मन्थलीमा पहिलो पटक ‘फाइबर टु दी होम’ सेवा सुरु, अब इन्टरनेटमा समस्या नआउने दावी

रामेछाप– सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सदरमुकाम मन्थलीमा पहिलो पटक फाइबर टु दी होम सेवा सुरु गरेको छ । लामो समय देखि काम सुरु गरिएको भएपनि सोमबार देखि मात्रै उक्त सेवा सुरु भएको हो । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेत र रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले सेवाको सुरुवात गरेका थिए । ‘फाइबर […]

मन्थलीमा पहिलो पटक ‘फाइबर टु दी होम’ सेवा सुरु, अब इन्टरनेटमा समस्या नआउने दावी

रामेछाप– सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सदरमुकाम मन्थलीमा पहिलो पटक फाइबर टु दी होम सेवा सुरु गरेको छ । लामो समय देखि काम सुरु गरिएको भएपनि सोमबार देखि मात्रै उक्त सेवा सुरु भएको हो । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेत र रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले सेवाको सुरुवात गरेका थिए ।

‘फाइबर टु दी होम’ सेवाको सुरुवाती कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले यस अघि आम सर्वसाधारणले टेलिफोन र इन्टरनेट प्रयोग गर्दा भोग्दै आएको समस्या समधान हुने विश्वास व्यक्त गरे । समयको माग अनुसार भित्रिएको सेवालाई कुनै पनि बेला समस्या नआउने गरी व्यवस्थापन गर्न नेपाल टेलिकमलाई आग्रह गरे ।

फरक प्रसंगमा नगर प्रमुख बस्नेतले नगर भित्र भित्रिएका नयाँ नयाँ प्रविधि विस्तारमा स्थानीयको अवरोधका कारण प्रयोगमा ल्याउन नसकेकोमा दुख व्यक्त गर्दै विकासमा सबै एक भएर लाग्नु पर्ने धाराण राखे ।

प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले यस अघि आम सर्वसाधारण देखि आफ्नै कार्यालय समेतले दैनिक रुपमा भोग्दै आएको समस्या समधान हुने विश्वास व्यक्त गरे । प्रजिअ सैंजूले टेलिफोन र इन्टरनेट प्रयोग कर्ताको गुनासो नआउने गरी काम गर्न टेलिकमलाई निर्देशन दिए ।

लामो प्रयास पछि जिल्लामा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले पहिलो पटक अहिलेको द्रुत गतिको प्रविधि भित्र्याएकोले विगतमा भोग्दै आएका समस्या समधान हुँदै जाने दावी गरे । अब सेवाग्रहीका माग अनुसार सजिलै इन्टरनेट सेवा प्रदान गर्न सकिने उनले बताए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारिणी सदस्य श्याम थापा, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, रामेछाप उद्योग बाणिज्य संघ रामेछापका अध्यक्ष केशव घिमिरले आ–आफ्नो भनाई राखेका थिए ।

नेपाल टेलिकमका रिम÷सिम र रिचार्ज कार्ड विक्री वितरण गरेर टेलिकमलाई अधिक राजस्व बुझाउने मिलिजुली बिजुली पसल मन्थलीका प्रोप्राइटर नारायण बहादुर बस्नेतलाई नेपाल टेलिकमले सम्मान गरेको छ । नेपाल टेलिकमको अधिक लिज लाइन सेवा खरिद गरेबात हिमाल हाइड्रो कम्पनी किर्नेलाई पनि टेलिकमले सम्मान गरेको छ ।

समाचार का थप समाचार