निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु गएको छ भने ८ जना घाइते भएका छन् । मतपत्र, निर्वाचन सामाग्री र निर्वाचन कर्मचारी बोकेको ना ७ ख ६७६८ नम्बरको मिनीट्रक दुर्घटनामा परी मतदान अधिकृत डोर प्रसाद घिमिरे र प्रहरी सहायक निरीक्षक परशुराम […]

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु गएको छ भने ८ जना घाइते भएका छन् । मतपत्र, निर्वाचन सामाग्री र निर्वाचन कर्मचारी बोकेको ना ७ ख ६७६८ नम्बरको मिनीट्रक दुर्घटनामा परी मतदान अधिकृत डोर प्रसाद घिमिरे र प्रहरी सहायक निरीक्षक परशुराम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । मृतक घिमिरे मन्थली नगरपालिका वडा नं १ स्थायी घर भई हाल रुद्राक्षश्वर माविमा अध्यापनरत निमावि तहका शिक्षक हुन् । त्यस्तै अर्का मृतक यादव सप्तरी जिल्लाको रुबनी गाउँपालिका वडा नं १ का रहेको प्रहरीले जनाएको छ । 

त्यस्तै घाइते हुनेहरूमा भिम बहादुर मानन्धर, सम्बर बहादुर मानन्धर, कृष्णप्रसाद घिमिरे, दुर्गा कार्की, सविना  खड्का, केदार कुमार रोका, पुजादेवी सुनुवार र कमला ढुंगेल रहेका छन् । घाइते मध्ये कमला ढुंगेल बाहेक ७ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौको आर्मी अस्पताल लगिएको छ । 

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीबाट रामेछाप नगरपालिका वडा नम्बर २ मा रहेको सितलदेवी मा.वि. सिरुवारी र वडा नं ३ को वडा कार्यालय भवन साँघुटारमा रहेको मतदान स्थलका लागि मन्थलीबाट सोमबार दिउँसो करिब ४ बजेको समयमा उक्त स्थानमा पुगेको मिनीट्रक ब्याक गर्ने क्रममा मोड नपुगेर सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

समाचार का थप समाचार
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते | नेपाल किरण