समाचार

७७०समाचार

पृष्ठ ३७

  1. नेपाली काँग्रेस मन्थली नगरपालिका – ३ रामेछाप काठमाडौ सम्पर्क समिति गठन

    रामेछाप- नेपाली काँग्रेस मन्थली नगरपालिका ३ रामेछाप काठमाण्डौ सम्पर्क समिति गठन भएको छ । मन्थली- ३ कठजोरका बाबुराम रोकाको अध्यक्षतामा सम्पर्क समिति गठन भएको हो । समितिको उपाध्यक्षमा लिलानाथ सुवेदी र छत्र बहादुर नेपाली चयन भएका छन् । त्यस्तै समितिको सचिवमा रामशरण बुढाथोकी, सहसचिवमा राजन भट्टराई र कोषाध्यक्षमा सुरेश कुमार बस्नेत चयन भएका छन् । […]

  2. लिखुतामाकोशीमा जनप्रतिनिधि फेरिएसँगै फेरियो धोबी बजारको मुहार पनि

    रामेछाप– संघीय संरचना हुनु भन्दा पहिला देखि नै बजारको रुपमा बिस्तार भएको धोबीमा सडक बिस्तको काम भयो तर, त्यसलाई स्तरोन्नति र व्यवस्थापन गर्ने काम पटक्कै भएन् । जसको कारण धोबी बजारका स्थानीयलाई मात्रै हैन उक्त सडक भएर यात्रा गर्ने यात्रु र फुटपाथमा हिड्ने मानिसलाई समते हिलो र धुलोले सधै सताइ रहन्थ्यो । अब त्यस सडक […]

  3. रामेछापका ८ स्थानीय तहको बेरुजू ३७ करोड माथि, सबै भन्दा बढी उमाकुण्डको

    रामेछाप– रामेछापका ८ स्थानीय तहको आर्थिक वर्ष २०७७/०७८ मा ३७ करोड ३ लाख ५० हजार रुपैयाँ रकम बेरुजू देखिएको छ । महालेखापरीक्षकको कार्यालयले प्रकाशन गरेको ५९औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका दुई नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानीय तहको बेरुजू रकम ३७ करोड ३ लाख ५० हजार देखिएको हो । अघिल्लो वर्ष अर्थात आर्थिक २०७६/०७७ को […]

  4. एसइइ दिएका विद्यार्थीहरुलाई पहिलो पटक अवसर र चुनौतीका विषयमा प्रशिक्षण

    रामेछाप– रामेछापमा पहिलो पटक एसइइ परीक्ष दिएर बसेका विद्यार्थीलाई भविष्यको अवसर र चुनौतीको बारेमा प्रशिक्षण दिइएको छ । रामेछाप जेसीजको आयोजनामा एसइइ दिएर बसेका विद्यार्थीहरुलाई परीक्षापछि आउने अवसर र चुनौतीका विषयमा प्रशिक्षण दिइएको हो । शनिवार रेडक्रम भवन मन्थलीमा आयोजित प्रशिक्षणमा हालै परीक्षा दिएर बसेका विद्यार्थीहरुले अबको आफ्नो गन्तब्यका बारेमा सहभागिलाई जानकारी गराएका थिए । […]

  5. जिल्लामै पहिलो पटक डुङ्गा दौड प्रतियोगिता हुने

    रामेछाप– रामेछापमा पहिलो पटक डुङ्गा दौड प्रतियोगिताको आयोजना हुने भएको छ । जिल्ला खेलकुद विकास समिति रामेछापले सदरमुकाम मन्थलीमा बिहिवार पत्रकार सम्मेलन गरी जेष्ठ ४ गते प्रथम खुल्ला डुङ्गा (लाउ) दौड प्रतियोगिताको आयोजना गरिने जानकारी गराइएको हो । जिल्लामा पहिलो पटक आयोजना गर्न लागिएको खुल्ला डुङ्गा (लाउ) दौड प्रतियोगिता देशमै पहिलो पटक आयोजना गर्न लागिएको […]

  6. तामाकोशी नदीमा उद्धार अभ्यास

    रामेछाप– जिल्ला विपद् व्यवस्थापन समिति रामेछापले नदीमा बाढीबाट आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै जोखिम विपद् पुर्व तयारी तथा विपद् प्रतिकार्य पुर्व नमूना अभ्यास गरेको छ । बाढी पहिरोको समय सुरु भएसँगै नदी तथा नदी तटिय क्षेत्रमा हुन सक्ने बाढीजन्य जोखिमबाट बचाउनको लागि जिल्ला विपद् व्यवस्थापन समिति रामेछापले मंगलबार विहान विपद् प्रतिकार्य पुर्व नमूना अभ्यास गरेको […]

  7. बाल श्रम न्यूनिकरणका बिषयमा संचारकर्मीहरूसँग छलफल

    काठमाडा– बाल श्रम न्यूनीकरणका बिषयमा संचारमाध्यमका प्रतिनिधिहरूसँग छलफल कार्यक्रम भएको छ । शुक्रबार राजधानी काठमाडौंको अल्फाविटा हाउस वानेश्वरमा सो छलफल गरिएको हो । यहि जुन १२ तारिखमा मनाइने बालश्रम बिरूद्दको दिवसको पूर्वसन्ध्यामा कार्यक्रममको आयोजना गरिएको हो । सिविस नेपाल नामक संस्थाले आयोजना गरेको छलफलमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका पाँच वटा सामुदायिक विद्यालयका बाल क्लब […]

  8. रामेछाप र दोलखाको माटोमा अम्लीयपन बढ्दै, कृषि चुन प्रयोग गरेर घटाउन सुझाव

    रामेछाप– रामेछाप र दोलखाको माटोमा अम्लीयपनको मात्रा बढ्दै गएको पाइएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला हेटौडाले सदरमुकाम मन्थलीमा गरेको नमूना माटो परीक्षणमा रामेछाप र दोलखाको माटोमा अम्लीयपन बढी भएको पाइएको हो । प्रयोगशालाको तथ्यांक अनुसार परीक्षण गरिएको ४० प्रतिशत माटोमा ६ पिएच मिटर भन्दा कम अम्लीयपनको मात्रा रहेको छ । अम्लीयपनको मात्रा ६.५ […]

  9. रामेछाप जिल्ला समन्वयः काँग्रेस–माओवादी गठबन्धनबाट चिना खड्का, एमालेबाट तुला कँडेल

    रामेछाप– जिल्ला समन्वय समिति रामेछापको प्रमुख, उपप्रमुख र सदस्यको लागि दलहरुहले उम्मेद्वारी दर्ता गराएका छन् । गठबन्धनको तर्फबाट नेपाली काँग्रसले प्रमुख र नेकपा माओवादी केन्द्रले उपप्रमुखमा उम्मेद्वारी दर्ता गराएका छन् । प्रमुखमा नेपाली काँग्रेसकी चिना खड्का कार्की र उपप्रमुखमा माओवादी केन्द्रका प्रेप बहादुर (प्रेमसागर) थापाले उम्मेद्वारी दर्ता गराएका हुन् । त्यस्तै नेकपा एमालेबाट प्रमुखमा तुला […]

  10. रामेछाप जिल्ला समन्वयमा काँग्रेस माओवादी तालमेल, काँग्रेसलाई प्रमुख र माओवादीलाई उपप्रमुख

    रामेछाप– जिल्ला समन्वय समिति रामेछापमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बीच तालमेल हुने भएको छ । तालमेल गर्दा नेपाली काँग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख पाएको छ । प्रमुख पद पाएको काँग्रेसको भागमा एक महिला सहित तीन सदस्य परेको छ भने उपप्रमुख पाएको माओवादी केन्द्रको भागमा तिन महिला सहित चार सदस्य भागमा परेको छ […]

  11. गोकुलगंगा गाउँपालिकाको प्रवक्तामा चन्द्र सुनुवार

    रामेछाप– गोकुलगंगा गाउँपालिकाको प्रवक्तामा चन्द्र बहादुर सुनुवार चयन भएका छन् । सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले सुनुवारलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । गोकुलगंगा गाउँपालिका वडा नं ६ को वडाध्यक्ष समेत रहेका सुनुवारलाई प्रवक्त तोकिएको गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले जानकारी दिए । गोकुलगंगा गाउँकार्यपालिकाले गरेका निर्णय, कार्य सम्पादन तथा पालिकाबाट भएका गतिविधिका बारेमा […]

  12. रामेछाप– ३ को निर्णयः २० युनिट भन्दा कम विद्युत खपत गर्नेलाई वडाले महशुल तिरिदिने

    रामेछाप– रामेछाप नगरपालिका वडा नं ३ साँघुटारका नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले वडा भरीका विद्युत ग्राकको विद्युत महशुल वडाले तिरिदिने निर्णय गरेको छ । सोमबार बसेको वडाको पहिलो बैठकले ५ एमपिएरको एम.सी.बी मार्फत न्यूनतम २० युनिट भन्दा कम विद्युत खपत गर्ने ग्राहकको विद्युत महशुल वडाले तिरिदिने निर्णय गरेको हो । नवनिर्वाचित वडाध्यक्ष दल बहादुर प्रधानले पहिलो […]