समाचार

७७०समाचार

पृष्ठ ३

  1. भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग

    रामेछाप- भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि रामेछापका अगुवा व्यवसायी श्याम थापाले आर्थिक सहयोग गरेका छन् । थापाले सोमबार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख ११ हजार रुपैयाँ रकम जम्मा गरेरे बाढी प्रभावितहरुका लागि सहयोग गरेको हुन् । भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति […]

  2. काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

    रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आइतबार बिहान अन्दाजी ७ बजेको समयमा मन्थली नगरपालिका वडा नं ७ कल्लेरी मानेडाँडा बस्ने ३२ वर्षीय करण बि.क.ले पुरानो रिसइवीका कारण योजना बनाई काठमाडौँबाट मानिसहरू बोलाएर खाँडादेवी गाउँपालिका वडा नं ९ स्कुलडाँडा […]

  3. उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

    रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ तामाङको अध्यक्षतामा ३७ सदस्यीय नगर कमिटी चयन भएको उज्यालो नेपाल पार्टीले बताएको छ । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा चिना तामाङ, महिला उपाध्यक्षमा सरिता माझी, सचिवमा पासाङ लामा र सह–सचिवमा बाबूराम मोक्तान चयन भएका छन् । भेलाले […]

  4. पहिचान, अधिकार र अस्तित्वको आवाजः ३२ औँ विश्व आदिवासी दिवस

    दुर्गा भुजेल“प्राप्त अधिकारको रक्षा आजको आबस्यकता ,पहिचान सहितको समाबेशी र न्यायपुर्ण नेपालमा हाम्रो साझा प्रतिबद्धता” आज ३२औँ विश्व आदिवासी दिवस । विश्वभरका आदिवासी जनजाति समुदायले आफ्नो पहिचान, अधिकार, भाषा, संस्कृति, परम्परा र अस्तित्वको सम्मानका लागि आवाज उठाउने महत्वपूर्ण दिन हो । नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा यो दिवसको महत्व अझ विशेष छ । […]

  5. रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

    रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले मानसिक रोग विशेषज्ञको नियमित सेवा सुरु गरेको हो । अस्पतालमा डिप्रेसन, चिन्ता तथा तनाव, निद्रासम्बन्धी समस्या, प्यानिक अट्याक, ओसीडी, बाइपोलार डिसअर्डर, स्किजोफ्रेनियालगायत मानसिक स्वास्थ्य समस्याको उपचार गरिने गरि उक्त सेवा दिन लागिएको […]

  6. जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

    दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै गएको छ—के हाम्रो समाज र राज्यले नागरिकको पीडा समयमै सुन्ने क्षमता गुमाउँदै त छैन ? यदि यस्ता दुःखद घटनाहरू निरन्तर दोहोरिरहन्छन् भने, त्यसलाई केवल व्यक्तिगत त्रासदीका रूपमा होइन, समाज र राज्यका लागि गम्भीर चेतावनीका रूपमा […]

  7. १३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

    आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा अर्डर लिन, नयाँ पसल खोल्न वा उत्पादनको स्थान बनाउन दिनभर बजार घुम्नुपर्थ्यो । त्यही यात्राले मलाई क्रमशः सेल्स सुपरभाइजर, सेल्स अफिसर, एरिया सेल्स मेनेजर, सिनियर एरिया सेल्स मेनेजर, रिजनल सेल्स मेनेजर हुँदै आज सिनियर सेल्स […]

  8. सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

    रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधि तथा दलित अधिकारको क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरेको छ । साधारणसभाबाट राजकुमार खातीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा देवराज […]

  9. मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

    रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको धार्मिक पूजा–अर्चना तथा प्राण प्रतिष्ठा सम्पन्न भएपछि आयोजित कार्यक्रममा समाजसेवी गुणराज भट्टराई ‘आकाश’, सुरेश सुवेदी र दिनेश सुवेदी सम्मानित भएका । मन्दिर निर्माण तथा धार्मिक गतिविधिमा पुर्‍याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको आयोजकले […]

  10. एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

    रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी भई ग्रेडेट भएका विद्यार्थीलाई नगद पुरस्कार, प्रशंसापत्र तथा शैक्षिक सामग्रीसहित सम्मान गरिएको छ । विद्यालय र रामेछाप जेसीजको संयुक्त आयोजनामा सोमबार विद्यालय परिसरमा आयोजित सम्मान कार्यक्रममा एसइई उत्तीर्ण विद्यार्थीसँगै कक्षा १ देखि ११ सम्म उत्कृष्ट […]

  11. रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

    रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो जिल्ला अधिवेशनबाट रायमाझी सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका हुन् । त्यस्तै समितिको उपसभापतिमा मोहन कार्की, सचिवमा दिल बहादुर थापा (दिनेश), सहसचिवमा टेक बहादुर सुनुवार र कोषाध्यक्षमा समिक्षा श्रेष्ठ निर्वाचित भएका छन् । उनीहरू सबै सर्वसम्मत […]

  12. वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

    रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले मन्थली नगरपालिका–३ ठुलीमदौ क्षेत्रमा विभिन्न जातका बिरुवा रोपेर दिवस मनाइएको हो । नेपाल जेसिजको ‘प्रकृति जगाऔँ अभियान’ अन्तर्गत आयोजित कार्यक्रममा रामेछाप जेसिजका पदाधिकारी, सदस्य तथा स्थानीय युवाहरूको सहभागिता रहेको थियो […]