जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

रामेछाप– जिल्ला कृषि सहकारी संघ लिमिटेड रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार सदरमुकाम मन्थलीमा सम्पनन दोस्रो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोधत निर्वाचित गरेको हो । त्यस्तै संघको उपाध्यक्षमा राजकुमार बस्नेत, सचिवमा सुन्दर घिमिरे र कोषाध्यक्षमा भानुभक्ता श्रेष्ठ निर्वाचित भएका छन् । संघको सदस्यमा क्रमशः डिलबहादुर श्रेष्ठ, ल्ह्नाम दोर्जे लामा, नारायण नेपाली, हिरालाल श्रेष्ठ, […]

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

रामेछाप– जिल्ला कृषि सहकारी संघ लिमिटेड रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार सदरमुकाम मन्थलीमा सम्पनन दोस्रो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोधत निर्वाचित गरेको हो । त्यस्तै संघको उपाध्यक्षमा राजकुमार बस्नेत, सचिवमा सुन्दर घिमिरे र कोषाध्यक्षमा भानुभक्ता श्रेष्ठ निर्वाचित भएका छन् ।

संघको सदस्यमा क्रमशः डिलबहादुर श्रेष्ठ, ल्ह्नाम दोर्जे लामा, नारायण नेपाली, हिरालाल श्रेष्ठ, राजेन्द्र कार्की, कुमारी तामाङ कार्की र कविता श्रेष्ठ निर्वाचित भएका छन् ।

अधिवेशनले बोधबहादुर चौलागाईको संयोजक्वतमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि निर्वाचित गरेको छ । लेखा सुपरिवेक्षण समितिको सदस्यमा प्रमोद श्रेष्ठ र बोध कुमार रोक्का निर्वाचित भएका छन् ।

संघको कार्यसमितिका अध्यक्ष, पदाधिकारी, सदस्य र लेखा सुपरिवेक्षण समितिको संयोजक र सदस्यहरु सबै निर्विरोध निर्वाचित भएका हुन् ।

संघको दोस्रो अधिवेशन तथा चौथो साधारणसभाको उद्घाटन सत्रमा बोल्दै जिल्ला कृषि सहकारी संघका अध्यक्ष हिमाल ढुंगेलले जिल्लामा रहेका कृषि सहकारीहरुलाई संघमा आवद्ध गराएर किसानमैत्री काम गराउने गरी अभियान चलाउनु पर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष ढुंगेलले देशले आर्थिक संकट भोगीरहेका बेला कृषि सहकारी मार्फत कृषि क्षेत्रमा काम गरेर देशको अर्थतन्त्र सुधार गर्न तर्फ राज्यले ध्यान दिनु पर्ने धारणा पनि राखे ।

संघका उपाध्यक्ष राजकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत संघ रामेछापका अध्यक्ष जगन्नाथ दाहाल, मन्थली नगरपालिकाका कार्यपालिका सदस्य उद्धव रम्तेल, सहकारी अभियान्त एवं लिखुतामाकोशी गाउँपालिका वडा नं ६ का वडा सदस्य भोजराज कडरिया लगायतले सहकारी मार्फत राज्यले हरेक नागरिकलाई व्यवसायिक बनाउने गरी अभियान थाल्न जरुरी रहेको बताउँदै जिल्लाका सहकारीहरुले त्यही अभियान थाल्नु पर्ने धारणा राखे ।

नवनिर्वाचित संघका अध्यक्ष श्रेष्ठले जिल्लामा रहेका कृषि सहकारीको अवस्थाको बारेमा अध्ययन गरेर आगामी कार्यक्रम तय गरिने बताए । उनले कृषि क्षेत्रमा काम गर्ने उद्देश्यले संचालनमा रहेका कृषि सहकारीलाई किसानमैत्री बनाउने गरी काम गरिने प्रतिवद्धता जनाए ।

समाचार का थप समाचार