समाचार
७७०समाचार
पृष्ठ ५३
महिला आफैमा पूर्ण छिन्, किनकी महिलाले मानव अस्तित्व जोगाएकी छिन्
मानिसहरु कडा स्वभावले बोलेको भन्दा नरम स्वभावले बोलेको सबैलाई मान्य हुन्छ । सबैले त्यो नरम बोलीलाई हृदय देखि नै स्वीकार्दछन् । नारीको विशेषता र अस्तित्वको बारेमा कुरा गर्दा सब्द बोलीको प्रवाहबाटै हुने गर्दछ । सर्वत्र भन्ने गर्छन् नारीको मधुर बोली हुनुपर्दछ । नारी कोमल मनको हुनुपर्दछ । विशाल हृदय भएकी हुनुपर्दछ । नारी ममतामयी हुनु […]
गोकुलगंगाका नौ जनामा कोरोना भाइरस पुष्टि, चार जना बालबालिका
रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिकाका ९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । केही दिन अघि एक जना बालकमा कोरोना पुष्टि भएपछि शुक्रबार १६ जनाको (कन्ट्रयाक ट्रेसिङ) स्वाब संकलन गरी धुलिखेल पठाइएका भध्ये ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ । कोरोना भाइरस पुष्टि हुनेमा ५ जना पुरुष र ४ जना महिला रहेका […]
नवजागरण बचतको सेवा आफ्नै भवनबाट
रामेछाप– नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड आफ्नै भवनबाट सेवा दिने गरी नयाँ निर्मित भवनमा सरेको छ । आफ्नै लगानीमा निर्माण गरेको अत्याधुनिक सुविधा सम्पन्न भवनबाटै सेवा दिने गरी शानीबर नयाँ भवनमा सरेको हो । एक करोड ८१ लाख ७९ हजार ३९ रुपैयाँको लागतमा बनेको नयाँ भवनको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना […]
नेविसंघलाई पार्टी भित्रका अमुख व्यक्तिको झोला बोक्न बाध्य बनाइयो– पार्टी सचिव कार्की
रामेछाप– नेपाली काँग्रेस रामेछापका पार्टी सचिव लेख बहादुर कार्कीले एउटा इतिहाँस बोकेको नेविसंघलाई पार्टी भित्रको एउटा अमुख व्यक्तिको झोला बोक्न बाध्य बनाइएको आरोप लगाएका छन् । नेपाल विद्यार्थी संघको ५२औँ स्थापना दिवसको अवसर पारेर नेविसंघ रामेछापले सदरमुकाम मन्थलीमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव कार्कीले पछिल्लो समय केन्द्र देखि जिल्ला तह सम्म नेविसंघलाई एउटा गुटको […]
रामेछाप नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, १३ विद्यालय सहभागी
युवराज सुवेदी, रामेछाप– रामेछाप नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नगर भित्रका म्याध्यमिक विद्यालयका छात्र छात्राहरुले सहभागिता जनाउन पाउने प्रतियोगिता शुक्रबार देखि सुरु भएको हो । तीन दिन सम्म चल्ने प्रतियोगिताको उद्घाटन रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख नर बहादुर थापामगरले आफूहरु […]
सगरमाथा र ल्होत्से आरोहणको यात्रामा बमकाजी
जीवनमा एक पटक जसरी पनि सगरमाथा चढ्न पाए हुन्थ्यो भन्ने प्रायः हरेक नेपालीको मनमा आउन सक्छ । संसारको अग्लो चुचुरोमा पाईला टेक्ने रहर नहुने को होला र ? तर, यो सपना विभिन्न कारणले सबैको पूरा हुदैन । जीवनमा एकपटक सगरमाथा पुग्न र त्यसको अनुभव गर्नु आफैमा एक ठुलो उपलब्धि र साहासिक कार्य हो । मानिसलाई […]
नेपाल पत्रकार महासंघको निर्वाचनः वागमती प्रदेशमा रामेछापबाट दुई जना उम्मेद्वार
रामेछाप- नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको कोषाध्यक्ष र महिला सदस्य पदमा रामेछापबाट दुई जनाले उम्मेद्वारी दिएका छन् । नेपाल प्रेस युनियनको तर्फबाट शिव देवकोटाले नेतृत्व गरेको समूहमा रामेछापबाट रमेश ढुंगेल कोषाध्यक्ष र ज्ञानु श्रेष्ठ महिला सदस्यमा उम्मेद्वारी दिएका हुन् । कोषाध्यक्षका उम्मेद्वार ढुंगेल नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको वर्तमान अध्यक्ष समेत हुन् । […]
पत्रकार महासंघको निर्वाचनः रामेछापमा अध्यक्ष पदमा सुमित श्रेष्ठको उम्मेद्वारी घोषणा
रामेछाप- चैत्र २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनामा रामेछाप शाखाको अध्यक्ष पदमा सुमित श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन् । श्रेष्ठले विहिबार एक कार्यक्रमको आयोजना गरेर कुनै संघ संगठनबाट नभई आफ्नो उम्मेद्वारी स्वतन्त्र भएको बताउतै पत्रकारिता मार्फत समाज परिवर्तन सँगै पत्रकार हकहितको लागि आफ्नो उम्मेद्वारी रहेको बताएका छन् । पत्रकार श्रेष्ठले १४ बुँदे प्रतिबद्धता पत्र […]
सहकारीबाट ऋण लिने ऋणीको मृत्यु भएपछि इन्स्योरेन्सले नै तिरिदियो पाँच लाख ऋण
रामेछाप– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय रामेछापले मृतकको परिवारलाई मुत्यु बिमा दावी भुक्तानी गरेको छ । बिहिबार मन्थली नगरपालिका वडा नं २ टेकानपुरकी स्वर्गीय सिता कार्कीको श्रीमान गोपी कार्कीलाई ५ लाख १० हजार नगद भुक्तानी गरेको हो । नवजागरण बचत तथा ऋण सहकारी संस्थामार्फत सिटिजन लाइफ इन्स्योरेन्समा ऋणको बिमाको गरेकी सिताको मृत्यु पश्चात् […]
‘व्यवसायिक बन्न हरेक नागरिकसँग सीप हुनुपर्छ’– नगर प्रमुख थापामगर
रामेछाप- रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले अब व्यवसायिक बन्न नगरका सबै नागरिकमा सीप हुनु पर्ने बताएका छन् । शुक्रबार रामेछाप नगरपालिका वडा नं ५ कोलोञ्जोरघाटमा रामेछाप नगरपालिकाको आर्थिक सहयोग तथा ग्रामिण विजनेश प्रमोशन प्रालिको प्राविधिक सहयोगमा स्वीटर बनाउने (मेसिन होजियारी) सीप विकास तालिमको शुक्रबार उद्घाटन गर्दै नगर प्रमुख थापामगरले नागरिकहरुको आफ्नो आर्थिक समृद्धीको […]
‘हाम्रो रामेछाप नगरपालिका’ नामक पुस्तक सार्वजनिक, नगरको वस्तुस्थिति बुझ्न मद्धत पुग्छ– नगर प्रमुख
रामेछाप- रामेछाप नगरपालिकाले नगरको समग्र वस्तुस्थिति समेत झल्कने गरी स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार गरेको छ । रामेछाप नगरपालिकाले यसअघि नगर प्रोफाइल तयार गर्दा लिएको तथ्यांकलाई मुख्य आधार बनाएर समग्र नगरपालिकाको वस्तुस्थिति झल्कने गरी कक्षा १ देखि कक्षा ८ सम्म अध्ययपन गराउने गरी ‘हाम्रो रामेछाप नगरपालिका’ नामक पाठ्यपुस्तक तयार गरेको हो । विहिबार पुस्तक सार्वजनिक […]
जुनारमा लाग्ने किरा नियन्त्रणको लागि जुनार किसानलाई प्रोटिन वेट नामक विषादी विरतण
रामेछाप– जुनारमा लाग्ने औँसा किरा नियान्त्रणको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रामेछापले जुनार किसानलाई प्रोटिन वेट नामक विषादी वितरण गरेको छ । परियोजनाले जुनार जोन संचालन गरेको रामेछाप र मन्थली नगरपालिकाका जुनार किसानलाई वितरण गर्ने गरी जुनार जोनमा सूचीकृत भएका २७ ओटा संस्थालाई ५ सय ५५ लिटर प्रोटिन वेट नामक विषादी वितरण […]












