समाचार

७७०समाचार

पृष्ठ ५२

  1. रगत अभाव हुन थालेपछि उच्च स्वास्थ्य सुरक्षाका साथ रक्तदान कार्यक्रम

    रामेछाप – कोरोना महामारीको बेला रगत अभाव हुन थालेपछि रामेछाप जेसिजले नेपाल रेडक्रस साेसाइटी रामेछापकाे प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे छ । देशभर रगत अभाव भएर कतिपय मानिसले ज्यान गुमाउनु पर्ने स्थिति सिर्जना हुदै गएकाले उच्च स्वास्थ्य सुरक्षाका साथ मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । देशभर भेरियन्ट सहितकाे काेराेना भाइरस संक्रमण न्युनिकरणका लागि […]

  2. रामेछापमा कोरोना संक्रमितको नयाँ रेकर्डः एकै दिन १ सय ८० जनामा संक्रमण

    रामेछाप– रामेछाप जिल्लामा एकै दिन १ सय ८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यस अघि विभिन्न समयमा पीसीआर परिक्षणको लागि स्वाब संकलन गरी गरीक्षणको लागि परीपठाएका १ सय ५५ जनामा र एन्टिजेन परिक्षणको क्रममा २५ जना गरी अहिले सम्मकै ठूलो संख्यामा १ सय ८० जना नयाँ संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा मन्थली […]

  3. रामेछापका ८ स्थानीय तहलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री सहयोग

    रामेछाप– नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले रामेछाप जिल्लाका ८ स्थानीय तहलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ । मञ्चले दुई नगरपालिका र ६ गाउँपालिकालाई पीपिई सेट ५–५ थान, स्यानिटाइजर १५–१५ लिटर, सर्जिकल माक्स २–२ हजार पिस लगायतका व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेको हो । दोस्रो चरणमा फैलिइ रहेको कोरोना भाइरसलाई न्यूनिकरण गर्न र […]

  4. चिसापानीका कोरोना संक्रमितलाई घरमै औषधि

    रामेछाप– नेपाली काँग्रेस चिसापानी–काठमाण्डौ सम्पर्क समितिले मन्थली नगरपालिका वडा नं ८ चिसापानीमा कोरोना संक्रमित भएका व्यक्तिहरुको स्वास्थ्य अवस्था बुझ्न मेडिकल औषधि र आयुर्वेदिक औषधि लिएर घर–घरमै भेट्न पुगेको छ । बस्ती स्तरमै कोरोना फैलिएपछि संक्रमितहरुको स्वास्थ्य अवस्था बुझ्दै उनिहरुलाई आवश्यक पर्ने मेडिकल औषधि र आयुर्वेदिक औषधि लिएर समितिका प्रतिनिधि सहित संक्रमितको घरमै पुगेका हुन् । […]

  5. रामेछाप उद्योग वाणिज्य संघले पनि निर्माण गर्ने भयो अक्सिजन सहितको आइसोलेशन बेड

    रामेछाप– रामेछाप उद्योग वाणिज्य संघले अक्सिजन सहितको आइसोलेशन बनाउने भएको छ । संघको सोमबार बसेको कार्यसमितिको बैठकले नेपालमा तिव्र रुपमा फैलिइ रहेको कोरोना भाइसबाट जिल्लाका व्यवसयीहरु पनि संक्रमित हुन सक्ने भएकाले उनिहरुका लागि अक्सिजन सहितको ६ बेडको आइसोलेशन बेड बनाउने निर्णय गरेको हो । दोस्रो चरणमा फैलिइरहेको कोरोना भाइरस नियन्त्रणको लागि सरकारले निषेधाज्ञ लगाएको भएपनि […]

  6. गाउँपालिका उपाध्यक्ष सहित गुम्देलका ५९ जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन

    रामेछाप– रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका स्थानीय जनप्रतिनिधि सहित ६ जनामा कोरोना पुष्टि भएपछि उनिहरुको सम्पर्कमा आएका र कोरोनाको लक्ष्यणसँग मिल्दोजुल्दो लक्ष्यण भएकाहरुको कोरोना परीक्षणको लागि ५९ जनाको स्वाब संकलन गरिएको छ । उमाकुण्ड गाउँपालिका उपाध्यक्ष उर्मिला कार्कीको नेतृत्वमा गाउँपालिकाबाट गएको स्वास्थ्यकर्मीहरुको टोलीले उपाध्यक्ष कार्की सहित ५९ जना स्थानीयको पिसिआर परीक्षणको लागि आइतबार […]

  7. आफूसँग भएका अक्सिजन सिलिण्डर विरामी उपचारको लागि गाउँपालिकालाई हस्तान्त्ररण

    रामेछाप– नेपाली काँग्रेस रामेछापका नेता एवं गोकुलगंगा–४ बेतालीका स्थानीय नानीबाबु बस्नेतले आफूसँग भएका अक्सिजन सिलिण्डर कोरोना संक्रमित विरामीका लागि उपचारमा प्रयोग गर्न गाउँपालिकालाई दिएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका आमन्त्रित सदस्य समेत रहेका बस्नेतले आफ्नो विभिन्न उद्योगहरुमा प्रयोगमा रहेका १४ ओटा खाली अक्सिजन सिलिण्डर कोरोना.महामारी भर प्रयोग गरेर फिर्ता गर्ने गरी कोरोना संक्रमितको उपचारमा […]

  8. नेपाली काँग्रेस चिसापानी–काठमाण्डौ सम्पर्क समितिद्वारा दुई स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री

    रामेछाप– नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं ८ चिसापानी–काठमाण्डौ सम्पर्क समितिले मन्थली नगरपालिका वडा नं ८ मा रहेका दुई स्वास्थ्य स्वास्थाहरुलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री र औषधि उपलब्ध गराएको छ । सम्पर्क समितिले ५१ हजार ७ सय रुपैयाँ बराबरको स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री र विरामीले प्रयोग औषधि निःशुल्क उपलब्ध गराएको हो । नेपाल […]

  9. रामेछापमा कोरोनाको नयाँ रेकर्डः एकै दिन ८१ जनामा पोजेटिभ

    रामेछाप– रामेछाप जिल्लामा एकै दिन ८१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यस अघि विभिन्न ठाउँबाट स्वाब संकलन गरी गरीक्षणको लागि परीपठाएका २ सय ७ जना भध्ये मंगलबार अहिले सम्मकै ठूलो संख्यामा ८१ जना नयाँ संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वाब लिएका मध्ये ५० जना, जिल्ला अस्पतालबाट स्वाब लिएका […]

  10. रामेछाप नगरपालिकामा एम्बुलेन्सको विकल्पमा उपप्रमुखको गाडी

    रामेछाप– पछिल्लो समय विभिन्न जनप्रतिनिधि तथा नगरपालिकाले प्रयोग गर्दै आएका सवारीसाधनलाई एम्बुलेन्सको विकल्पका रुपमा प्रयोग गर्न थालिएको छ । यसै क्रममा रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको उपप्रमुखले प्रयोग गर्दै आइरहेको गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेकी छिन् । नेपालमा तिब्र रुपमा फैलिइ रहेको कोरोना भाइरस रामेछाप नगरपालिकामा पनि फैलादो अवस्थामा रहेको र त्यसबाट आउने असहज परिस्थितिलाई समधान […]

  11. लिखु हाइड्रोमा काम गर्ने दुई जनामा कोरोना पुष्टि, रामेछापमा सक्रिय संक्रमित २७

    रामेछाप- रामेछापमा थप दुई जनामा कोरोना भाइरस पुष्टि भएको छ । कोरोना भाइरस पुष्टि हुने दुई जना लिखु–४ हाइड्रोपावरमा कार्यरत कामदार हुन् । उनिहरु लिखुतामाकोशी गाउँपालिकाकै स्थानीय भएको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ । बुधबार ६५ जनाको स्वाब संकलन गरी सिन्धुली कोभिड–१९ अस्पतालमा पठाइएका मध्ये दुई जनामा मात्रै कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका […]

  12. रामेछापका थप १४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २६ पुग्यो

    रामेछाप- रामेछापमा गएको २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार रामेछापको विभिन्न ठाउँबाट संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेल पठाएको २२ जना मध्ये बुधबार १४ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ । कोरोना भाइरस पुष्टि हुनेमा तामाकोशी अस्पतालमा उपचाररत ८ जना विरामी, जिल्ला अस्पातल रामेछापमा […]