समाचार
७७०समाचार
पृष्ठ २९
महिलाहरुको सक्रियतामा तामाकोशी नदी किनारमा सरसफाई
रामेछाप– मन्थली नगरपालिका वडा नं १ एयरपोर्र्ट क्षेत्र अन्तरगतको तामाकोशी नदी किनारमा स्थानीय महिलाहरुको सक्रियतामा सरसफाई गरिएको छ । बुधबार अन्तरराष्ट्रिय नारी दिवसको अवरमा सिगल धुप महिला समूहको सक्रियतामा पक्की पुलदेखि एयरपोर्ट सम्मको नदी किनारमा रहेको फोहोर सरसफाई गरिएको हो । नदी किनारमा फोहोर फाल्दा मन्थली बजारबासीले पिउने पानी दुषित हुने, वातावरण फोहोर हुने, नदी […]
जेसी गोपाल खड्का ईजिप्टमा सम्मानित
रामेछाप- युवा व्यबसायी तथा समाजसेवी गोपाल खड्का ईजिप्टमा सम्मानित भएका छन । ईजिप्टका लागि नेपाली राजदुत सुशिल के लम्सालले जेसी खड्कालाई सम्मान प्रदान गरेका हुन । ईजिप्टको राजधानी कायरोस्थित होटल स्विस ईन नाईलमा सम्पन्न भव्य समारोहमा खड्कालाई लामो समयदेखि स्वास्थ्य व्यबसायीको रुपमा नेपालमा ख्याती कमाउन सफल तथा जेसीआईमा आवद्धतासंगै समाजसेवामा उत्कृष्ट योगदान दिए वापत सम्मानित […]
निशान बचतको १०औँ स्थापन दिवस: विरामीलाई फलफूल वितरण
रामेछाप- निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामेछापले आफ्नो स्थापना दिवस मनाएको छ । सहकारीले १०औं वर्ष पुरा गरेको अबसरमा सोमबार जिल्ला अस्पताल रामेछापमा उपचाररत विरामीहरुको सिघ्र स्वास्थ्यलाभको कामना सहित विरामीलाई फलफूल वितरण गरेर स्थापना दिवस मनाएको हो । जिल्ला अस्पतालमै पुगेर रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपाने तथा सहकारीका प्रतिनिधिले विरामीको सिघ्र स्वास्थ्य […]
नविन थापा समूहको प्रतिज्ञाः ट्याक्स भ्याटको तालिम देखि बैंकको व्याज घटाउने सम्मका योजना
रामेछाप– रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेद्वार नविन कुमार थापामगर सहितको समूहले प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । आइतबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी थापामगर नेतृत्वको समूहले आफूहरु निर्वाचत भए आगामी कार्यकालमा गरिने २५ बुँदे प्रतिज्ञा पत्र सार्वजनकि गरेको हो । २५ बुँदे प्रतिज्ञा पत्रमा धेरै जसो जिल्लाका उद्योगी तथा व्यवसायीहरुलाई सहयोग पुग्ने कामहरु उल्लेख […]
उद्योग वाणिज्य संघ निर्वाचनः नविन थापाको समूहलाई सर्थन गर्दै घिमिरेले फिर्ता लिए उम्मेद्वारी
रामेछाप- रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेद्वारी दिएका केशव घिमिरेले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । रामेछाप उद्योग वाणिज्य संघको बर्तमान अध्यक्ष समेत रहेका घिमिरेले आइतबार आफ्नो उम्मेद्वारी फिर्ता लिँदै नविन कुमार थापामगरको समूहलाई समर्थन गर्ने उद्घोष गरेका छन् । उम्मेद्वारी फिर्ता पछि पत्रकार सम्मेलनमा उम्मेद्वारी फिर्ता लिनुको कारण बताउँदै घिमिरेले भने– ‘रामेछाप उद्योग वाणिज्य […]
सफल भयो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डलाई विकेन्द्रीकरण गर्ने योजना
रामेछाप- दश वर्ष अघि देखि सदरमुकाम मन्थलीमा भइरहेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यो पटक सदरमुकाम भन्दा बाहिरै सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सदरमुकाममा हुँदै आएको प्रतियोगिता यो पटक भने जिल्ला खेलकुद विकास समितिको आयोजना र लिखुतामाकोशी गाउँपालिकाको सहआयोजनामा लिखुतामाकोशी– २ सैपुमा सम्पन्न भएको छ । जिल्ला स्तरीय प्रतियोगिताहरु सदरमुकाम […]
१० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लिखुतामाकोशीमा सुरु, तीन दिन सम्म चल्ने
रामेछाप– १० औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्लाको लिखुतामाकोशी गाउँपालिकामा बुधबार देखि सुरु भएको प्रतियोगिता ३ दिन सम्म चल्ने छ । लिखुतामाकोशी गाउँपालिकाको वडा नं २ सैपुमा सुरु भएको प्रतियोगिताको प्रतिनिधि सभा सदस्य पुर्ण बहादुर तामाङ (कान्छाराम) ले उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घानका क्रममा आफ्नो भनाई राख्दै कार्यक्रमका […]
प्रथम मन्थली नगर कपको उपाधि मन्थली- १ ले जित्यो
रामेछाप- प्रथम मन्थली नगर कप रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगिताको उपाधि मन्थली नगरपालिका वडा नं १ ले जितेको छ । मंगलबार भएको फाइनल खेलमा मन्थली नगरपालिका वडा नं १४ लाई हराउँदै मन्थली १ ले उपाधि जितेको हो । वडा नम्बर १ ले वडा नम्बर १४ लाई २५–२१, २५–२२ र २५–१७ को सोझो सेटले हराउँदै नगद […]
जीपी फाउण्डेशन रामेछापको कार्यसमिति विस्तार, नयाँ समिति ७५ सदस्यीय
रामेछाप- गिरिजा प्रसाद कोइराला फाण्डेशन रामेछापका अध्यक्षले जिल्ला कार्य समिति विस्तार गरेका छन् । फाण्डेशनका अध्यक्ष दीपक खड्काले आइतबार ७५ सदस्यीय कार्य समिति हुने गरी समितिको पदाधिकारी, कार्य सम्पादन समिति सदस्य र सदस्य सहितलाई मनोनित गरेर समिति विस्तार गरेका हुन् । समितिको कार्यकारी उपाध्यक्षमा नेत्र बहादुर के.सी., उपाध्यक्षमा टहल बहादुर कार्की, महिला उपाध्यक्षमा खमला थापामगर, […]
मन्थली नगर कप आइतबार देखि सुरु हुने
रामेछाप- मन्थली नगरपालिकाले संचालन गर्दै आएको ‘मन्थली नगर कप’ आइतबार देखि सुरु हुने भएको छ । यस अघि ‘मेयर कप’ का रुपमा संचालन हुँदै आएको प्रतियोगिताको नाम नै परिवर्तन गरेर नगर कप रुपमा आयोजना गर्न लागिएको प्रथम नगर कप आइतबार देखि सुरु हुने भएको हो । मन्थली नगर खेलकुद नगर खेलकुद समितिको निर्णयले मेयर कपलाई […]
पचास प्रतिशत अनुदानमा किसानलाई उन्नत जातको बोका–पाठी वितरण
रामेछाप- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापले पशुपालक किसानलाई पचास प्रतिशत अनुदानमा उन्नत जातको बोयर बोका/पाठी वितरण गरेको छ । परियोजनाले बाख्रा जोन लागु भएका क्षेत्रका किसानहरुलाई शनिबार उन्नत पशु नश्ल सुधार कार्यक्रम अन्तरगत (७५ प्रतिशत) बोयर जातको बोका/पाठी ५० प्रतिशत अनुदानमा वितरण गरीएको हो । बागमती प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठको […]
‘व्यवस्थापकीय पक्षलाई सुधार गरौँ, सामुदायिक विद्यालयको शिक्षामा सुधार आउँछ’– सांसद श्रेष्ठ
रामेछाप- बागमती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठले सामुदायिक विद्यालयको शिक्षालाई सुधार गर्नको लागि विद्यालयको व्यवस्थापकीय पक्षलाई सुधार गर्न जरुरी रहेको बताएका छन् । रामेछाप नगरपालिकाले अयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुक्रबार उद्घाटन सत्रमा बोल्दै प्रदेश सभा सदस्य श्रेष्ठले सामुदायिक विद्यालयमा भएको जनशक्ती, भौतिक संरचना, सेवा सुविधा लगायतका प्रमुख पक्षलाई सुधार गर्ने हो भने शिक्षामा […]












