नेपाली काँग्रेस चिसापानी–काठमाण्डौ सम्पर्क समितिद्वारा दुई स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री
रामेछाप– नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं ८ चिसापानी–काठमाण्डौ सम्पर्क समितिले मन्थली नगरपालिका वडा नं ८ मा रहेका दुई स्वास्थ्य स्वास्थाहरुलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री र औषधि उपलब्ध गराएको छ । सम्पर्क समितिले ५१ हजार ७ सय रुपैयाँ बराबरको स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री र विरामीले प्रयोग औषधि निःशुल्क उपलब्ध गराएको हो । नेपाल […]

रामेछाप– नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं ८ चिसापानी–काठमाण्डौ सम्पर्क समितिले मन्थली नगरपालिका वडा नं ८ मा रहेका दुई स्वास्थ्य स्वास्थाहरुलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री र औषधि उपलब्ध गराएको छ । सम्पर्क समितिले ५१ हजार ७ सय रुपैयाँ बराबरको स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री र विरामीले प्रयोग औषधि निःशुल्क उपलब्ध गराएको हो ।

नेपाल लगायत विश्वभरी महामारीको रुपमा फैलिइ रहेको कोरोना भाइरस मन्थली नगरपालिकाको वडा नं ८ चिसापानीमा समेत तिब्र रुपमा फैलिइ रहेको अवस्थालाई मध्यनजर गर्दै चिसापानीमा रहेको वडा स्वास्थ्य चौकी र चिसापानी आयुर्वेदमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री र ती दुई स्वास्थ्य संस्थामा उपचारको लागि आउने विरामीले प्रयोग गर्ने औषधि सहितको सामग्री आइतबार वितरण गरिएको नेपाली काँग्रेस चिसापानीले बताएको छ । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं ८ चिसापानी–काठमाण्डौ सम्पर्क समितिको पहलमा कोरोना भाइरससँग जुध्दै उपचारमा सक्रिय स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री देखि कोरोनाका विरामीलाई प्रयोग गरिने औषधि सहितको सामग्री वितरण गरिएको नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं ८ चिसापानीका इकाई सभापति ओम पुरीले बताए ।

समितिले वितरण गरेको सामग्रीले तत्कालिन आवश्यकतालाई समधान गर्ने विश्वास आफूहरुले लिएको नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं ८ चिसापानी–काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष मनोज श्रेष्ठले बताए । कोरोना नियन्त्रणको लागि सबै एक जुट हुनु पर्ने बताउँदै अध्यक्ष श्रेष्ठले आगामी दिनमा सहयोग गर्नु परेमा समितिले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तो छ समितिले सहयोग गरेको सामग्री




