समाचार
७७०समाचार
पृष्ठ ५४
बागेश्वरी अशल शासन क्लब जिल्ला शाखा रामेछापको अध्यक्षमा युवराज श्रेष्ठ
रामेछाप– बागेश्वरी अशल शासन क्लब (बास) जिल्ला शाखा रामेछापको अध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित भएका छन् । बास रामेछाप शाखाको बुधबार मन्थलीमा भएको दोस्रो जिल्ला अधिवेशनमा श्रेष्ठ रामेछापको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा एलिना लामा, सचिवमा यादव केसी, सहसचिवमा मिलन विक र कोषाध्यक्षमा विपना थापा निर्वाचित भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा क्रमशः […]
दोस्रो ‘मन्थली मेयर कप’ चैत्र २५ गते देखि, नगरपालिकाका खेलाडीले मात्रै भाग लिन पाउने
रामेछाप– मन्थली नगरपालिकाले दोस्रो मन्थली मेयर कप २०७७ चैत्र २५ गते देखि २८ गते सम्म संचालन गर्ने भएको छ । मन्थली नगर खेलकुद विकास समितिको बैठकले चैत्र २५ गते देखि २८ गते सम्म पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेर दोस्रो मन्थली मेयर कप २०७७ संचालन गर्ने निर्णय गरेको हो । नगरपालिकामा खेलकुद क्षेत्रको विकासमा टेवा पुर्याउने […]
मन्थलीमा पहिलो पटक ‘फाइबर टु दी होम’ सेवा सुरु, अब इन्टरनेटमा समस्या नआउने दावी
रामेछाप– सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सदरमुकाम मन्थलीमा पहिलो पटक फाइबर टु दी होम सेवा सुरु गरेको छ । लामो समय देखि काम सुरु गरिएको भएपनि सोमबार देखि मात्रै उक्त सेवा सुरु भएको हो । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेत र रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले सेवाको सुरुवात गरेका थिए । ‘फाइबर […]
रामेछाप जेसिज संसदीय बैठकको अभ्यास सिकाउँदै
रामेछाप– सधैं जसो एउटै शैलीमा कार्यक्रम हुने मन्थलीको जिएस होटलमा शनिबारको कार्यक्रम सधैंको भन्दा निकै भिन्न शैलीको थियो । कार्यक्रमको नाम थियो संसदीय बैठक (पार्लमेन्टी मिटिङ) को अभ्यास । कार्यक्रमको नाम जस्तै निश्चित उमेर समूहका मानिस, निश्चित समय अनि महत्वपूर्ण विषयबस्तु । एक दिनको लागि तय गरिएको कार्यक्रममा १८ वर्ष पुरा भई ४० वर्ष ननाघेका […]
जलविद्युत आयोजनाको सुरुङ्गमार्ग माथीका घर चर्किन थाले, बस्ती नै भासिने जोखिम
रामेछाप– रामेछाप र ओखलढुंंगा जिल्लाको सिमाना भएर बग्ने लिखु नदीमा निर्माणाधिन तल्लो लिखु जलविद्युत आयोजनाको सुरुङ्ग मार्गमाथि रहेका घर चर्किना थालेका छन् । २८.१ मेगावट विद्युत उत्पादन गर्ने गरी स्वेतगंगा हाइड्रोपावर कम्पनीले निर्माण गरीरहेको तल्लो लिखु जलविद्युत आयोजनाको लागि सैपुको फेदीबाट सैपुको सेतीमा पानी निकाल्न निर्माण भइरहेको सुरुङ्ग मार्गमाथि रहेका घर चर्किन थालेका हुन् । […]
उमाकुण्ड गाउँपालिकामा आलु उत्पादन गर्ने किसानलाई नै आलु चिप्स बनाउने तालिम
रामेछाप– उमाकुण्ड गाउँपालिकाले गाउँमै ८० जना उद्यमी उत्दान गर्ने कार्यक्रम अन्तरगत ७ जना किसानलाई आलु चिप्स बनाउने तालिम दिएको छ । गाउँपालिकाले गरिवी निवरणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत गाउँपालिकाको वडा नं ४ मैदानेका ७ जनालाई गाउँमै उत्पादन भएको आलुबाट आलु चिप्स बनाउने तलिम दिएको हो । गाउँपालिकाको आर्थिक सहयोग तथा ग्रामिण विजनेश प्रमोशन […]
रामेछाप– ८ मा तरुणदलको वडा इकाई गठन, भागवत लामाको अध्यक्षतामा ६५ सदस्यिय समिति
रामेछाप– रामेछाप नगरपालिका वडा नं ८ रामेछापमा नेपाल तरुण दलको वडा इकाई गठन भएको छ । नेपाल तरुण दल रामेछाप नगरपालिकाको नगर अध्यक्ष सन्तोष कुमार तामाङको अध्यक्षतामा मंगलबार भएको कार्यक्रममा भागवत लामाको अध्यक्षतामा ६५ सदस्यिय वडा इकाई समिति गठन भएको हो । समितिको अन्य पदाधिकारीमा क्रमशः बरिष्ठ उपाध्यक्षमा बिजय तामाङ, उपाध्यक्षमा गोबिन्द कार्की, सचिवमा प्रकाश […]
यो वर्ष सुकाजोरमा जुनार जोन कार्यक्रम मार्फत १२ हजार सुन्तला जातको विरुवा रोपिने
रामेछाप– प्रधानमन्त्री कृषि अधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले यस वर्ष जुनार जोन कार्यक्रम अन्तरगत पचास प्रतिशत अनुदानमा १२ हजार सुन्तला जातको विरुवा किसानलाई दिने योजना अगाडी सारेको छ । परियोजनाले जुनार जोन लागु भएको रामेछाप नगरपालिकाको वडा नं ७ मा तीन ओटा कृषी समूह तथा फार्म मार्फत सुन्तला जात भित्र पर्ने जुनार, सुन्तला र […]
नेपाल समूहले बोलाएको राष्ट्रिय भेला विधान विपरित भएको रामेछाप एमालेको दावी, सहभागी नहुन आग्रह
रामेछाप– नेकपा एमाले माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय भेलाको नेकपा एमाले ओली समूह रामेछापले गम्भिर ध्यानाकर्षण भएको बताएको छ । मंगलबार सदरमुकाम मन्थली स्थित नेकपा एकाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन मार्फत पार्टीको विधि र विधान विपरित गुटगत भेलाको आयोजना गरेर पार्टीलाई कमजोर बनाउने खेलमा उक्त समूह लागेको भन्दै भेलामा सहभागी […]
सुकाजोरमा तरुणदलको वडा इकाई गठन, राउतको अध्यक्षतामा ५१ सदस्यिय समिति
रामेछाप– रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा नेपाल तरुण दलको वडा इकाई गठन भएको छ । नेपाल तरुण दल रामेछाप नगरपालिकाको नगर अध्यक्ष सन्तोष कुमार तामाङको अध्यक्षतामा सोमबार भएको कार्यक्रममा गोविन्द राउतको अध्यक्षतामा ५१ सदस्यिय वडा इकाई समिति गठन भएको हो । समितिको अन्य पदाधिकारीमा क्रमशः बरिष्ठ उपाध्यक्षमा निरज मगर, उपाध्यक्षमा सत्य बस्नेत, सचिवमा गंगा […]
लोकदोहोरी दिवसको अवसरमा कलकारहरुको निःशुल्क स्वास्थ्य परिक्षण
दुर्गा भुजेल/ काठमाडौं- लोकदोहोरी दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय कार्यसमितिले स्वास्थ्य सेवासहित लोकदोहोरी दिवस मनाएको छ । प्रतिष्ठानको आयोजनामा शनिबार केन्द्रीय कार्यालयको प्राङ्गणमा निःशुल्क स्वास्थ्यसेवाको कार्यक्रम राखिएको थियो । बसुन्धरास्थित चिरायु नेशनल हस्पिटलको सहयोगमा निःशुल्क नाक, कान, घाँटी, परीक्षण सँगै रक्तदान समेत गरिएको छ । लोकदोहोरी दिवस मनाउने क्रममा सामाजिक कार्य […]
सेलेघाट–रामेछाप–साँघुटार सडक आयोजनाले सार्वजनिक सम्पत्ति ध्वस्त पारेको आरोप
रामेछाप– लामो समय पछि निर्माण कार्य सुरु भएको सेलेघाट–साँघुटार जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडक आयोजनाले सार्वजनिक सम्पत्ति ध्वस्त पार्ने देखि सडक आसपासका नागरिकलाई बेवास्ता गर्दै काम अगाडि बढाएको स्थानीयले आरोप लगाएका छन् । रामेछाप नगरपालिका वडा नं २ देउरालीका वडा सदस्य सहित आयोजनाबाट प्रभावित भएका स्थानीयले आइतबार पत्रकार सम्मेलन गरी आयोजनाले सार्वजनिक सम्पत्ति ध्वस्त पार्ने देखि स्थानीयसँगको […]












