समाचार

७७०समाचार

पृष्ठ ४

  1. लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

    रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार राति सार्वजनिक गरेको नतिजाअनुसार विद्यालयबाट परीक्षामा सहभागी सबै २० जना विद्यार्थी सतप्रतिशत ग्रेडेड भएका हुन् । विद्यालयका प्रिन्सिपल रमेश फुयालका अनुसार सहभागी विद्यार्थीमध्ये ५ जना अर्थात् २५ प्रतिशतले […]

  2. उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

    रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ वार्षिक साधारणसभा तथा ९औँ जिल्ला अधिवेशन नजिकिँदै गर्दा पूर्वअध्यक्षहरूले संयुक्त अपिल जारी गर्दै व्यवसायीहरूलाई एकताबद्ध भई प्रकाश कुमार श्रेष्ठको पक्षमा मतदान गर्न अनुरोध गरेका हुन् । संघका पूर्वअध्यक्षहरू लोकबहादुर श्रेष्ठ, नारायणदास श्रेष्ठ, पशुपतिबहादुर खड्का, श्याम […]

  3. रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

    रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले आफ्नो सेवा क्षेत्रमा सक्रिय रहेका समूहका सदस्यहरूलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरेको हो । शाखा प्रमुख लक्ष्मण शाहका अनुसार लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ५, वडा नम्बर ६ तथा मन्थली नगरपालिका वडा नम्बर १४ मा गरी […]

  4. निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

    रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु गएको छ भने ८ जना घाइते भएका छन् । मतपत्र, निर्वाचन सामाग्री र निर्वाचन कर्मचारी बोकेको ना ७ ख ६७६८ नम्बरको मिनीट्रक दुर्घटनामा परी मतदान अधिकृत डोर प्रसाद घिमिरे र प्रहरी सहायक निरीक्षक परशुराम […]

  5. संजय बुढाथोकीको संयोजकत्वमा ८ सय १ जनाको समिति

    रामेछाप- नेपाली काँग्रेस  रामेछापले पार्टीका उम्मेदवार रामचन्द्र खड्कालाई विजयी गराउन गठन गरेको बिशेष युवा परिचालन समितिले जिल्लाका ६४ ओटै वडाका युवालाई समेट्दै समिति बिस्तार गरेको छ । काँग्रेसका युवा नेता  संजय बुढाथोकीको संयोजकत्वमा गठित समितिले जिल्लाका सबै  वडालाई समेटेर ८ सय १ सदस्यीय युवा परिचालन समिति गठन गरेको समितिका संयोजक बुढाथेकीले बताए । बुढाथोकीका अनुसार […]

  6. बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी

    भक्तपुर– भक्तपुरको सुर्यविनायकमा नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजना तथा आशा फर चिल्ड्रेन फाउन्डेशनको सह–आयोजनामा फागुन २ र ३ गते दुई दिनसम्म सम्पन्न “प्रथम बागमती प्रदेशस्तरीय पुरुष तथा महिला तौल समूह फुलकन्ट्याक्ट (क्योकुशिन–सेईसिन) कराँते प्रतियोगिता–२०८२” सम्पन्न भएको छ । प्रतियोगितामा बागमती प्रदेशका १५ विद्यालयका कुल २२८ खेलाडीले २५, ३०, ३५, ४०, ४५ र ५० केजी […]

  7. मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्च र शववाहन खर्च दिने

    रामेछाप- रामेछापको लिखुतामाकोशी गाउँपालिकाले गत सोमबार तामाकोशी नदीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई काजकिरिया र शववाहन खर्च उपलब्ध गराउने भएको छ । शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले मृतकको जातीय संस्कार अनुसार काजकिरिया गर्न लाग्ने खर्च र शव ओसारपसार गर्दा लागेको खर्च पालिकाले व्यहोर्ने निर्णय गरेको हो । सोमबार बिहान मन्थली नगरपालिका वडा […]

  8. लिखुतामाकोशीको आफ्नै स्रोतमा बन्ने भयो धोबीमा गुम्बा, धार्मिक पर्यटनमा सहयोग पुग्ने अपेक्षा

    रामेछाप- रामेछापको लिखुतामाकोशी गाउँपालिकाको धोबी डाँडामा ध्यानलय अर्थात् गुम्बा बन्ने भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको धोबी डाँडामा गाउँपालिकाको आफ्नै स्रोतमा सुविधासम्पन्न गुम्बा बन्ने भएको हो । बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको लिखुतामाकोशी गाउँपालिकाको अन्य कुनै पनि ठाउँमा बौद्ध धर्मसँग सम्बन्धित पाठपूजा, धार्मिक संस्कार लगायतका कार्यक्रमहरू गर्न समेत आवश्यकता अनुसारको गुम्बा नभएको बेला गाउँपालिकाको आफ्नै […]

  9. युथ काँग्रेस नेपाल रामेछापको जिल्ला संयोजकमा विवेक घिमिरे

    रामेछाप– युथ काँग्रेस नेपालले रामेछाप जिल्लाको जिल्ला संयोजक विवेक घिमिरेलाई मनोनयन गरेको छ । युथ काँग्रेस नेपालको जिल्ला संयोजक चयन उप–समिति तथा संगठन विभागको निर्णयअनुसार घिमिरेलाई बागमती प्रदेशअन्तर्गत रामेछाप जिल्लाको जिल्ला संयोजकका रूपमा मनोनीत गरिएको हो । युथ काँग्रेस नेपालका सभापति यजस्वी राईद्वारा हस्ताक्षरित मनोनयन पत्रमार्फत घिमिरेलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो । पत्रमा घिमिरेको […]

  10. प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रामेछापमा सेना परिचालन

    रामेछाप- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न रामेछाप आजदेखि नेपाली सेना परिचालन भएको छ । एकीकृत सुरक्षा योजना– २०८२ अनुरूप बुधबार बिहानदेखि ४ सय बढी नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समिति रामेछापका अध्यक्ष श्याम कृष्ण थापाले बताए । निर्वाचनको मिति […]

  11. उज्यालो नेपाल पार्टीको केन्द्रीय युवा तथा विद्यार्थी विभाग संयोजकमा मैनाली मनोनित

    काठमाण्डौं- उज्यालो नेपाल पार्टीले केन्द्रीय युवा तथा विद्यार्थी विभागको संयोजकमा राज मैनालीलाई मनोनयन गरेको छ । पार्टीको विधान २०७६ (संशोधित) अनुसार अध्यक्ष कुलमान घिसिङको निर्णयअनुसार मैनालीलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो पार्टीले मैनालीको सामाजिक क्षेत्रमा देखिएको सक्रियता, संगठनात्मक अनुभव, योग्यता र इमान्दारितालाई आधार मानेर केन्द्रीय तहको जिम्मेवारी सुम्पिएको जनाएको छ । उज्यालो नेपाल पार्टीले उनको […]

  12. सहिदहरूको सम्झनामा रामेछापमा दिप प्रज्वलन

    रामेछाप– देशका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सहिदहरूको स्मरण गर्दै रामेछाप जेसिजले दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ । शुक्रबार साँझ मन्थलीको देवकोटा चोकमा आयोजित कार्यक्रममा विभिन्न कालखण्डमा सहिद भएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन गरिएको हो । कार्यक्रममा रामेछाप जेसिजका पदाधिकारी तथा सदस्यहरू, जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेल सहित विभिन्न […]