समाचार
७७०समाचार
पृष्ठ ३४
कैलाश ढुंगेल कालो बाटो देख्ने बित्तिक्कै मैले बनाएको भन्छन- उपसभापति कार्की
रामेछाप- नेपाली काँग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्कीले अहिले एमालेबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका कैलाश ढुंगेलले पिच भएको कालो सडक देख्ने बित्तिक्कै सबै मैले बनाएको हो भन्दै जनतालाई ढाँट्दै हिडेको आरोप लगाएका छन् । शुक्रबार लोकतान्त्रिक बाम गठबन्धनले गेलुमा आयोजना गरेको चुनाबी सभामा आफ्नो भनाई राख्ने क्रममा उपसभापति कार्कीले अहिले भोट माग्न हिडेका कैलाश […]
रामेछाप प्रदेश सभा (क) मा लोकतान्त्रिक बाम गठबन्धनको पहिलो चरणको कार्यक्रम सम्पन्न
रामेछाप– रामेछाप प्रदेश सभा (क) मा लोकतान्त्रिक बाम गठबन्धनले पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको छ । असोज ३१ गते देखि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा सुरु गरेको वडा स्तरीय सभा तथा मतदाता भेटघाट कार्यक्रम बुधबार सम्पन्न भएको हो । रामेछाप प्रदेश सभा (क) को लिखुतामाकोशी गाउँपालिका वडा नं ५ नागदहबाट सुरु भएको […]
स्वतन्त्रले प्रभाव देखाउन सकेनन, काँग्रेस एमाले विचमै प्रतिस्पर्धा हुने पक्का
रामेछाप – उमेदवारका लागि जिल्लाबाट नाम सिफारीस गर्ने बेलामा आकांक्षि नभएपनि पार्टीको निर्णय चित्त नवुझाएर प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उमेदवारी दिएका रामेछापका ४ जनाले आफ्नो प्रचार प्रसार तिव्र वनाउन सकेका छैनन् । आवेग र उक्साहटमा लागेर उमेदवार वनेकाहरु निर्वाचनमा विजय हुने कुरामा आशावादी पनि छैनन् । केहिले मुख्य उमेदवार हराउनका लागि आफ्नो ध्यान केन्द्रीत […]
समाज रुपान्तरणको सूचक ‘निरमाया’ को टिजर सार्वजनिक
रामेछाप– समाजमा अझैं पनि बग्रेल्ती समस्या ज्यूँ का त्यूँ छन् । कानुनी रुपमा समाजका कुप्रथालाई तिलाञ्जलि दिइए पनि व्यवहारिक रुपमा भने अझैं सतप्रतिशत तिलाञ्जलि दिन नसकिएको दृष्टान्त हाम्रा सामु घाम जत्तिकै छर्लङ्ग छ । यी समस्या हामीले समाजमा देख्दै आएका छौँ, सिनेमाको रिलमा हेर्दै आएका छौँ, आख्यानका संकथनका पढ्दै आएका छौँ, काव्यका हरफमा लय हाल्दै […]
मतदाताको चाहना: ‘विकासका लागि कान्छाराम र गठवन्धनलाई भोट’
रामेछाप- विकासका नाममा आएको राज्यको पैसामा गिद्धे नजर लगाउने त कुरै छैन, बरु आफ्नो पैसाले राज्यले ध्यान दिन नसकेको विकास निर्माणको काम र समाजसेवा गर्दै १२ बर्ष देखि रामेछापको ओराली उकालीमा विताएका पूर्णवहादुर तामाङ (कान्छाराम) प्रतिनिधिसभा सदस्य पदमा उमेदवार भएपछि धेरै रामेछापेली विकासको अधुरो कुरा पुरा हुनेमा आशावादी देखिएका छन् । कान्छाराम यो पटक कॉग्रेसबाट […]
‘हामीलाई जिताएर पठाउनुहोस, हामी विकासको उपहार लिएर आउने छौँ’- कान्छाराम
रामेछाप- नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छारामले रामेछापबाट सत्ता गठबन्धनलाई जिताएर पठाए विकासको उपहार लिएर गाउँ-गाउँ आउने बताएका छन् । शनिबार दिउँसो गोकुलगंगा गाउँपालिकाको वडा नं १ चुचुरेमा वडा स्तरीय चुनावी सभामा आफ्ना प्रतिबद्धता व्यक्त गर्ने क्रममा उनले प्रतिनिधि सभामा आफूलाई, रामेछाप प्रदेश सभा (क) मा तारानारायण श्रेष्ठ र रामेछाप […]
‘लिखुमा निर्माणाधिन हाइड्रोपावरबाट पीडित जनतालाई लिएर आन्दोलन गर्छु’- कान्छाराम
रामेछाप- नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ (कान्छाराम) ले लिखुकरिडोरमा निर्माणाधिन हाइड्रोपावरबाट पीडित रहेका स्थानीयको समस्या समधान गर्न पीडित जनतालाई लिएर आन्दोलन गर्ने बताएका छन् । शनिबार मतदाता भेटघाट अभियानमा उमाकुण्डको वडा नं १ गुम्देल पुगेका कान्छाराम सहितको टोली समक्ष स्थानीयले बर्षौ देखि हाइड्रोपावरबाट आफुहरु पीडित भएको गुनासो राखेपछि स्थानीयको माग […]
रामेछापमा सत्ता गठबन्धनको वडा स्तरीय सभाको पाँचौ दिन: कुबुकास्थली र बाम्तीमा सम्पन्न
रामेछाप- रामेछापका सत्ता गठबन्धन दलको संयुक्त वडा स्तरीय सभाको चौथो दिन बिहिबार उमाकुण्ड गाउँपालिका वडा नं ३ कुबुकास्थली र वडा नं २ बाम्तीभण्डारमा कार्यक्रम सम्पन्न भएको छ ।नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम र नेकपा माओबादी केन्द्रबाट रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठ सहितको टोली मंसिर ४ गते हुने […]
‘एमाले राजा फर्काउने एजेण्डा बोकेर हिडेको छ’- पुर्व मन्त्री श्रेष्ठ
रामेछाप- नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं पुर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ कुशलले एमालेले राजा फर्काउने एजेण्डा बोकेर हिडेको आरोप लगाएका छन् । बिहिबार रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ४ मा लोकतान्त्रिक बाम गठबन्धनको वडा स्तरीय चुनावी सभा तथा मतदाता भेटघाट कार्यक्रममा भनाई राख्ने क्रममा मंसिर ४ मा हुने निर्वाचनमा राजा आउ देश […]
‘म २०७४ मा नै समानुपातिकबाट सांसद बन्थे तर, जनताबाट अनुमोदित हुन चाहान्छु’- कान्छाराम
रामेछाप- नेपाली काँग्रेस रामेछापबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छारामले रामेछापकै जनताबाट अनुमोदित भएर सांसद बन्न चाहेको बताएका छन् । बिहिबार उमाकुण्ड गाउँपालिकाको वडा नं ६ गुप्तेश्वरमा मतदाताहरुसँगको भेटघाटको क्रममा आफ्नो भनाई राख्दै उम्मेद्वार तामाङले आफू २०७४ को निर्वाचनमा नै समानुपातिकबाट सांसद बन्न सक्ने आधार हुँदा हुँदै पनि रामेछापकै जनताबाट अनुमोदित हुन […]
रामेछापमा सत्ता गठबन्धनको वडा स्तरीय सभाको चौथो दिन: गुप्तेश्वर र प्रितिमा सम्पन्न
रामेछाप- रामेछापका सत्ता गठबन्धन दलको संयुक्त वडा स्तरीय सभाको चौथो दिन बिहिबार उमाकुण्ड गाउँपालिका वडा नं ६ गुप्तेशर र वडा नं ४ प्रितिमा कार्यक्रम सम्पन्न भएको छ । उमाकुण्ड ४ मा वडा नं ४ र वडा नं ५ को संयुक्त कार्यक्रम भएको हो । नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम र […]
रामेछापमा सत्ता गठबन्धनको वडा स्तरीय सभाको दोस्रो दिन: बिजुलीकोट र सैपुमा सम्पन्न
रामेछाप- रामेछापका सत्ता गठबन्धन दलको संयुक्त वडा स्तरीय सभाको दोस्रो दिन मंगलबार लिखुतामाकोशी वडा नं ४ बिजुलीकोट र वडा नं २ सैपुमा कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम र नेकपा माओबादी केन्द्रबाट रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठ सहितको टोली मंसिर ४ गते हुने […]












