समाचार
७७०समाचार
पृष्ठ २
बाढीपछि ग्याँस अभाव झेलीरहेका नुवाकोटका ३ सय परिवारलाई ग्याँस सहितका सामाग्री लिएर पुग्दा..
त्यो हृदयविदारक कालो दिन१० भाद्र २०८३, नेपालको इतिहासमा एउटा कहिल्यै भुल्न नसकिने कालो दिनका रूपमा अंकित भएको दिन । नेपाल आमाका हजारौँ सन्ततिले अकल्पनीय प्राकृतिक विपत्तिका कारण ज्यान गुमाएको दिन । सयौँ अबोध तथा निर्दोष बालबालिकाका बाँच्ने महान् उद्देश्य र सुन्दर अभिलाषाहरू क्षणभरमै तहसनहस भएको दिन । सयौँ परिवारले आफ्ना प्रियजन गुमाउँदाको त्यो अकल्पनीय पीडा… […]
काँग्रेसका युवा नेता सुरेश सुवेदीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
रामेछाप- नेपाली काँग्रेस रामेछापका युवा नेता सुरेश सुवेदीले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् । असोज १६ गतेदेखि १९ गते सम्म चल्ने केन्द्रीय महाधिवेशनमा भाग लिने गरी उनले रामेछापबाट खस-आर्य तर्फको कोटाबाट उम्मेदवारी घोषणा गरेका हुन् । विद्यार्थी राजनीतिबाट काँग्रेसको राजनीतिमा आएका सुवेदी २०६३ सालमा नेपाल विद्यार्थी संघको क्षत्रिय सभापति भएपश्चात् उनी राजनीतिमा थप […]
रामेछापका स्थानीय तह हाँक्ने काँग्रेसक सभापति, पदाधिकारी र वडा सभापतिहरु
रामेछाप- नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तरगत बुधवार (असोज ७ गते) सम्पन्न रामेछापका ८ ओटा पालिका मध्ये ७ ओटा पालिकामा नयाँ नेतृत्व सहित कार्यसमिति निर्वाचित भएका छन् । दुई नगरपालिका र ६ गाउँपालिका रहेको रामेछापमा नेपाली काँग्रेस पालिका तहको अधिवेशनले नेतृत्व सहित नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नयाँ नेतृत्व सहित कार्यसमिति निर्वाचित गर्ने पालिकाहरूमा मन्थली […]
खाँडादेवी काँग्रेसको चुनावी प्रक्रिया बिहीबारका लागि सर्यो
रामेछाप- नेपाली काँग्रेस खाँडादेवी गाउँपालिकाको नेतृत्व चयनको लागि बुधवारबाट साँझ सम्म सहमति नजुटेपछि अधिवेशनका बाँकी सबै प्रक्रियाहरू बिहीबारका लागि सरेका छन् । गाउँपालिका सभापति पदमा ६ जनाको उम्मेदवारी परेपछि सहमतिका लागि समय दिइएको तर साँझ सम्म सहमतिका लागि २ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको भए पनि ४ जना उम्मेदवारहरू छोड्न तयार नभएपछि पालिका अधिवेशनका सम्पूर्ण […]
नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्यो
रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत रहेको नेपाल तरुण दल रामेछापले नेपाल तरुण दल केन्द्रीय कार्य समिति मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी ८५ हजार रुपैयाँ सहयोग गरेको हो । नेपाल तरुण दल रामेछापमा आबद्ध भएका तरुण युवा […]
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्याउने भएको छ । नागरिकहरुले गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गर्ने सेवा लिन पालिकाको केन्द्र र सदमुकाम धाउनु पर्ने बाध्यतालाई सहज पार्ने उदेश्यले एकीकृत घुम्ती शिविर मार्फत गाउँमै सेवा पुर्याउने भएको हो । गाउँपालिकाले पालिकाका सबै वडा पुगेर नागरिकता, […]
रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते
रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक घाइते भएका छन् । शुक्रबार राती रामेछापबाट मन्थली तर्फ आउँदै गरेको बागमती प्रदेश ०१ २६ च ४९१३ नम्बरको योद्धा गाडी सडकबाट करिव २ सय ५० मिटर तल खस्दा गाडीमा सवार एक जनाको […]
रामेछाप प्रहरीको अनुरोध : सम्पर्कविहिन भएका परिवारका सदस्यले डिएनए परीक्षणको लागि नमुना दिनु
रामेछाप- जिल्ला प्रहरी कार्यालय रामेछापले रामेछाप स्थायी ठेगाना भई विभिन्न पेशा तथा व्यवसाय गर्दै रसुवा, नुवाकोट र धादिङमा रहेका र भदौ १० गतेको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिका परिवारलाई डिएनए परीक्षणको लागि स्याम्पल दिन अनुरोध गरेको छ । बाढीपछि फेला परेका बेवारिसे शव वा शरीरका विभिन्न अङ्गहरूको सही पहिचान र सनाखत सुनिश्चित गर्ने […]
वृद्ध दम्पतीलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोह पक्राउ, मन्दिर र खसीबोका चोरीमा पनि संलग्नता
रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिकामा घरमै सुतिरहेका वृद्ध दम्पतीलाई हातखुट्टा बाँधेर बन्धक बनाई सुनका गरगहना तथा नगद लुटपाट गर्ने तीन जना मुख्य अभियुक्त र लुटिएको सुन खरिद-बिक्री गर्ने दुई जना सुनचाँदी व्यवसायी गरी पाँच जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले सोमबार पत्रकार सम्मेलन गर्दै भदौ १८ गते राति भएको उक्त लुटपाट, […]
नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित
रामेछाप- नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल प्रेस युनियन रामेछापको शनिबार सम्पन्न ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाति गरेको हो । समितिको उपाध्यक्षमा सागर बोहरा, महिला उपाध्यक्षमा सम्झना नेवा खड्गी, सचिवमा मिलन वि.क., सहसचिवमा टंकनाथ गौतम र कोषाध्यक्षमा राजन महतारा निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा […]
रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक शिक्षक घाइते
रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङल्याङमा यात्रुवहाक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएकी छिन् । बिहिबार दिउँसो काठमाण्डौंबाट रामेछापको रामपुर हिडेको ८७५१ नम्बरको यात्रुबाहक बसको ढोकाबाट खस्दा यात्रु सविता खड्का घाइते भएकी हुन् । रामेछाप नगरपालिकाको वडा नं ९ स्थित भिमेश्वर आविमा अध्ययनरत शिक्षक खड्का घाइते भएपछि तत्काल उद्धार गरेर रामेछाप अस्पताल […]
भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार
रामेछाप- रसुवा जिल्लाको भोटेकोशी नदी तथा तटीय क्षेत्रमा आएको विनासकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि रामेछापको गोकुलगंगा गाउँपालिकाले २२ लाख ६ हजार ५ सय ७० रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाको मिति २०८३ भदौ १४ गते बसेको कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट सो रकम जम्मा […]












