समाचार

७७०समाचार

पृष्ठ ३६

  1. रामेछाप नगरमा राष्ट्रिय बाल दिवसः हाजिरीजवाफमा कालिाका मावि र नृत्यमा गौरीशंकर मावि प्रथम

    रामेछाप– ५८ औँ राष्ट्रिय बाल दिवस रामेछाप नगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ रामेछाप नगरपालिकाले बुधबार रामेछाप बजारमा हाजिरीजवाफ प्रतियोगिता, नृत्य प्रतियोगिता, २०७८ को एसइइमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई सम्मान लागयतका कार्यक्रम गरी मनाएको हो । बाल दिवसको अवरमा आयोजित मावि स्तरीय […]

  2. बालबालिकाको भविष्य सुरक्षित गर्ने मुख्य जिम्मेवारी अभिभावकको हो– नगर प्रमुख न्यौपाने

    रामेछाप- रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले बालबालिकाको भविष्य सुरक्षित गर्ने मुख्य जिम्मेवारी अभिभावकको रहेको बताएका छन् । रामेछाप नगरपालिकाले ५८ औँ राष्ट्रिय बाल दिवसको अवसरमा आयोजना गरेको हाजिरीजवा र नृत्य प्रतियोगिता कार्यक्रममा आफ्नो भनाई राख्दै नगर प्रमुख न्यौपानेले बालबालिकाको भविष्य सुनिश्चित र सुरक्षित गर्ने मुख्य जिम्मेवारी अभिभावकको हुने बताएका हुन् । अहिले पनि अधिकासं […]

  3. नयाँ गोरख गण रामेछापले सफा गर्‍यो रामेछापको शिव मन्दिर

    रामेछाप– नयाँ गोरख गण रामेछापले रामेछापको शिव मन्दिर सरसफाई गरेको छ । शिव मन्दिर व्यवस्थापन समिति र स्थानीयको समेत सहभागितामा नेपाली सेना (नयाँ गोरख गण) ले आइतबार रामेछाप नगरपालिका वडा नं ८ धारापानीमा रहेको शिव मन्दिर र मन्दिर आसपासको क्षेत्र सरसफाई गरेको हो । विजय दशमीको फुलपाति शिव मन्दिरबाट ग्रहण गरी युनिटमा भित्र्याउने परम्परा रहेको […]

  4. लिखुतामाकोशी गाउँपालिकाका अध्यक्षलाई प्रश्नः सय दिन कसरी बित्यो ?

    बैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित भएर जेठ ६ गते कार्यभार सम्हालेका  जनप्रतिनिधिको सय दिन पूरा भएको छ । सय दिनलाई ‘हनिमुन पिरियड’ पनि भन्ने गर्छन् । यो सय दिनको ‘हनिमुन पिरियड’ मा स्थानीय जनप्रतिनिधि आफूले मात्रै हनिमुन मनाएकी जनताको काम पनि सुरु गरेत ? हामीले सय दिनको सेरोफेरोमा रहेर रामेछापको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव […]

  5. प्रतिनिधि सभाका लागि रामेछाप काँग्रेसबाट सभापति कान्छाराम सहित पाँच जनाको नाम सिफारिस

    रामेछाप– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रामेछापबाट नेपाली कांग्रेसका पार्टी सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) सहित पाँच जनाको नाम सिफारिस भएको छ । शनिबार बसेको जिल्ला कार्यसमितिको बैठकले सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम), पुर्व पार्टी सभापति रामचन्द्र खड्का, निवर्तमान पार्टी सचिव एक बहादुर बस्नेत (विष्णु), निवर्तमान कोषाध्यक्ष कुमार श्रेष्ठ र पार्टी प्रवक्ता नारायण बहादुर बोगटीको नाम […]

  6. मंसिर ४ सबै दललाई कठिनः एमालेलाई जित्न, गठबन्धनलाई निर्वाचन क्षेत्र आफ्नो पक्षमा पार्न

    रामेछाप– सरकारले मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन घोषणा गरैसँगै मंसिर ४ को निर्वाचनमा आफ्नो पक्षमा परिणाम पार्नको लागि दलहरू विभिन्न रणनीति बनाउन थालेका छन् । २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर संसदको पहिलो ठूलो दल बनेको नेकपा एमाले २०७९ मंसिर ४ को निर्वाचनमा पनि २०७४ को विरासतलाई जोगाउन विभिन्न योजना सहित […]

  7. भारत प्रवासमा तीज कार्यक्रम

    रामेछाप– नेपालीहरुको माहन चाड हरितालिका तीजको अवसरमा भारत प्रवासमा रहेका नेपाली समुदायले पनि एक आपसमा शुभकामना आदन प्रदान गरी खुसियालीका साथ तिज पर्व मनाएका छन् । नेपाली सँस्कृतिलाई जीवन्त राख्न तीज पर्व मनाएको उनिहरुको भनाई छ । भारतको राजस्थान राज्य स्थित भिवाडी नगरमा तीज विशेष कार्यक्रमको आयोजना गरिएको थियो । राष्ट्रिय जनमोर्चाको संगठन मुल प्रवाह […]

  8. नेपाली काँग्रेस रामेछाप र केएमसी अस्पतालबीच सहमतिः रामेछापका विरामीलाई २५ प्रतिशत छुट

    रामेछाप– केएमसी (काठमाण्डौ मेडिकल कलेज) अस्पताल काठमाण्डौमा रामेछापका विरामीले उपचार गराउँदा लाग्ने खर्चको बढीमा २५ प्रतिशत सम्म छुट पाउने भएका छन् । नेपाली काँग्रेस रामेछापको पहलमा जिल्लाका विरामीहरुले केएमसीमा उपचार गराउँदा बढीमा २५ प्रतिशत छुटको व्यवस्था मिलाइएको हो । नेपाली काँग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) र काठमाण्डौ मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा. सुनिल […]

  9. प्रिति गाउँपञ्चायतबाट जागिर सुरु गरेका थापा ३४ वर्ष पछि गोकुलगंगाको प्रमुख प्रशासकीय अधिकृत

    रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा होम बहादुर थापा आएका छन् । थापाले सोमवार देखि गोकुलगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएका हुन् । यस अघि थापा रामेछाप नगरपालिकाको योजना, अनुगमन तथा प्रशासन शाखाको प्रमुख थिए । प्रमुख प्रशासकीय अधिकृत भएर सोमबार देखि आफ्नो जिम्मेवारी सम्हालेका थापालाई मंगलवार गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश), […]

  10. नेपाली काँग्रेस मन्थली नगरपालिका–२ काठमाडौं सम्पर्क समिति गठन

    काठमाण्डौँ– मन्थली नगरपालिका वडा नं. २ घर भइ हाल विभिन्न पेशामा आवद्ध रहि काठमाडौंमा बसोबास गर्ने काँग्रेसमा आस्था राख्नेहरुको सम्बन्धलाई नजिक बनाउनको लागि रामकुमार बस्नेतको अध्यक्षता २३ सदस्यीय नेपाली काँग्रेस मन्थली नगरपालिका–२ काठमाडौ सम्पर्क समिति गठन भएको छ । सम्पर्क समितिको उपाध्यक्षमा दुर्गा भुजेल र सन्तोष श्रेष्ठ चयन भएका छन् । त्यस्तै सचिवमा अनिल दाहाल […]

  11. काठे साँघु बनाउन आफै जुटे गोकुलगंगा गाउँपालिकाका अध्यक्ष

    रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष आफै स्थानीय खोलामा काठे साँघु बनाउने काममा जुटेका छन् । गाउँपालिकाको वडा नं ४ बेताली र वडा नं ५ नामाडीको सिमानामा रहेको स्थानीय बोहोरे खोलामा गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) काठे साँघु बनाउन जुटेका हुन् । नामाडीको भित्तरी र बेतालीको माथिल्लो क्षेत्रका स्थानीयलाई आवत जावत गर्न समस्या भएपछि स्थानीय […]

  12. रामेछाप जेसिजद्वारा नवनिर्वाचित जनप्रतिनिधि सँग अन्तर संम्वाद

    रामेछाप- रामेछाप जेसिजले नवनिर्वाचित जनप्रतिनिधिसँग अन्तर संम्वाद कार्यक्रमको आयोजना गरेको छ । २०७९ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित रामेछापका जनप्रितिनिधिहरुसँग शनिवार सदरमुकाम मन्थलीमा बिभिन्न विषयमा अन्तर संम्वाद कार्यक्रमको आयोजना गरेको हो । अन्तरसंम्वाद कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्थानीय तह संचालनको लागि सहयोग पुर्याउने उदेश्यले स्थानीय सरकार संचालन ऐन, स्थानीय तहबाट हुने सेवा प्रवाह, स्थानीय तहमा सुशासन, […]