भारत प्रवासमा तीज कार्यक्रम

रामेछाप– नेपालीहरुको माहन चाड हरितालिका तीजको अवसरमा भारत प्रवासमा रहेका नेपाली समुदायले पनि एक आपसमा शुभकामना आदन प्रदान गरी खुसियालीका साथ तिज पर्व मनाएका छन् । नेपाली सँस्कृतिलाई जीवन्त राख्न तीज पर्व मनाएको उनिहरुको भनाई छ । भारतको राजस्थान राज्य स्थित भिवाडी नगरमा तीज विशेष कार्यक्रमको आयोजना गरिएको थियो । राष्ट्रिय जनमोर्चाको संगठन मुल प्रवाह […]

भारत प्रवासमा तीज कार्यक्रम

रामेछाप– नेपालीहरुको माहन चाड हरितालिका तीजको अवसरमा भारत प्रवासमा रहेका नेपाली समुदायले पनि एक आपसमा शुभकामना आदन प्रदान गरी खुसियालीका साथ तिज पर्व मनाएका छन् । नेपाली सँस्कृतिलाई जीवन्त राख्न तीज पर्व मनाएको उनिहरुको भनाई छ । भारतको राजस्थान राज्य स्थित भिवाडी नगरमा तीज विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

राष्ट्रिय जनमोर्चाको संगठन मुल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवाडी नगर किमिटीले तिज कार्यक्रको आयोजना गरिएको मुल प्रवाह अखिल भारत नेपाली एकता महिला विभाग सचिव मञ्जु पोखरेलले भारतबाट जानकारी दिइन् । भिवाडी रिकोचोक स्थित स्वागत होटलमा आयोजित तिज विशेष कार्यक्रममा राजस्थानमा बस्ने नेपालीहरुको सहभागिता रहेको थियो । संगठन महिला विभाग संयोजक कल्पना केसीको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रिय सदस्य बाबुराम बस्नेत, केन्द्रिय सदस्य कृष्टी राई, केन्द्रिय पार्षद राम बहादुर थापा, क्षत्रिय सदस्य रामप्रसाद घिमिरे, भिवाडी नगर कोषाध्यक्ष किशोर राई लगायतले तीज विशेष कार्यक्रममा आफ्नो भनाई राख्दै शुभकामना दिएका थिए । उनिहरुले विभिन्न कारणले प्रदेशमा बसेपनि तीज पर्वलाई जोगाई राख्न प्रवासी नेपालीहरुलाई आग्रह गरेका थिए ।

समाचार का थप समाचार