समाचार

७७०समाचार

पृष्ठ १८

  1. अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्ने खेलाडी सम्मानित

    रामेछाप– न्युजिल्याण्डमा भएको दोस्रो आईटीएफ (तेक्वान्दो) अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण पदक जितेका रुपसिंह तामाङलाई रामेछापको सुनापति गाउँपालिकाले सम्मान गरेको छ । न्युजिल्यान्डको हास्टिङ स्पोर्ट्स सेन्टरमा जुन ४ देखि भएको प्रतियोगिताको भेट्रान्स स्पेसल टेक्निकमा स्वर्ण जितेका तामाङलाई गाउँपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सम्मानित तामाङ खाँडादेवी गाउँपालिका वडा नं ७ का स्थानीय हुन् […]

  2. गोकुलगंगाको ‘एक घर एक धारा’ अभियान: यो वर्ष ४१६ ओटा धारा निर्माण

    रामेछाप– गोकुलगंगा गाउँपालिकामा चालु आव (२०८०/०८१) मा ‘एक घर एक धारा’ अभियान: यो वर्ष ४ सय १६ ओटा खाने पानीका धारा निर्माण भएका छन् । आगामी आर्थिक वर्षको लागि गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले गाउँ सभामा पेश गरेको नीति तथा कार्यक्रममा चालु आवमा गोकुलगंगा गाउँपालिकामा यो वर्ष ४ सय १६ ओटा खाने पानीका […]

  3. सुनापतिको नीति, कार्यक्रम र बजेट: गाँजा खेतीको सम्भाव्यता अध्ययन, बुद्धचित्तको खेती

    रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । सोमबार सम्पन्न सुनापति गाउँपालिकाको गाउँ सभाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम ल्याएको हो ।  गाउँपालिकाले आर्थिक विकासलाई प्राथमिकतामा राखेर कृषि, पशु सेवा, उद्यम विकास, सहकारी क्षेत्र, वैदेशिक रोजगार, पर्यटन जस्ता क्षेत्रलाई आगामी आर्थिक वर्षको नीति […]

  4. लिखुतामाकोशीको नीति तथा कार्यक्रम: आर्थिक विकास, शिक्षा र सामाजिक विकास प्राथमिकतामा

    रामेछाप– जिल्लाको लिखुतामाकोशी गाउँपालिकाले आर्थिक विकास, सामाजिक विकास, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । लिखुतामाकोशी गाउँपालिकाको १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष तथा सभाका अध्यक्ष केशव महतले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अध्यक्षले प्रस्तुत गरेको नीति तथा […]

  5. एमाले रामेछापका ८ स्थानीय तह हाँक्ने नयाँ टिम

    रामेछाप- नेकपा एमाले रामेछापको ८ ओटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । केही स्थानीय तहमा निर्वाचन र धेरै जसो स्थानीय तहमा सर्वसम्मत रूपमा सम्पन्न भएको अधिवेशनले पालिका हाँक्ने नयाँ कमिटी चयन गरेको छ । मन्थली नगरको अध्यक्षमा पुनः रामबाबु घिमिरे  मन्थली नगरपालिकामा रामबाबु घिमिरेको अध्यक्षता हाल ६९ सदस्यीय नगर कमिटी बनेको छ । मन्थली […]

  6. ‘नेसन गट ट्यालेन्टको’ उत्कृष्ट ५ मा दीपशिखा कार्की

    रामेछाप– नेशन गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) रियालिटी सो मा रामेछापकी दीपशिखा कार्की उत्कृष्ट ५ मा पर्न परेकी छिन् । रामेछापको रामेछाप नगरपालिका ८ कि दीपशिखाले देशभरिका २ हजार ४ सय प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै आफू ५ उत्कृष्टमा परेकी हुन् । मंगलबार राती ९ बजे एपि वान टेलिभिजनबाट प्रशारण हुने रियालिटी सो मा ७ प्रतिस्पर्धी […]

  7. लिट्टिल स्टार स्कुलले मनायाे विश्व वातावरण दिवस

    रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा रहेको जिल्लाकै पहिलो नीजि क्षेत्रबाट संचालित स्कुल लिट्टिल स्टार अंग्रेजी स्कुलले विभिन्न कार्यक्रम गरेर विश्व वातावरण दिवस मनाएको छ ।‌ जेठ २३ गते बुधबार विहान विद्यालय परिसरबाट शुरूभएकाे प्रभातफेरी जिल्ला समन्वय समिति हुँदै देवकोटा चाेकमा पुगेर काेणसभामा परिणत भएकाे थियाे । विद्यार्थीहरूले याे वर्षको विश्व वातावरण दिवसको मुख्य नारा ‘हाम्रो भूमि, […]

  8. विश्व वातावरण दिवसमा मन्थलीमा वृक्षारोपण

    रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ मा रहेको सानीमदाै सामुदायिक वन क्षेत्रमा वृक्षरोपण गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा बुधवार वृक्षरोपण गरिएको हाे । सामुदायिक वनका उपभोक्ता सहित जिल्लाका सराेकारवालाहरूकाे सहभागीतामा वृक्षरोपण गरिएकाे हाे । साे वन क्षेत्रमा जिल्ला वन कार्यालय रामेछापको सहयाेगमा विभिन्न किसिमका वृक्षहरू राेपिएकाे सानीमदाै सामुदायिक वन उपभोक्ता समितिका काेषाध्यक्ष […]

  9. २४ औँ विश्व दुध दिवस: रामेछापमा हाजिरी जबाफसँगै दुध खुवाएर कार्यक्रम

    रामेछाप– २४ औँ विश्व दुध दिवसमा रामेछापमा किसानमैत्री कार्यक्रमको आयोजना गरी मनाइएको छ । जिल्ला कृषि सहकारी संघको आयोजनामा शनिवार किसानमैत्री कार्यक्रम अन्तरगत दुध तथा दुध जन्य बस्तुको बारेमा विद्यार्थीहरू बीच हाजिरी जवाफ प्रतियोगिता, पशुलाई खुवाउने क्याल्सियम वितरण, कार्यक्रममा सहभागीलाई दुध खुवाउने लगायतका कार्यक्रम गरी दिवस मनाइएको हो ।  हाजिरी जवाफ प्रतियोगितामा मन्थली बजार आसपास […]

  10. रामेछापका स्थानीय तहको बेरुजु अङ्कमा सुधार, दोरम्बाशैलुङको सबै भन्दा कम बेरुजु

    रामेछाप– रामेछापका ८ स्थानीय तहको आर्थिक वर्ष २०७९/०८० मा २१ करोड ६२ लाख १९ हजार रुपैयाँ रकम बेरुजू देखिएको छ । महालेखापरीक्षकको कार्यालयले प्रकाशन गरेको ६१औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका दुई नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानीय तहको बेरुजू रकम २१ करोड ६२ लाख १९ हजार रुपैयाँ देखिएको हो । महालेखापरीक्षकको ६१औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका […]

  11. रामेछापमा माेरिङ्गा खेती विस्तार गर्ने अभियान

    रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा माेरिङ्गा खेती बिस्तार गर्ने बारेमा अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरिएकाे छ।नेपाली नाम साेइजन रहेकाे (माेरिङ्गा) भन्ने वृक्ष बहुउपयाेगी रहेकाे त्यस क्षेत्रका अनुभविहरूले बताएका छन् । जेठ ११गते शुक्रबार मन्थली स्थित फ्रीडम रिसोर्टमा आयाेजित अन्तरक्रिया कार्यक्रममा माेरिङ्गा खेती बिस्तार अभियानका अभियान्ता डा.पेट्रीक चाउले खेती बिस्तार र यसकाे फाईदा बारेमा जानकारी दिएका हुन्। ताईवानी […]

  12. प्रिन्सिपल एशोसियसन अफ नेपाल रामेछाप गठन, अध्यक्षमा शंकर बस्नेत चयन

    रामेछाप- सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको समूह ‘प्रिन्सिपल एशोसियसन अफ नेपाल रामेछाप’ गठन भएको छ । शनिबार सम्पन्न जिल्ला भरिका प्रधानाध्यापकहरूको भेलाले शंकर बहादुर बस्नेतको नेतृत्वमा २५ सदस्यीय ‘प्रिन्सिपल एशोसियसन अफ नेपाल रामेछाप’ गठन गरेको हो । उपाध्यक्षमा मिलन लामा, सचिवमा कमान सिहं तामाङ, सहसचिवमा अमृता कर्ण, कोषाध्यक्षमा छविलाल श्रेष्ठ, सदस्यहरुमा क्रमश: दिपक राज चौलागाई, सन्तोष जंग […]