समाचार

७७०समाचार

पृष्ठ ३१

  1. प्रकाशकीयः दोस्रो वर्ष पार गर्दै हामी तेस्रो वर्षमा

    प्रहार मिडिया प्रा.लि.द्वारा प्रकाशति प्रहार खबर साप्तहिक पत्रिका दोस्रो वर्ष पार गर्दै तेस्रो वर्षमा प्रवेश गरेको छ । दुई वर्ष अघि समाचारको अपरिहार्यतालाई पूरा गर्ने बाचा सहति सूरु गरिएको यात्रा तेस्रो वर्ष सम्ममा आइपुग्दा हामीले धेरै अनुभवहरु लिने मौका पाएका छौँ । यो दुई वर्षको अवधिमा लिइएका अनुभवलाई हामीले हाम्रो सम्पत्तिको रुपमा लिएका छौँ । […]

  2. मन्थलीको कार्यपालिका बैठक थानापतिमा, नगरको पर्यटन विकास पहिलो प्राथमिकतामा

    रामेछाप- मन्थली नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र रहेका पर्यटकीय स्थलहरुको पहिचान गर्दै पर्यटन क्षेत्रको व्यवस्थित विकास गर्ने योजना अगाडि सारेको छ । विहिबार मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँ स्थित थानापति महादेव मन्दिर परिसरमा कार्यपालिकाको बैठक बसेर थानापति विकासको लागि गुरुयोजना बनाएर अगाडि बढ्ने निर्णय गर्दै नगर क्षेत्रभित्रका सम्पूर्ण पर्यटकीय स्थलको विकास गर्ने योजना अगाडि […]

  3. राती हुने अबैध बालुवा तस्करी रोक्न खाँडादेवी गाउँपालिका अध्यक्ष आफै गस्तीमा

    रामेछाप- खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले सुनकोशी किनारमा राती–राती हुने गरेको अबैध बालुवा तस्करी रोक्न गस्ती नै गर्न थालेका छन् । खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुमको खैरेनी पुल नजिक सुनकोशी नदी किनारमा दैनिक जसो नै रातको समयमा अबैध रुपमा बालुवा तस्करी हुन थालेपछि गाउँपालिका अध्यक्षले प्रहरी सहित तस्करी रोक्न गस्ती गर्न थालेका हुन् । […]

  4. ‘जनप्रतिनिधिले पार्टी विर्सनु पर्छ’– सांसद तामाङ

    रामेछाप– प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ कान्छारामले रामेछापका जनप्रतिनिधिले आफ्नो कार्यकाल भरी आफू निर्वाचित भएको पार्टीलाई बिर्सिएर रामेछाप जिल्लाको समग्र विकासमा लाग्नु पर्ने बताएका छन् । बुधबार सदरमुकाम मन्थलीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापले आयोजना गरेको बाली/पशु बस्तुको बजारीकरण गोष्ठीमा आफ्नो भनाइ राख्दै प्रतिनिधि सभा सदस्य तामाङले जिल्लाको समग्र विकासको लागि रामेछापका […]

  5. नेपाल जेसिजमा जीवन कार्कीको अपराजित यात्रा, पहिलो प्रयासमै राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष

    रामेछाप- नेपाल जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा जीवन कार्की विजयी  भएका छन् । विरगञ्जमा शनिवार सम्पन्न भएको नेपाल जेसिजको ४९ औँ राष्ट्रिय महाधिवेशनबाट नेपाल जेसिज वर्ष– २०२३ का लागि दोस्रो बढी मतका साथ कार्की राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा विजयी भएका हुन् । ४ कार्यकारिणी उपाध्यक्ष पदको लागि ९ जनाको उम्मेद्वारी रहेको थियो । कार्कीले ६ सय ३१ […]

  6. समाज सेवा जागृत महिला बचतको १५ वर्षे यात्रा, साढे १ करोडको कारोबार

    रामेछाप- १५ वर्ष अघि महिलाहरुले सुरु गरेको रामेछापको एक सहकारीले १५ वर्षे यात्रामा झण्डै साढे १ करोडको कारोबार गर्न सफल भएको छ । रामेछाप नगरपालिकाको वडा नं ८ रामेछापमा महिलाहरूद्वारा संचालित समाज सेवा जागृत महिला बचत तथा ऋण सहकारी संस्थाले १५ वर्षको अवधिमा १ करोड ५१ लाख १८ हजार ६४ रुपैयाँ बराबरको कारोबार गर्न सफल […]

  7. नेविसंघ रामेछापको कार्य समिति विस्तार

    रामेछाप- नेपाल विद्यार्थी संघ रामेछापका अध्यक्ष विनोद बुढाथोकीले जिल्ला कार्य समिति विस्तार गरेका छन् । अध्यक्ष बुढाथोकीले शुक्रबार नेविसंघ रामेछापको ११ जना पदाधिकारी सहित २८ सदस्यीय जिल्ला कार्य समिति विस्तार गरेका हुन् । विस्तारित जिल्ला कार्य समितिको उपाध्यक्षमा विमल पौडेल, युवराज सुवेदी र नवीन कार्की चयन भएका छन् । त्यस्तै सचिवमा प्रज्वल बुढाथोकी र सरोज […]

  8. नेपाल बार एशोसिएशनको ६६ औँ स्थापना दिवसः रामेछाप इकाइले गर्‍यो संस्थापकलाई सम्मान

    रामेछाप– नेपाल बार एशोसिएशन इकाई रामेछापले ५ जना संस्थापक सदस्यहरुलाई सम्मान गरेको छ । नेपाल बार एसोसिएशनको ६६ औँ स्थापना दिवसको अवसर पारेर विहिबार रामेछाप बार इकाईले आफ्ना संस्थापक सदस्यहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा शिव कुमार कार्की, रामचन्द्र वियोगी, पुस्करराज प्रसाईँ, चेत प्रसाद पौडेल र आङबाबु लामा रहेका छन् । उनिहरुलाई रामेछापका जिल्ला […]

  9. ९२ वर्षका ललित बहादुर कार्कीले दिए विद्यालयलाई निःशुल्क जग्गा

    रामेछाप- गोकुलगंगा गाउँपालिकाको वडा नं २ ठोसेको एक विद्यालयलाई स्थानीय ललित बहादुर कार्कीले निःशुल्क जग्गा दान गरेका छन् । ९२ वर्षका कार्कीले आफ्नै वडामा रहेको जलकाली ललित आधारभूत विद्यालयलाई साढे दुई रोपनी जग्गा निःशुल्क दान गरेका हुन् । २०७२ सालको विनासकारी भूकम्पले विद्यालयका भवनहरु पुर्ण रुपमा ध्वस्ता हुनुको साथै विद्यालय रहेको जग्गा समेत फुटेर चिराचिरा […]

  10. रामपुरमा विवाह भोज खाएका ३४ जना विरामी

    रामेछाप- रामेछाप नगरपालिकाको वडा नं ५ रामपुरमा विहेको भोज खाएका ३४ जना विरामी भएका छन् । आइतबार रामपुर साईटारका प्रदिप मगरको बिहेको भोज खाएकाहरुलाई  सोमबार बेलुकादेखि तारन्तार झाडा वान्ता हुने र पेट दुख्ने समस्या देखिएको छ । जिल्ला अस्पताल रामेछापका अनुसार विरामी परेका मध्ये १४ जनालाई रामेछाप जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । […]

  11. सम्झौता समयावधि भित्रै काम सम्पन्न गरेपछि निर्माण व्यवसायी सम्मानित

    रामेछाप- भवन निर्माण गर्ने जिम्मा लिएको निर्माण कम्पनीले सम्झौता समयावधि भित्रै काम सम्पन्न गरेपछि कम्पनीका संचालक संम्मानित भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछाप परिसर भित्र कार्यालय प्रमुख र सिनियर प्रहरी अधिकृत आवास भवन निर्माणको जिम्मा लिएको थापा निर्माण सेवा प्रा.लि.का संचालक दिपक कुमार थापाले समयावधि भित्रै काम सम्पन्न गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापले […]

  12. ‘देश निर्माणमा योगदान गर्ने व्यक्तिहरुको उच्च सम्मान गर्दै अगाडि बढ्छु’– कान्छाराम

    काठमाण्डौ– प्रतिनिधि सभा सदस्यमा निर्वाचित पूर्णबहादुर तामाङ (कान्छाराम) ले देश निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने स्वर्गीय व्यक्तिहरुलाई उच्च सम्मान गर्दै अगाडि बढ्ने बताएका छन् । आइतबार नेपाल निर्माण व्यवसायी महासंघका संस्थापक अध्यक्ष स्व. बनवारीलाल मित्तल र नेपाल निर्माण व्यवसायी महासंघकै पूर्व अध्यक्ष शहिद स्व. शरद कुमार गौचनको सालिकमा माल्यार्पण गर्दै भौतिक पुर्वाधारको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने […]