9. सुकाजोरका किसानलाई व्यवसायिक बंगुर पालन तालिम, व्यवसाय सुरु गर्न उन्नत जातको बंगुर वितरण

    रामेछाप– नगरपालिका– ७ सुकाजोरका किसानले गाउँमै व्यवसायिक बंगुर पालन गर्न सकिने गरी ८ दिनको व्यवसायिक बंगुर पालन तालिम सिकेका छन् । घरेलु तथा साना उद्योग कार्यालय रामेछाप र रामेछाप जिल्ला लघु उद्यमी समुह संघको आयोजना गरेको ८ दिनको तालिममा सुकाजोर गैरीगाउँका ३५ जना किसानहरुले बंगुर पालन सम्बन्धी सीप विकास र उद्यमशिलता विकास तालिम सिकेका हुन् […]

  10. हतारमा गरिएको पार्टी एकताको परिणाम

    सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारिकता दिएको छ । यो फैसला पछि तत्कालीन सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पुरानै अवस्थामा फर्कन बाध्य भएका छन । राजनीतिमा ओझेलमा परेका ऋषि कटेल अहिले यो फैसला पछि चर्चित बनेका छन । यसले उनलाई फाइदा नै पुग्ने देखिन्छ […]

  11. निःशुल्क छाला तथा यौन रोग शिविरमा ९० जनाले लिए सेवा

    रामेछाप- सदरमुकाम मन्थलीमा आयोजित निःशुल्क छाला तथा यौन रोग परिक्षण शिविरमा ९० जनाले सेवा लिएका छन् । मन्थली पोलिक्लिनिक एण्ड डाईग्नोशिस सेन्टर र दिलश्री मेडिकल हलले शनिबार आयोजना गरेको एक दिने निःशुल्क छाला तथा यौन रोग परिक्षण शिविरमा छाला र यौन रोगको समस्या भएका व्यक्तिहरुले सेवा लिएका हुन् । छालाको रोग र यौन रोग भएका […]

  12. प्रथम वडा कप फुटबल प्रतियोगिताको उपाधी सुकाजोर युवा विकास समाजलाई

    रामेछाप– रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले यस वर्ष देखि सुरु गरेको प्रथम वडा कप फुटबल प्रतियोगिताको उपाधी सुकाजोर युवा विकास समाजले जितेको छ । शनिबार देखि सुरु भई आइतबार सम्पन्न भएको प्रतियोगितामा जागरुक युवा क्लवलाई हराउँदै प्रथम वडा कप फुटबल प्रतियोगिताको उपाधी सुकाजोर युवा विकास समाजले जितेको हो । ६ टिम सहभागी रहेको प्रतियोगितामा […]