समाचार
७७०समाचार
पृष्ठ १९
सन्दीप लामिछानेलाई सफाई
काठमाडौं- बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् । उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसलालाई बदर गर्दै बुधबार लामिछानेलाई सफाइ दिएको हो । यसअघि जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो ।उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले सफाइ दिएको हो ।
एमाले रामेछाप हाँक्ने नयाँ टिम: पुरुषोत्तम कडरियाको नेतृत्वमा बन्यो ९० सदस्यीय जिल्ला कमिटी
रामेछाप– नेकपा एमाले रामेछापको अध्यक्षमा पुरुषोत्तम कडरिया निर्वाचित भएका छन् । शुक्रवार साँझ सम्पन्न जिल्ला अधिवेशनमा कडरियाको नेतृत्वमा ९० सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको हो । जिल्ला कमिटीको उपाध्यक्षमा होतराज ढकाल, सचिवमा प्रकाश कुमार कार्की, उपसचिवमा मिलन कुमार घिसिङ र मखमली श्रेष्ठ निर्वाचित भएका छन् । अध्यक्ष कडरिया र सचिव कार्की सर्वसम्मत रूपमा निर्वाचित भएका […]
समृद्धि ल्याउन सरकारको एक्लो प्रयासले हुँदैन
रामेछाप- मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले नगरलाई समृद्ध बनाउन सरकारको एक्लो प्रयासले मात्रै सम्भव नहुने बताएका छन् । सोमबार जिल्ला कृषि सहकारी संघ रामेछापले आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान नथा २०८१ सालको भित्ते पात्रो लोकार्पण कार्यक्रममा आफ्नो भनाई राख्दै नगर प्रमुख श्रेष्ठले नगरलाई समृद्ध बनाउन सरकारको एक्लो प्रयासले मात्रै सम्भव नभएको […]
रामेछापमा सडक दुर्घटनाः दुईको मृत्यु, दुई घाइते
रामेछाप- रामेछापमा सडक दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । सोमबार भएका छुट्टछुट्टै दुई सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । सोमबार बिहान करिब ६ बजेको समयमा मन्थली नगरपालिका वडा नं ७ मुगीटारबाट मन्थली तर्फ आउँदै गरेको बा.प ०१–००६ ख ३८३९ […]
राजनीतिक नेतृत्व ‘अपडेट’ भएन– काँग्रेस नेता भण्डारी
रामेछाप- नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नेपाली राजनीतिको नेतृत्वलाई समय अनुसार ‘अपडेट’ गर्न नसक्दा देशमा विभिन्न संकट उत्पन्न भएको बताएका छन् । आइतबार नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (क) क्षेत्रीय कार्य समितिले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा २०८१ सालको भित्ते पात्रो विमोचन कार्यक्रममा बोल्दै नेता भण्डारीले समय अनुसार धेरै कुरा अपडेट हुँदै गएको […]
स्थानीय तहसँग नेपाल बिमा प्राधिकरण
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा स्थानीय तहसँग नेपाल बिमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल बिमा प्राधिकरणले चैत २२ गते बिहीबार स्थानीय तहका जनप्रतिनिधिहरूलाई बिमाको बारेमा जानकारी गराउँदै कार्यक्रम सम्पन्न भएको हो । नेपाल बिमा प्राधिकरणका उपनिर्देशक श्रद्धा श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बिमाको बारेमा […]
रामेछाप महोत्सवको आर्थिक विवरण सार्वजनिक, झण्डै ३५ लाखको कारोबार
रामेछाप- रामेछाप उद्योग वाणिज्य संघले बृहत् रामेछाप महोत्सव २०८० मा भएको आम्दानी र खर्च विवरण सार्वजनिक गरेको छ । संघले शुक्रवार पत्रकार सम्मेलनको आयोजन गरी महोत्सवमा भएको आम्दानी, खर्च र महोत्सवकै लागि भएका विभिन्न आर्थिक कार्यको विवरण सार्वजनिक गरेको हो । बृहत् रामेछाप महोत्सव २०८० पुस २६ गतेदेखि माघ ६ गते सम्म ११ दिन जिल्ला […]
जुनार जोगाउने अभियानमा जुनार जोनः गाउँमै बन्न थाले मिनी कोल्ड स्टोर
रामेछाप- रामेछाप जिल्ला जुनार उत्पादन हुने जिल्लाको रूपमा चिनिन्छ । कृषि क्षत्रमा काम गर्ने सरकारी कार्यालयहरूका अनुसार जुनार फल्ने समयमा रामेछाप जिल्लामा ४५ सय मेट्रिक टन सम्म जुनार फलेको तथ्यांक छ । रामेछाप जिल्लामा पछिल्ला वर्षहरूमा व्यावसायिक रूपमै जुनारको खेती गर्ने किसान बढेसँगै जुनारको उत्पादनमा समेत वृद्धि हुँदै गएको छ । जुनार उत्पादनमा वृद्धि र […]
प्रहार खबर साप्ताहिक २०८० चैत्र १८
[dflip id=”34290″][/dflip]
नेपाल निजामती कर्मचारी संगठन बागमती प्रदेश कमिटीको बैठक मन्थलीमा
रामेछाप- नेपाल निजामती कर्मचारी संगठन बागमती प्रदेश कमिटीको पाँचौँ विस्तारित बैठक रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कको सभा हलमा बैठक सम्पन्न भएको हो । सोही बैठकमा नेपाल निजामती कर्मचारी संगठमा आबद्ध कर्मचारीहरू लाई प्रशिक्षण समेत दिइएको थियो । नेपाल निजामती कर्मचारी संगठन बागमती प्रदेश कमिटीका अध्यक्ष बरूण कुमार शाहाको […]
नयाँ वर्षमा काठमाडौँ–ताँवेडाँडा ‘बाइक यात्रा’
रामेछाप- रामेछापको उत्तरी क्षत्रमा अवस्थित पर्यटकीय स्थल ताँबेडाँडाको पर्यटन प्रवर्द्धन गर्न ‘बुलेट बाइक यात्रा’ हुने भएको छ । सङ्घीय राजधानी काठमाण्डौबाट सुरु हुने बुलेट बाइक यात्रा बिपी राजमार्ग–रामेछापको सदरमुकाम मन्थली हुँदै उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको संगम स्थलमा रहेको पर्यटकीय स्थल ताँबेडाडामा पुग्ने छ । नयाँ वर्ष २०८१ सालको पहिलो दिन अर्थात् वैशाख १ गते […]
नेपाली काँग्रेस रामेछाप नगरद्वारा टाहार अग्नि पीडितलाई ६५ हजार आर्थिक सहयोग
रामेछाप– नेपाली काँग्रेस रामेछाप नगर समितिले टाहार अग्नि पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । चैत्र १ गते आगलागी हुँदा घर जलेर नष्ट भएका १३ परिवारलाई नेपाली काँग्रेस रामेछाप नगर समितिले प्रति परिवार ५ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराएको हो । नेपाली काँग्रेस रामेछाप नगर समितिको बुधवार बसेको बैठकले प्रति परिवार ५ हजारका दरले […]












