समाचार
७७०समाचार
पृष्ठ २०
काँग्रेस शुभेच्छुक संस्था समन्वय विभाग प्रदेश प्रमुखमा उज्ज्वलराम घिमिरे
रामेछाप- नेपाली काँग्रेस बागमती प्रदेशको शुभेच्छुक संस्था समन्वय विभाग प्रमुखमा उज्ज्वलराम घिमिरे मनोनयन भएका छन् । बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले रामेछापका घिमिरेलाई शुभेच्छुक संस्था समन्वय विभाग प्रमुखमा मनोनयन गरेका हुन् । सभापति बानियाँले घिमिरेलाई नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) धारा १३ (१०) झ बमोजिम उक्त जिम्मेवारीमा प्रदान गरिएको उल्लेख गरेका छन् । शनिवार […]
नेपाल तरुण दल रामेछापको रिक्त पदमा मनोनयन
रामेछाप- नेपाल तरुण दल जिल्ला कार्य समिति रामेछापले समितिमा रिक्त रहेका पदाधिकारी तथा सदस्यहरू थप गरेको छ । शनिवार नेपाल तरुण दल जिल्ला कार्य समिति रामेछापका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) को अध्यक्षमा बसेको बैठकले रिक्त रहेका पदमा मनोनयन गरेर ८५ सदस्यीय समिति बनाएको हो । यस अघि समितिमा भएका केही पदाधिकारी तथा सदस्यहरूले राजीनामा […]
लिट्टिल स्टार स्कुलको १७ औँ एसइई ब्याचको बिदाइ
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा रहेको लिट्टिल स्टार अंग्रेजी स्कुलबाट २०८० सालमा एसइई परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई सफलताका कामना सहित विद्यालयले बिदाइ गरेको छ । शुक्रवार विद्यालयमा बिदाइ तथा परीक्षा सफलताको शुभकामना सहित विद्यालयले विद्यार्थीहरूलाई बिदाइ गरेको हो । २०५२ सालमा स्थापना भएको लिट्टिल स्टार अंग्रेजी स्कुलले २०६३ सालबाट तत्कालीन एस.एल.सी परीक्षामा सामेल हुन थालेकाे हाे […]
एउटै किसानले धेरै ठाउँमा अनुदान मात्रै लिन खोज्नु गलत हो– नगर प्रमुख श्रेष्ठ
रामेछाप– मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले एउटै किसानले धेरै निकायबाट अनुदान मात्रै लिन खोज्नु गलत भएको बताएका छन् । जिल्ला कृषि सहकारी संघ रामेछापले शनिवार योजना गरेको कृषि यान्त्रिकरण तथा कृषि उपज संकलन विक्री सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले केही किसानहरूले एउटै कामलाई देखाएर धेरै निकायबाट अनुदान लिन खोजेको बताउँदै त्यस्तो काम […]
खेलाडी विद्यार्थी पुरस्कृत
रामेछाप– रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको लिट्टिल स्टार अङ्ग्रेजी विद्यालयले खेलाडी विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ । यस अघि विद्यालयले आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगितामा भाग लिएर विजयी भएका खेलाडीहरूलाई पुरस्कृत गरेको हो । फागुन ३० गते बुधवार विद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार दिइएको थियो । विद्यालयकै अन्तर सदन स्तरीय खेलकुद प्रतियोगितामा विजयी भएका […]
व्यक्तिगत सहयोगमा स्काउट पोसाक वितरण
रामेछाप– रामेछापको सुनापति गाउँपालिका वडा नं ४ बेथानमा रहेको कुशेश्वर माविको स्काउट ट्रुपलाई व्यक्तिगत सहयोगमा स्काउट पोसाक वितरण भएको छ । नेपाली काँग्रेस रामेछापका जिल्ला कार्य समिति सदस्य एवं युवा नेता दिपेन्द्र खड्का, काँग्रेस नेतृ सरस्वती रायमाझी, समाजसेवी सुन्दर चालिसे र विष्णु केसीको आर्थिक सहयोगमा कुशेश्वर स्काउट ट्रुपका २५ जनालाई स्काउट पोसाक वितरण गरिएको हो । […]
महाशिवरात्रि पर्वमा विविध कार्यक्रमको आयोजना
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा महाशिवरात्रि पर्वको अवसरमा विविध कार्यक्रमको आयोजना भएको छ। फाल्गुन शुक्रवार मन्थलीमा रहेको ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रले विविध कार्यक्रमको आयोजना गरेको हो।बिहान मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रको भवनमा झन्डोत्तोलन गरेकी थिइन । कार्यक्रममा रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक होम बहादुर पराजुलीकाे पनि उपस्थिति रहेको थियो। त्यसै गरी दिउँसो पञ्चेबाजा […]
गेलुमा निःशुल्क पशुपन्छी शिविर, १ हजार पाँच सय पशुपन्छीको उपचार
रामेछाप– रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ गेलुमा एक दिने निःशुल्क पशुपन्छी शिविर सम्पन्न भएको छ । मन्थली नगरपालिका तथा हेफर नेपाल परियोजनाको आर्थिक तथा प्राविधिक सहयोग र पहाडी समाज कल्याण केन्द्र दोरम्बाको सहरीकरणमा शनिवार संञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता परियोजना अन्तरगत मन्थली नगरपालिका पशु स्वास्थ्य शाखाको समन्वयमा […]
हिष्टुन रामेछापको जिल्ला भेला तथा अन्तरक्रिया सम्पन्न
रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल हिष्टुन रामेछापको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अध्यक्ष केशवदत्त भट्टको अध्यक्षतामा शनिवार सम्पन्न कार्यक्रममा हिष्टुनका केन्द्रीय अध्यक्ष टिकाप्रसाद न्यौपाने, केन्द्रीय सदस्य हरकसिंह धामी, हिष्टुन बागमती प्रदेश उपाध्यक्ष मुना पोखरेल शिक्षक महासंघ रामेछापका अध्यक्ष शंकरप्रसाद ढुङ्गेल, मन्थली नगरपालिका शिक्षा शाखा प्रमुख विष्णु […]
रामेछापमा चैत्र ३ गते ‘तरुण जिल्ला सम्मेलन’
रामेछाप– नेपाल तरुण दल रामेछापले जिल्ला सम्मेलन गर्ने भएको छ । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न नेपाल तरुण दल जिल्ला कार्य समिति रामेछापको बैठकले चैत्र ३ गते ‘तरुण जिल्ला सम्मेलन’ गर्ने निर्णय गरेको हो । नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) को अध्यक्षतामा बसेको बैठकले नेपाली काँग्रेसको एउटा खम्बाको रूपमा रहेको तरुण […]
कार्य सम्पादन मूल्याङ्कनमा उमाकुण्ड पहिलो, तर अंक भार घट्दो
रामेछाप– रामेछापका ८ स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा रामेछाप जिल्लाको रामेछाप उमाकुण्ड गाउँपालिका प्रथम भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को कार्य सम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजामा रामेछापका दुई नगरपालिका र ६ गाउँपालिका मध्ये उमाकुण्ड गाउँपालिका प्रथम भएको हो । प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रारम्भिक नतिजा अनुसार गोकुलगंगा […]
विद्यालयकाे वार्षिक उत्सवकाे अवसरमा विविध कार्यक्रम
रामेछाप- रामेछाप सदरमुकाम मन्थलीमा रहेको जिल्लाकै पहिलो नीजि विद्यालय लिटिल स्टार अंग्रेजी विद्यालयले आफ्नाे २८औँ वार्षिक उत्सव विविध कार्यक्रमकाे आयाेजना गरि मनाएको छ । फागुन २ गते बुधबार श्रीपञ्चमी तथा सरस्वती पुजाकाे दिन वार्षिक उत्सव मनाएको हाे । कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक तथा सांगीतिक प्रस्तुति दिनुका साथै नृत्य देखाएका थिए । कार्यक्रममा शिक्षक, अभिभावक र […]












