समाचार

७७०समाचार

पृष्ठ ५

  1. रामेछापको विकासमा काँग्रेसको ऐतिहासिक योगदान छ- उपसभापति शर्मा

    काठमाण्डौँ- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले रामेछाप जिल्लाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रमा भएको विकासमा नेपाली कांग्रेसको ऐतिहासिक भूमिका रहेको बताएका छन् । नेपाली कांग्रेस रामेछापका भातृ तथा शुभेच्छुक संस्थाहरूले बिहीबार काठमाण्डौँमा आयोजना गरेको बृहत् चुनावी भेला तथा चियापान कार्यक्रममा बोल्दै उपसभापति शर्माले पञ्चायतकालमा केन्द्रसँग नजोडिएको रामेछाप बहुदल आएपछि कांग्रेसकै नेतृत्वमा सडक, पुल, […]

  2. ‘सत्ताभन्दा निष्ठा ठूलो हो, रामेछापको रूपान्तरणका लागि संसदमा जान लागेको हुँ’- खड्का

    फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस रामेछापबाट उम्मेदवार बनेका रामचन्द्र खड्कासँग हाम्रो प्रहार डटकमका प्रधान सम्पादक रामचन्द्र विकले गरेको कुराकानीको सम्पादित अंश । लामो राजनीतिक जीवनपछि तपाईं २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्नु भएको छ । आफ्नो जीवन यात्रा र राजनीतिमा प्रवेशको पृष्ठभूमि बताइदिनुस् ।मेरो जन्म […]

  3. बाल माविको स्वर्ण जयन्ती सम्पन्न, शिक्षाको विकासमा सबैको ऐक्यबद्धता

    रामेछाप- सुनापति गाउँपालिका वडा नं. ५ मा रहेको बाल माध्यमिक विद्यालयले स्थापनाको ५०औँ वर्ष पूरा गरेको अवसरमा स्वर्ण जयन्ती समारोह सम्पन्न गरेको छ । विद्यालयको पाँच दशक लामो शैक्षिक यात्रालाई उत्सवका रूपमा मनाउँदै शिक्षा क्षेत्रको उपलब्धि, चुनौती र भावी लक्ष्यबारे छलफलसहित कार्यक्रम सम्पन्न गरिएको हो । सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङको प्रमुख आतिथ्यतामा तथा गाउँपालिका […]

  4. रामेछापको सुकाजोरमा सेवा प्रवाह, विकास निर्माण र बजेट कार्यान्वयनबारे हाकाहाकी प्रश्नोत्तर

    रामेछाप- रामेछाप नगरपालिका वडा नं. ७ सुकाजोरले चालु आर्थिक वर्षमा हालसम्म वडाबाट प्रवाह भएका सेवा, विकास निर्माण र समसामयिक विषयमा हाकाहाकी प्रश्नोत्तर सहित सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय नागरिक, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागितामा सम्पन्न कार्यक्रममा सेवाग्राहीहरूले विभिन्न प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए । सार्वजनिक सुनुवाइमा वडा सचिव भागवत श्रेष्ठले […]

  5. लिट्टिल स्टारमा सरस्वती पूजा : निशुल्क भर्नादेखि भेषभूषा प्रदर्शन सम्मका कार्यक्रम

    रामेछाप- मन्थलीस्थित लिट्टिल स्टार अंग्रेजी स्कुलले स्थापना भएको ३० वर्ष पूरा गरेको अवसरमा विभिन्न शैक्षिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रम आयोजना गरी आफ्नो स्थापना दिवस भव्य रूपमा मनाएको छ । वि.सं. २०५२ साल बसन्तपञ्चमी अर्थात् सरस्वती पूजाको दिन स्थापना भएको विद्यालयले सोही ऐतिहासिक दिनको स्मरण गर्दै माघ ९ गते बसन्तपञ्चमीकै अवसर पारेर ३०औँ स्थापना दिवस तथा […]

  6. रामेछाप जेसीज वर्ष २०२६ का पदाधिकारीले ग्रहण गरे पदभार

    रामेछाप– रामेछाप जेसीज वर्ष २०२६ का पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । सोमबार सम्पन्न आठौँ पदस्थापन तथा पुरस्कार वितरण समारोहमा वर्ष २०२६ का लागि निर्वाचित अध्यक्ष कुमार श्रेष्ठ लगायतका पदाधिकारीले पदभार ग्रहण गरेका हुन् । गएको पौष महिनामा भएको रामेछाप जेसीजको ११औँ साधारणसभाबाट वर्ष २०२६ का लागि निर्वाचित अध्यक्ष कुमार श्रेष्ठलाई रामेछाप जेसीज वर्ष २०२५ […]

  7. प्रतिनिधि सभा सदस्य निर्वाचन : रामेछापमा ७ दलले टुंग्याए उम्मेदवार, मङ्गलवार उम्मेदवारी दर्ता हुने

    रामेछाप– फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ एक निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा प्राय सबै जसो पार्टीहरूले आफ्नो उम्मेदवार टुंग्याएका छन् । उम्मेदवारी दर्ताको अघिल्लो रात अर्थात् सोमबार राती सम्ममा पुरानादेखि नयाँ दल सम्मले आ–आफ्नो पार्टीको उम्मेदवार टुंगो लगाएका हुन् । नेपाली काँग्रेसले रामचन्द्र खड्कालाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले माधव प्रसाद […]

  8. प्रतिनिधि सभा निर्वाचन : नेपाली काँग्रेस रामेछापबाट रामचन्द्र खड्कालाई टिकट

    रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि रामेछाप जिल्लाबाट नेपाली काँग्रेसले रामचन्द्र खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय निर्णयअनुसार खड्काले प्रतिनिधि सभा सदस्य पदका लागि टिकट पाएका हुन् । टिकट पाएको विषयमा हाम्रो प्रहार डटकमको प्रश्नमा प्रतिक्रिया दिँदै खड्काले आफूलाई नेपाली काँग्रेसले आधिकारिक उम्मेदवारको रूपमा चयन गरेको […]

  9. अझै टुगिंएन रामेछाप काँग्रेसको उम्मेदवार, पाँच जनाको नाम छलफलमा

    रामेछाप– फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्न एक दिन बाँकी हुँदा समेत नेपाली काँग्रेस रामेछापको उम्मेदवारको टुंगो लागेको छैन । त्यसो त संसदीय बोर्ड मार्फत टिकट वितरणको काम गरिरहेको नेपाली काँग्रेसले हाल सम्म देशैभरका कुनै पनि निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्ग्याएको छैन । विशेष महाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व फेरिएसँगै आन्तरिक […]

  10. आधा उम्मेदवार देउवाको, आधा गगनको हस्ताक्षरमा टुङ्ग्याऔँ : मीन विश्वकर्मा

    रामेछाप– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउन र आसन्न निर्वाचनमा जित सुनिश्चित गर्न सहमतिको नयाँ सूत्र अघि सारेका छन् । सभापति शेरबहादुर देउवा निकट मानिने निवर्तमान केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख विश्वकर्माले पार्टीको आन्तरिक कलहका कारण लोकतन्त्र नै संकटमा पर्न लागेको भन्दै फेसबुका मार्फत नेतृत्वलाई एकजुट हुन आह्वान गरेका हुन् । […]

  11. एमाले रामेछापको उम्मेद्वारमा ढुंगेल, फेसबुकमा प्रतिक्रिया: ‘मतको इज्जत राख्छु’

    रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले)ले रामेछापबाट माधवप्रसाद ढुङ्गेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले ढुङ्गेललाई प्रतिनिधिसभा सदस्यका लागि आधिकारिक उम्मेदवार तोकेको हो । ढुङ्गेल नेकपा एमालेका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्जसमेत हुन् । जिल्ला कमिटी र बागमती प्रदेश कमिटीले सिफारिस गरेका आठ […]

  12. बाल माविको ५० वर्षे यात्रा : माघ १० गते स्वर्णजयन्ती मनाउने

    रामेछाप– सुनापति गाउँपालिका वडा नं. ५ भिरकोटमा अवस्थित बाल माध्यमिक विद्यालयले आफ्नो स्थापना कालको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्णजयन्ती समारोह आयोजना गर्ने भएको छ । विद्यालयले आधा शताब्दी लामो शैक्षिक यात्रालाई स्मरणीय बनाउँदै माघ १० गते शनिवार सामाजिक, शैक्षिक र सांस्कृतिक गतिविधिसहित स्वर्णजयन्ती मनाउन लागेको विद्यालयका प्रधानाध्यापक चक्रबहादुर मानन्धरले जनाकारी दिए । स्थापना कालदेखि […]