समाचार
७७०समाचार
पृष्ठ १७
रामेछापको दोरम्बा शैलुङमा पहिरो: ४ घरमा क्षति, २ जना मृत भेटिए, बेपत्ताको विवरण छैन यकिन
रामेछाप– रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं ३ मा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । आइतबार बिहानको समयमा गएको पहिरोले वडा नं ३ को लेखर्कमा ३ ओटा घर पूर्ण रूपमा बगाएको र एक घर पुरिएको अवस्थामा रहेको दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले बताए । […]
मन्थलीमै चोरीका घटना बढेपछि प्रहरीको विशेष अभियान, बजारमा राती हिँड्नेलाई चेकजाँच
रामेछाप- केही वर्ष अघि देखि रामेछापका विभिन्न ठाउँमा हुँदै आएका चोरीका घटना सदरमुकाम मन्थलीमा समेत बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय रामेछापले मन्थली बजारको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन रातको समयमा चेकजाँच अभियान चलाउन थालेको छ । बजार क्षेत्रमा रातको समयमा हिँड्ने विभिन्न व्यक्तिहरूलाई सोध बुझ गर्ने र थप आवश्यक परे चेकजाँच समेत गर्ने अभियान चलाउन […]
प्रधानमन्त्री कृषि आधुनिकीकरणका सबै कार्यक्रममा बीमा
रामेछाप- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले आफ्नो कार्यालयबाट संचालन हुने कार्यक्रमहरूमा अनिवार्य बीमा गर्नु पर्ने गरी योजना अगाडि बढाएको छ । चालु आर्थिक वर्षको लागि विनियोजित सबै कार्यक्रमहरूलाई अनिवार्य बीमा गराएर किसानहरूले विभिन्न कारणले भोग्दै आएका जोखिमहरूलाई न्यूनीकरण गराउने उद्देश्य सहित परियोजनाबाट संचालन हुने अनुदानका कार्यक्रममा अनिवार्य बीमा गर्ने योजना अगाडि बढाइएको […]
राज्यमन्त्री तामाङको गृह जिल्लामा प्रतिबद्धताः विकासमा पार्टी हेर्दिन, आवश्यकता अनुसार काम गर्छु
रामेछाप- ऊर्जा, जलश्रोत तथा सिँचाई राज्य मन्त्री पूर्णबहादुर तामाङ कान्छारामले जिल्लाको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । राज्यमन्त्री भएर पहिलो पटक गृह जिल्ला रामेछापमा आएका राज्य मन्त्री तामाङले नेपाली काँग्रेस रामेछापले शनिवार सदरमुकाम मन्थलीमा आयोजना गरेर बधाई ज्ञापन कार्यक्रममा बोल्दै जिल्लाका हरेक समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन् । आफूले […]
प्रहार खबर साप्ताहिक २० साउन २०८१
[dflip id=”34534″][/dflip]
१६ वर्षको उमेरमा पञ्चायती विरुद्ध लाग्दा प्रहरी हिरासतमा पुगेका कान्छाराम ५९ वर्षमा मन्त्री
रामेछाप- समाजसेवासँगै राजनीतिमा होमिएका पूर्णबहादुर तामाङ कान्छाराम शुक्रवार संघीय सरकारको राज्यमन्त्रीमा नियुक्त भए । उनी सहित ३ जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्रीमा नियुक्त गर्दै शपथ खुवाए । तीन राज्यमन्त्री मध्ये रामेछापबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने पूर्णबहादुर तामाङ कान्छारामलाई ऊर्जा, जलश्रोत तथा सिँचाई राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ । २०७९ को निर्वाचनबाट नेपाली काँग्रेसको तर्फबाट निर्वाचित […]
पहिरोले घर पुरिदा फर्पुमा तीन किशोरीको ज्यान गयो
रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुमा पहिरोले घर पुरिदा तीन जनाको ज्यान गएको छ । बिहीबार साँझ फर्पुको पहिरे स्थित बिमन तामाङको घरमा पहिरोले पुरिदा तीन जना किशोरीको ज्यान गएको हो । ज्यान जानेहरूमा १८ वर्षकी सिता तामाङ, १५ वर्षकी आसिका दोङ र १३ वर्षकी लक्ष्मी तामाङ रहेको घटना स्थलमै रहेका गोकुलगंगा गाउँपालिका […]
रामेछापमा जातीय भेदभावको अन्त्य र अधिकार प्रवर्द्धनका लागि पहिलो पटक बन्यो सरकारी संयन्त्र
रामेछाप- रामेछापमा पहिलो पटक जातीय भेदभाव र छुवाछूतको अन्त्य तथा दलित अधिकार प्रवर्द्धन गराउने उद्देश्यले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सरकारी संयन्त्र बनेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेका बैठकले जातीय भेदभाव र छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवर्द्धन सम्बन्धी कार्यविधि, २०७३ अनुसार जिल्ला स्तरीय संयन्त्र बनेको हो […]
पत्रकार महासंघमा २ ताला: एउटा खुल्यो, अर्को खुलेन
रामेछाप– नेपाल प्रेस युनियन रामेछापले नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापमा लगाएको ताला खोलेको छ । युनियनले एक प्रेस विज्ञप्ति जारी गर्दै जेठ १५ गते देखि लगाएको ताला मंगलवार खोलेको हो । नेपाल पत्रकार महासंघको सदस्यताको विषयलाई लिएर नेपाल प्रेस युनियन रामेछापले नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको कार्यालयमा आफ्ना विभिन्न मागहरू राख्दै तालाबन्दी गरेको […]
दुर्गम गाउँ ठोसेमा भिडियो एक्स-रे सहित स्वास्थ्य शिविर: २ सय ८२ जनाले पाए निःशुल्क सेवा
रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ८२ जनाले आफ्नो स्वास्थ्य परिक्षण सहित उपचार गराएका छन् । गोकुलगंगा गाउँपालिका वडा नं २ को कार्यालय ठोसेको सहकार्यमा दोलखाको लालीगुराँस सामुदायिक अस्पतालले बुधवार सञ्चालन गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगबाट पीडित भएका स्थानीयले स्वास्थ्य परिक्षण सहित उपचार […]
सुनापतिको आव २०८०/०८१: लक्ष्य भन्दा बढी राजश्व संकलन, १ सय २५ योजना सम्पन्न
रामेछाप– सुनापति गाउँपालिकाले गएको आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्य भन्दा बढी राजश्व उठाउने देखि नीति तथा कार्यक्रममा समेटिएका १ सय २५ योजनाहरू सम्पन्न गर्ने सम्मका काम गरेको छ । सुनापति गाउँपालिकाबाट आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न भएका आफ्ना वार्षिक कार्यक्रम, बजेट, खर्चको अवस्था, सेवाको गुणस्तरीयता, विकास निर्माण आयोजना र त्यसको प्रभावका विषयमा सोमवार आयोजित सार्वजनिक […]
तेक्वान्दोमा अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्ने खेलाडीलाई सम्मान
रामेछाप– न्युजिल्याण्डमा भएको दोस्रो आईटीएफ (तेक्वान्दो) अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण पदक जितेका रुपसिंह तामाङलाई रामेछापको सुनापति गाउँपालिकाले सम्मान गरेको छ । न्युजिल्यान्डको हास्टिङ स्पोर्ट्स सेन्टरमा जुन ४ देखि भएको प्रतियोगिताको भेट्रान्स स्पेसल टेक्निकमा स्वर्ण जितेका तामाङलाई गाउँपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सम्मानित तामाङ खाँडादेवी गाउँपालिका वडा नं ७ का स्थानीय हुन् […]












