समाचार
७७०समाचार
पृष्ठ ३५
सांसदले पाउने भत्ता बिपन्न परिवारको लागि खर्च गर्छु- कान्छाराम
रामेछाप- रामेछाप नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छारामले आफू सांसद भएपछि पाउने तलब भत्ता कमजोर आर्थिक अबस्था भई अफ्टेरोमा परेका परिवारलाई सहयोग गर्ने उदघोष गरेका छन् । लिखुतामाकोशी गाउँपालिका वडा नं ४ बिजुलीकोटमा मंगलबार आयोजित वडा सभामा आफ्नो भनाई राख्ने क्रममा उनले मंसिर ४ को निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित […]
रामेछापमा सत्ता गठबन्धनको वडा तहको चुनावी सभा सुरु
रामेछाप- रामेछापमा सत्ता गठबन्धनको वडा स्तरीय चुनावी सभा सुरु भएको छ । लिखुतामाकोशी गाउँपालिकाको वडा नं ५ नगदहबाट सोमबार देखि अभियान सुरु भएको हो । जिल्लाका ६४ ओटै वडा सम्म पुग्ने गरी अभियान सुरु गरिएको निर्वाचन परिचालन समितिले बताएको छ । चुनावी सभालाई संबोधन गर्दै नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ […]
रामेछापमा गठबन्धनको उम्मेद्वारी दर्ताः प्रतिनिधिसभामा काँग्रेस र दुई प्रदेश सभामा माओवादी
रामेछाप– मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि रामेछापबाट काँग्रेस–माओवादी गठबन्धनले उम्मेद्वारी दर्ता गराएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीमा आइतबार अपरान्ह साढे ४ बजे गठबन्धनका उम्मेद्वारहरुले संयुक्त रुपमा उम्मेद्वारी दर्ता गराएका हुन् । प्रतिनिधि सभा सदस्यको लागि जिल्ला सभापति समेत रहेका नेपाली काँग्रेसका पुर्ण बहादुर तामाङ (कन्छाराम) […]
रामेछापमा एमालेले दर्ता गरायो उम्मेद्वारी, काँग्रेस–माओवादी गठबन्धनको ४ बजे पछि मात्रै
रामेछाप– मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि रामेछापबाट एमालेले उम्मेद्वारी दर्ता गराएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीमा आइतबार दिउँसो एमालेका उम्मेद्वारहरुले उम्मेद्वारी दर्ता गराएका हुन् । एमालेबाट प्रतिनिधि सभा सदस्यको लागि कैलाश प्रसाद ढुंगेलले उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै रामेछाप प्रदेश सभा (क) को लागि […]
खाँडादेवीको भिरपानीमा यात्रुवहाक बस दुर्घटना, दर्जन बढी घाइते
रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा १३ जना यात्रु घइते भएका छन् । खाँडादेवी गाउँपालिका कै वडा नं ७ बाट काठमाण्डौका लागि छुटेको बा ३ ख ४०४८ नम्बरको सुन्दरीमाई यातायातको यात्रुवाहक बस भिरपानीको धारापानीमा दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा खाँडादेवी गाउँपालिका वडा नं ७ […]
रामेछाप नेबिसंघको अध्यक्षमा बिनोद बुढाथोकी चयन
रामेछाप- नेपाल बिद्यार्थी संघ रामेछापको जिल्ला अध्यक्षमा बिनोद बुढाथोकी चयन भएका छन् । नेबिसंघ रामेछापका जिल्ला सचिब समेत रहेका बुढाथोकीलाई तिन महिना भित्र जिल्ला अधिबेशन सम्पन्न गर्ने गरी अध्यक्षको जिम्मेवारी तोकिएको छ । नेबिसंघका केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पाले जिल्ला बुढाथोकीलाई २०७९ साल असोज १७ गते अध्यक्षको जिम्मेवारी दिदैँ तीन महिना भित्र जिल्ला अधिबेशन सम्पन्न गर्न […]
मन्थलीमा जेष्ठ नागरिक दिवसः डेढ सयको स्वास्थ्य परीक्षण, नगर प्रमुख भन्छन्–‘जेष्ठ नागरिक हाम्रा सम्पत्ति हुन’
रामेछाप– मन्थली नगरपालिकाले ३२ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको पुर्व सन्ध्यामा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण तथा बुढ्यौली अवस्थामा लाग्ने रोगहरु र रोग व्यवस्थापन सम्बन्धी परामर्श कार्यक्रमको आयोजना गरेको छ । असोज १५ गते ३२ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस भएको र उक्त दिवसको पुर्व सन्ध्यामा विहिबार मन्थली नगरपालिका वडा नं ३ कठजोरमा कार्यक्रमको आयोजना गरेर […]
रामेछाप- ६ मा घरमै भत्ता, भत्ता बुझ्नेहरु भन्छन– ‘खर्च गरेर बैंक धाउनु पर्ने बाध्यता हट्यो’
रामेछाप– रामेछाप नगरपालिका वडा नं ६ ओेख्रेनीका सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीले आफ्नो घर तथा टोल–टोलमै भत्ता पाएका छन् । वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता लिनेहरुको समयको बचत, खर्चमा कटौती र बैंकमा धाउनु पर्ने बाध्यताबाट मुक्त गराउनको लागि लाभग्राहीको घरमै भत्ता पुर्याउने अभियान चलाएपछि उनिहरुले आफ्नै घर तथा टोलमै भत्ता पाएका हुन् । वडाका ४ […]
जिल्ला अस्पताल रामेछापमा ब्लड बैंक स्थापना, विभिन्न शल्यक्रियामा सहयोग पुग्ने
रामेछाप– जिल्ला अस्पताल रामेछापमा ब्लड बैंक स्थापना भएको छ । ८ औँ संविधान दिवसको अवसरमा सोमबार जिल्ला अस्पताल रामेछापमा ब्लड बैंकको स्थापना भएको हो । रामेछाप नगरपालिकाको समेत सहयोगमा जिल्ला अस्पतालमा स्थपना भएको ब्लड बैंकको रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले उद्घाटन गरेर ब्लड बैंक संचालनमा ल्याइएको छ । संविधान दिवसकै अवसरमा संविधानको मौलिक हकको […]
रामेछाप– ८ मा ‘एक घर– एक स्वास्थय बीमा’ कार्यक्रमः बीमा शुल्क वडाले नै तिरिदिने
रामेछाप– रामेछाप नगरपालिका वडा नं ८ ले ‘एक घर–एक स्वास्थ्य बीमा’ कार्यक्रमको सुरुवात गरेको छ । वडाका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले वडाले नै वडाका सबै नागरिकको स्वास्थ्य बीमा गरिदिने गरी सोमबार ‘एक घर–एक स्वास्थ्य बीमा’ कार्यक्रम सुरुवात गरेको हो । ८ औँ संविधान दिवसको अवसरमा आयोजित एक कार्यक्रममा नगर प्रमुख लवश्री […]
रामेछाप–७ मा ‘एक घर– एक परिवार स्वास्थ्य विमा’ सुरु, वडाले नै गरिदिने भयो सबैको विमा
रामेछाप– रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले वडाका सबै नागरिकको स्वास्थ्य विमा गर्ने अभियान सुरु गरेको छ । वडाका सबै नागरिकलाई सहज रुपमा स्वास्थ्यको पहुँचमा ल्याउने उद्देश्य सहित आइतबारबाट वडाले नै स्वास्थ्य विमा गर्न थालेको हो । ‘स्वस्थ सुकाजोर, स्वस्थ नागरिक’ बनाउने अभियानलाई पहिलो प्राथमिकतामा राखेर आइतबार देखि ‘एक घर–एक परिवार विमा’ कार्यक्रम सुरुवात गरिएको […]
रामेछाप नगरका जनप्रतिनिधिको सय दिनः पुराना कामलाई निरन्तरता, गर्भवतीलाई निःशुल्क एम्बुलेन्स
रामेछाप– रामेछाप नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले आफूहरुले नगरको कार्यभार सम्हाले देखि हाल सम्म गरेका मुख्य–मुख्य काम सार्वजनिक गरेका छन् । बिहिबार नगरमा आयोजित नगरको बार्षिक प्रगती समिक्षा कार्यक्रममा गत बैशाख ३० गतेको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले आफूहरु निर्वाचित भएको सय दिन पुरा भइसकेको र सय दिनमा गरेका मुख्य–मुख्य कामहरु पनि सार्वजनिक गरेका हुन् । आफूहरु निर्वाचित […]












