समाचार
७७०समाचार
पृष्ठ ३०
कार्य सम्पादन मूल्याकंनमा रामेछाका दुई नगरपालिका बागमती प्रदेशमा चौथो र पाँचौ नम्बरमा
रामेछाप- बामती प्रदेशका सबै स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा रामेछाप जिल्लाको मन्थली नगरपालिका चोथौ र रामेछाप नगरपालिका पाँचौ भएका छन् । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनमा बागमती प्रदेशका १ सय १९ स्थानीय तहमध्ये मन्थली नगरपालिका चौथो र रामेछाप नगरपालिका पाँचौ नम्बरमा देखिएका हुन । मन्थली नगरपालिकाले ६८ दशमलव ०७ […]
साहित्यकारहरुका बीचमा “निरमाया“ चलचित्रको प्रथम प्रदर्शन
परिवर्तन आफैँबाट सुरु गरौँ समाज स्वतः बदलिने छ भन्ने मूल उद्देश्यसहित मदानी मुभी एन्ड इन्टरटेन्टमेन्टद्वारा निर्माण भएको सामाजिक चलचित्र निरमायाको प्रथम प्रदर्शन भएको छ । नेपाल स्रष्टा समाजले २०७९ माघ २२ गते चलचित्र विकास बोर्डको हलमा प्रदर्शन गरेको “निरमाया“ चलचित्र हेर्न उल्लेख्य साहित्यकारहरूको उपस्थिति रहेको थियो । अनन्तप्रसाद तिमिल्सिनाको प्रस्तुति, रमेश कोइरालाको निर्देशन तथा कार्यकारी […]
स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट डा. सुमन कर्माचार्य सम्मानित
रामेछाप- राष्ट्रिय स्वास्थ्य दर्पण हेल्थ अवार्ड- २०७९ डा. सुमन कर्माचार्य सहित ११ चिकित्सक, ६ स्वास्थ्यकर्मी र ४ पत्रकार सममानित भएका छन् । स्वास्थ्य दर्पण मिडिया नेटवर्कद्वारा शनिबार भरतपुरमा आयोजित हेल्थ अवार्डबाट डा. सुमन कर्माचार्य सहित २१ जना सम्मानित भएका हुन् । सम्मानित हुने अन्य चिकित्सकहरुमा डा. भोला प्रसाद रौनियार, डा. विजयराज न्यौपाने, डा. विजयचन्द्र आचार्य, […]
मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्यो न्यानो कपडा
रामेछाप- नेपाल विद्यार्थी संघ रामेछापले मन्थली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी नेविसंघ रामेछापले विद्यालयमा अध्ययनरत तीन सय विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको हो । कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई सहयोग पुर्याउने उद्देश्यले जाडोको समयमा न्यानो कपडा वितरण गरिएको नेविसंघ रामेछापका अध्यक्ष विनोद बुढाथोकीले […]
जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित
रामेछाप– जिल्ला कृषि सहकारी संघ लिमिटेड रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार सदरमुकाम मन्थलीमा सम्पनन दोस्रो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोधत निर्वाचित गरेको हो । त्यस्तै संघको उपाध्यक्षमा राजकुमार बस्नेत, सचिवमा सुन्दर घिमिरे र कोषाध्यक्षमा भानुभक्ता श्रेष्ठ निर्वाचित भएका छन् । संघको सदस्यमा क्रमशः डिलबहादुर श्रेष्ठ, ल्ह्नाम दोर्जे लामा, नारायण नेपाली, हिरालाल श्रेष्ठ, […]
गोकुलगंगाको हिउँदे अधिवेशनः चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रस्तुत
रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिकाको १२ औँ गाउँ सभा (हिउँदे अधिवेशन) बुधबार सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०७८/०७९ का लागि विनियोजित नीति तथा कार्यक्रमको समिक्षा, चालु आर्थिक वर्षका लागि विनियोजित नीति तथा कार्यक्रमको अर्धवार्षिक प्रगतिको समिक्षा, विभिन्न विधेक तथा ऐनहरु माथि छलफल, गत आर्थिक वर्षमा गाउँपालिकामा देखिएको बेरुजु रकमको अशुल उपर गर्नु पर्ने लगायतका […]
मन्थलीको १२ औँ अधिवेशनः ६ महिनाको उपलब्धी प्रस्तुत, टुक्रे योजना मुख्य चुनौती
रामेछाप– मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले पाँच लाख भन्दा कम रकमका टुक्रे योजनाहरुले चुनौती थपिएको बताएका छन् । सोमबार सम्पन्न मन्थली नगरपालिकाको १२ औँ नगर अधिवेशन (हिउँदे अधिवेशन) मा नगरका समस्या तथा चुनौती राख्ने क्रममा नगर प्रमुख श्रेष्ठले साना योजनाका कारण गौरवका योजनाहरु आंकलन गर्न कठिन भएको बताएका हुन् । त्यस्तै पूर्वाधार साझेदारी तथा […]
रामेछाप जिल्ला बचत संघको अध्यक्षमा पुनः जगन्नाथ दाहाल
रामेछाप- रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको संचालक समितिको अध्यक्षमा पुनः जगन्नाथ दाहाल नै दोहोरिएका छन् । शनिबार सम्पन्न भएको संघको १५औँ साधारणसभा तथा निर्वाचनबाट सर्वसम्मत रुपमा संचाकल समितिको अध्यक्षमा पुनः दाहाल नै दोहोरिएका हुन् । त्यस्तै संघको उपाध्यक्षमा नवीन के.सी., महासचिवमा शिवराज श्रेष्ठ र कोषाध्यक्षमा कुल बहादुर कार्की निर्वाचित भएका छन् । संचालक […]
नेपाल बार एशोसिएशन रामेछापको अध्यक्षमा पाण्डव प्रसाईं निर्वाचित
रामेछाप– नेपाल बार एशोसिएशन रामेछापको अध्यक्षमा पाण्डव प्रसाईं निर्वाचित भएका छन् । शनिबार सदरमुकाम मन्थलीमा सम्पन्न बारको १४औँ जिल्ला अधिवेशनबाट प्रसाईं अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । त्यस्तै अधिवेशनबाट उपाध्यक्ष राजेश बुढाथोकी, सचिवमा यादव दाहाल र कोषाध्यक्षमा ईश्वरी श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा शम्भु उप्रेती, रामहरि केसी र नरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् […]
रामेछाप जेसिज वर्ष– २०२३ को अध्यक्षमा रामकुमार बस्नेत
रामेछाप- रामेछाप जेसिज वर्ष २०२३ को अध्यक्षमा रामकुमार बस्नेत निर्वाचित भएका छन् । रामेछापको सदरमुकाम मन्थलीमा शनिबार सम्पन्न रामेछाप जेसिजको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा बस्नेत निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा यादव केसी र विमल पौडेल निर्वाचित भएका छन् भने उपाध्यक्षमा भरत श्रेष्ठ, जोनी खड्का, सुमन खड्का र राजन कार्की निर्वाचित भएका […]
रामेछाप प्रशासनको सेवा प्रवाहमा ‘सेवा प्रवाह समय कार्ड’ लागू
रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन शुक्रबारदेखि विभिन्न सेवा प्रवाहमा ‘सेवा प्रवाह समय कार्ड’ लागू गरेको छ । प्रशासनको सेवा प्रवाहलाई चुस्त बनाउने र नागरिकको सेवा प्रवाह प्रभावकारी हुने विश्वास सहित प्रक्रिया पुगेका सेवाग्राहीको कामलाई निश्चित समय भित्र सक्ने गरि ‘सेवा प्रवाह समय कार्ड’ सुरु गरिएको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले […]
निलगंगा हाइड्रोपावरको सार्वजनिक सुनुवाई स्थानीयद्वारा बहिस्कार
रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं १, दोलखाको जिरी नगरपालिका वडा नं १ र २ को सिमना भएर बग्ने खिम्ती–घ्वाङ खोलामा निर्माण गर्न लागिएको खिम्ती–घ्वाङ खोला साना जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई स्थानीयले बहिस्कार गरेका छन् । बुधबार चुचुरेमा आयोजना गरेको खिम्ती–घ्वाङ खोला साना जलविद्युत आयोजनाको ३३ केभी विद्युत प्रसारण लाइन आयोजना मस्यौदाको संक्षिप्त वातावरणीय अध्ययन […]












