हिष्टुन रामेछापको जिल्ला भेला तथा अन्तरक्रिया सम्पन्न

रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल हिष्टुन रामेछापको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अध्यक्ष केशवदत्त भट्टको अध्यक्षतामा शनिवार सम्पन्न कार्यक्रममा हिष्टुनका केन्द्रीय अध्यक्ष टिकाप्रसाद न्यौपाने, केन्द्रीय सदस्य हरकसिंह धामी, हिष्टुन बागमती प्रदेश उपाध्यक्ष मुना पोखरेल शिक्षक महासंघ रामेछापका अध्यक्ष शंकरप्रसाद ढुङ्गेल, मन्थली नगरपालिका शिक्षा शाखा प्रमुख विष्णु […]

हिष्टुन रामेछापको जिल्ला भेला तथा अन्तरक्रिया सम्पन्न

रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल हिष्टुन रामेछापको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अध्यक्ष केशवदत्त भट्टको अध्यक्षतामा शनिवार सम्पन्न कार्यक्रममा हिष्टुनका केन्द्रीय अध्यक्ष टिकाप्रसाद न्यौपाने, केन्द्रीय सदस्य हरकसिंह धामी, हिष्टुन बागमती प्रदेश उपाध्यक्ष मुना पोखरेल शिक्षक महासंघ रामेछापका अध्यक्ष शंकरप्रसाद ढुङ्गेल, मन्थली नगरपालिका शिक्षा शाखा प्रमुख विष्णु अधिकारी, मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. टंकप्रसाद दाहाल, लगायतका वक्ताहरूले मन्तव्य राख्दै तत्कालीन उच्च माध्यमिक तहका शिक्षकहरूको हक अधिकारलाई सुरक्षित गर्न सरकारले स्पष्ट नीति नियम बनाएर कार्यान्वयन गर्नु पर्ने बताएका छन् ।

तत्कालीन उच्च माध्यमिक तहका शिक्षकहरूलाई राज्यले उचित स्थान दिनुपर्ने उनीहरूको भनाई थियो । त्यस्तै कार्यक्रममा संगठन स्थापनाको लागि महत्त्वपूर्ण योगदान दिएका हिष्टुन रामेछापका पूर्व अध्यक्ष नारद कुमार थापा र हिष्टुन बागमती प्रदेशका पूर्व उपाध्यक्ष राजेन्द्र दुरालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा रामेछाप जिल्लाका आठ वटै स्थानीय तहमा चयन भएका हिष्टुनका स्थानीय तहका संयोजकहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ । जसमा मन्थली नगरपालिका संयोजक हर्क भुजेल, रामेछाप नगरपालिका ढुण्डिराज कोइराला, उमाकुण्ड गाउँपालिका संयोजक सुनिल बस्नेत, गोकुलगंगा गाउँपालिकामा राकेश भट्ट, लिखुतामाकोशी गाउँपालिकामा धर्मेन्द्र कुमार यादव, खाँडादेवी गाउँपालिकामा कृष्णदत्त वाग, दोरम्बाशैलुङ्ग गाउँपालिकामा प्रकाश घिमिरे र सुनापति गाउँपालिका संयोजक विजय यादवलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

समाचार का थप समाचार