समाचार

७७०समाचार

पृष्ठ ६

  1. राप्रपा र राप्रपा नेपालको एकतापछि रामेछापको अध्यक्षमा भरतसिं वाइबा निर्वाचित

    रामेछाप– राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापको अध्यक्षमा पुनः भरतसिं वाइबा निर्वाचित भएका छन् । रामेछापको सदरमुकाम मन्थलीमा मंगलबार सम्पन्न राप्रपा रामेछापको जिल्ला अधिवेशनबाट अध्यक्षमा वाइबा निर्वाचित भएका हुन् । जिल्ला अधिवेशनको उद्घाटन राप्रपाका केन्द्रीय नेता एंव पूर्व मन्त्री आङछिरिङ लामाले गरेका थिए । वाइबाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको राप्रपा रामेछापका नेता शिवजी घिमिरेले जानकारी […]

  2. आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ

    रामेछाप- मन्थली नगरपालिकका नगर प्रमुख लव श्रेष्ठले स्थानीय नागरिकको आम्दानी वृद्धि, कृषि पर्यटनको प्रवद्र्धन तथा स्थानीयस्तरमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले कृषि मेला आयोजना गरिएको बताएका छन् । मन्थली नगरपालिका क्षेत्रभित्र उत्पादित तथा प्रशोधित कृषि, पशुपन्छी तथा उद्यमजन्य वस्तुहरूको नगरस्तरीय कृषि तथा लघु उद्यम विकास प्रदर्शनी मेला २०८२ को शनिबार उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख श्रेष्ठले […]

  3. ‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल

    रामेछाप- बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले किसानले उत्पादन गरेरै सम्मानजनक जीवन निर्वाह गर्न सक्ने आधार निर्माण गर्नु प्रदेश सरकारको प्राथमिकता रहेको बताएका छन् । मन्थली नगरपालिका क्षेत्रभित्र उत्पादित तथा प्रशोधित कृषि, पशुपन्छी तथा उद्यमजन्य वस्तुहरूको नगरस्तरीय कृषि तथा लघु उद्यम विकास प्रदर्शनी मेला २०८२ को उद्घाटन कार्यक्रममा बोल्दै उनले कृषि […]

  4. किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण

    काठमाण्डौँ- बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था किवानिज क्लब अफ समर्पण नेपालले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ चोकटीमा रहेको नन्दलादेवी आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा (ट्र्याकसुट, टोपी तथा खाजा) वितरण गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा बालबालिकाको पोषण, स्वास्थ्य र शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरिएको हो । किवानिज डिभिजन ३ […]

  5. सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङको दाबी- ‘गफ कम, काम धेरै’

    रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले जनप्रतिनिधिहरूले चुनावका बेला गरेका वाचाहरू भाषणमा मात्र सीमित नराखी काममै उतारेर देखाएको बताएका छन् । बिहीबार सुनापति गाउँपालिकाको वडा नं ५ खनियापानीमा आयोजित चालू आर्थिक वर्षको पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिकले उठाएका प्रश्न, गुनासा र जिज्ञासाको उत्तर दिँदै उनले यस्तो बताएका हुन् । सार्वजनिक सुनुवाइमा नागरिकहरूले […]

  6. मन्थली क्याम्पसमा ‘समुदायमा सरकारी वकिल’ कार्यक्रम सम्पन्न

    रामेछाप- रामेछापको सदरमुकाम मन्थलीस्थित सहिद स्मृति बहुमुखी क्याम्पसमा ‘समुदायमा सरकारी वकिल’ कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रामेछापको आयोजनामा बुधबार उक्त सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । समुदायमा सरकारी वकिल अभियान अन्तर्गत विद्यार्थीहरूलाई सरकारी वकिल कार्यालयको काम, कर्तव्य र क्षेत्राधिकारका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यालयले जनाएको छ । कार्यक्रममा […]

  7. मातृशोकबाट जन्मिएको सेवा भाव: ६९० विद्यार्थीलाई घेसे विमान सिंहको न्यानो कपडा उपहार

    रामेछाप– मानिसको जीवनमा एउटा यस्तो मोड आउँछ, जसले उसको बाँच्ने उद्देश्य नै बदलिदिन्छ । रामेछापको सुनापति गाउँपालिका–४ भ्वाँसाका घेसे विमान सिंह तामाङको जीवनमा १३ वर्षअघि यस्तै एउटा मर्माहत क्षण आयो । सामान्य उपचारको अभावमा आफ्नी ममतामयी आमा माइली डोल्मो तामाङलाई गुमाउनुपरेको त्यो पीडाले उनलाई यति विक्षिप्त बनायो कि, उनले त्यहीँबाट एउटा संकल्प गरे– “म मेरो […]

  8. गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति

    रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवा गाउँमै पुगेर दिन थालेको छ । गाउँपालिकाले आइतबारदेखि एकीकृत घुम्ती शिविर मार्फत वडा कार्यालयबाट सेवा दिन थालेको हो । गाउँपालिकाबाट प्रवाह हुने एक दर्जन भन्दा बढी सेवा सहित गाउँपालिकाको टिम वडामा पुगेर नागरिकलाई सेवा दिन थालिएको सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले बताए । […]

  9. क्रिसमसडेमा रामेछापका चर्चमा विभिन्न कार्यक्रम

    रामेछाप- रामेछाप जिल्लाका विभिन्न ठाउँमा रहेका चर्चहरूले ख्रीष्टीयन धर्मका प्रवर्तक येशूख्रीष्टकाे जन्म जयन्ती भव्य रूपमा मनाएका छन् । जिल्ला सदरमुकाम मन्थली, भलुवाजाेरकाे कुनाैरी, तिल्पुङकाे हलेदेवेशीमा यशूख्रीष्टकाे प्राथना,प्रवचन सहित साङ्गितिक प्रस्तुति दिएर ख्रीष्टीयन धर्मावलम्बीहरूले क्रिसमस डे मनाएका हुन् । मुख्य आकर्षणकाे रूपमा क्रिसमस ट्रि रहेको थियाे । सहभागीहरूले विभिन्न भेषभुषामा सजिएर नाचगान गरेका थिए । कार्यक्रममा […]

  10. दुई विद्यालयका बालबालिकालाई न्यानो कपडा, विद्यालय ब्याग र शैक्षिक सामग्री सहयोग

    रामेछाप– लायन्स क्लब अफ काठमाण्डौं आधार, किवानिज क्लब अफ समर्पण र लायन्स क्लब अफ काठमाण्डौं हस्पिटालिटीको सहयोगमा रामेछापका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा, विद्यालय ब्याग र शैक्षिक सामग्री वितरण गरिएको छ । मन्थली नगरपालिका वडा नं. ७ को सेतीदेवी आवि ठेडीखोला र दुर्गादेवी आवि भटौलीमा अध्ययनरत विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको हो । सेतीदेवी […]

  11. ‘पुराना पार्टी पाखा लाग्छन्’- मन्त्री कुलमान घिसिङ 

    रामेछाप– उज्यालो नेपालका अभियन्ता एवं नेपाल सरकारका ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले अब पुराना पार्टी आफ्नै कारणले पाखा लाग्ने अवस्था रहेको बताएका छन् । पचहत्तर वर्ष पुरानो भइसकेको काङ्ग्रेस र कम्युनिस्ट पार्टीले देश विकासको कुनै थिति बसाल्न नसकेको कारण अब उनीहरूको कुनै औचित्य नरहेको बताए । भारत र चीनमा २००७ सालकै आसपास राजनीतिक […]

  12. सामुदायिक विद्यालयमा विद्युत महशुल नि:शुल्क गर्न माग

    रामेछाप- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई मन्थलीका सामुदायिक विद्यालयहरूले विद्युत महसुल निःशुल्क गरिदिन माग गरेका छन् । मन्त्री घिसिङ सहभागी एक कार्यक्रममा मन्थली नगरपालिकाभित्रका ६५ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले हस्ताक्षरसहितको मागपत्र बुझाएका हुन् । प्रधानाध्यापकहरूले बुझाएको मागपत्रमा सामुदायिक विद्यालयहरूको सञ्चालन र व्यवस्थापन शीर्षकमा न्यून बजेट विनियोजन हुने गरेको उल्लेख गरिएको छ । शिक्षालाई […]