समाचार

७७०समाचार

पृष्ठ २१

  1. नेल्टा रामेछापको अध्यक्षमा हस्त लामा

    रामेछाप- नेपाल अंग्रेजी भाषा शिक्षकहरुको संगठन (नेल्टा) रामेछापको अध्यक्षमा हस्त बहादुर लामा सर्वसहमतिले चयन भएका छन । माघ २७ गते शनिबार सदरमुकाम मन्थलीमा भएको वार्षिक साधारण सभाबाट लामा अध्यक्ष बनेका हुन । उपाध्यक्षमा गणेश श्रेष्ठ, सचिव बद्री अधिकारी, सहसचिव ऋषि कार्की र कोषाध्यक्षमा रमिता राय लामा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः माेलिलाल लामा,अमृता […]

  2. दुई पांग्रे र चार पांग्रे सवारी साधनको प्रयोगात्मक परीक्षा खुर्कोटमै

    खुर्कोट- सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नम्बर ७ खुर्कोटमा रहेको यातायात ब्यवस्था कार्यालयले पूर्णता पाएको छ । शुक्रबार एक समारोहकाबीच बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले ट्रायल सेन्टरको उद्घाटन गरेसँगै कार्यालयले पूर्णता पाएको हो । ट्रायल सेन्टर उद्घाटन गर्दै मन्त्री लम्सालले प्रयोगात्मक परीक्षालाई भरपर्दो र मर्यादित बनाउन कर्मचारी, प्रहरी र ट्रायल […]

  3. लिखु-२ जलविद्युत आयोजनाको लापरबाहीले जलाउँदै गरेको लास नदीले बगायो 

    रामेछाप- रामेछाप र सोलुखुम्बुको सिमाना भएर बग्ने लिखु नदीमा निर्माणाधीन अवस्थामा रहेको लिखु-२ जलविद्युत आयोजनाको लापरबाहीले घाटमा जलाउँदै गरेको लास नदीले बगाएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका एक स्थानीयको लास शनिवार साँझ बाल्दिङस्थित मार्बु दोभानमा  रहेको घाटमा जलाउने क्रममा आयोजनाले स्थानीलाई थाहा नदिई पानीको बहाव बढ्ने गरी पानी खोलिदिएपछि जलाउँदै गरेको […]

  4. उमाकुण्ड गाउँपालिकाको १५औँ गाउँ सभा सम्पन्न 

    रामेछाप- उमाकुण्ड गाउँपालिकाको १५औँ गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिको आर्थिक ऐन २०८० लाई संशोधन सहित विभिन्न महत्त्वपूर्ण विषयमा छलफल गर्दै १५ औँ गाउँ सभा आइतबार सम्पन्न भएको हो ।  गाउँ सभाका सदस्यहरूले चालु आर्थिक वर्षका लागि विनियोजित योजनाहरूको हाल सम्मको अवस्था कस्तो रहेको र चाँडो कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिँदै गाउँ सभाका अध्यक्ष […]

  5. स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणको लागि महोत्सव- अध्यक्ष थापामगर

    रामेछाप– रामेछाप उद्योग वाणिज्य संघ रामेछापका अध्यक्षले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले वृहत् रामेछाप महोत्सवको आयोजना गर्न लागिएको बताएका छन् । बिहीबार देखी सुरु भएको ११ दिने वृहत् रामेछाप महोत्सवको उद्घाटन सभामा आफ्नो भनाई राख्दै अध्यक्ष थापामगरले रामेछापको स्थानीय उत्पादन कृषिजन्य बस्तुको प्रचार प्रसार अभाव र बजारीकरण गर्न नसकेर आर्थिक रूपमा समेत […]

  6. ‘चाउचाउ र बिस्कुट बेच्नेलाई उद्योगी मान्नेले किसानलाई पनि उद्योगी मान्नु पर्छ’– मुख्यमन्त्री जम्कट्टेल

    रामेछाप- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अहिले उद्योग वाणिज्य महासंघले चाउचाउ र बिस्कुट बेच्नेलाई मात्रै उद्योगी मान्दै आएकाले त्यसलाई त्यागेर एउटा किसानलाई पनि उद्योगी मान्नु पर्ने बताएका छन् । रामेछापको सदरमुकाम मन्थलीमा बिहीबार देखि सुरु भएको वृहत् रामेछाप महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले उद्योग वाणिज्य महासंघले अन्य मुलुकमा उत्पादन भएर नेपाल आएका बस्तु विक्री […]

  7. दीप बहादुर स्मृति प्रतिष्ठानद्वारा  विद्यार्थीलाई पोसाक र पुस्तकालयलाई पुस्तक वितरण 

    रामेछाप– दीप बहादुर कार्की स्मृति प्रतिष्ठानले विभिन्न विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, खाजाको लागि पैसा, इन्टरनेट शुल्क र विद्यालयको पुस्तकालयलाई विभिन्न पुस्तक सहयोग गरेको छ । रामेछाप नगरपालिकाको वडा नं ७ सुकाजोरमा रहेको प्रतिष्ठानले सोही वडामा रहेका २ विद्यालयमा अध्ययनरत विद्यार्थी र रामेछाप नगरपालिका वडा नं ८ मा रहेको अर्को विद्यालयको पुस्तकालयलाई विभिन्न पुस्तक सहयोग गरेको […]

  8. रामेछापको विकासलाई प्राथमिकतामा राख्छु– प्रधानमन्त्री दाहाल

    रामेछाप- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रामेछापको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । बिहीबार रामेछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनमा आफ्नो भनाई राख्ने क्रममा प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएको बेला सडक पूर्वाधारको लागि आवश्यक पर्ने आर्थिक सुनिश्चितता, ठुला जलविद्युत आयोजनाको काम सुरु, सिँचाई र खानेपानीको प्रबन्ध, पर्यटकीय क्षेत्रको विकास, कृषि क्षेत्रलाई परियोजनाकै रूपमा विकास […]

  9. रामेछापको ओख्रेनी ‘जुनार हब’ को रूपमा विकसित हुँदै, एउटै वडामा १० करोड बढीको जुनार

    रामेछाप– रामेछाप जिल्लाको झण्डै ५१ हजार हेक्टर जमिनमा खेती हुने तथ्यांक कृषि ज्ञान केन्द्रसँग छ । जिल्लामा खेती योग्य जमिनको तथ्यांक अनुसार अहिले खेती हुन छाडेको धेरै भइसक्यो । पहिला खेती उब्जनी हुने अधिकासं जमिन अहिले बाँझो जमिनमा परिणत हुन थालिसकेका छन् । अहिले गाउँमा पुग्ने हो भने खेती योग्य जमिन जङ्गलमा परिणत हुन थालेको […]

  10. सुनापति गाउँपालिकाको प्रशासकीय भवन बिहीबारदेखि संचालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

    रामेछाप- रामेछापको सुनापति गाउँपालिकाको नयाँ बनेको प्रशासकीय भवन संचालनमा आउने भएको छ । आर्थिक वर्ष २०७७/०७८ बाट निर्माण कार्य सुरु भएको भवन हाल निर्माण सम्पन्न भएर संचालनमा आउने भएको हो । भवन निर्माणको लागि गएका आर्थिक वर्षहरूमा एकै पटक पर्याप्त बजेट नभएको कारण पटक–पटकको बजेटबाट निर्माण कार्य गर्नु पर्ने भएकाले प्रशासकीय भवन बन्न ढिला भएको […]

  11. रामेछाप–७ सुकाजोरका ७ सय बढी किसानलाई परिचय पत्र, निःशुल्क मल वितरणलाई निरन्तरता

    रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले चालु आर्थिक वर्षको सुरु देखि सम्ममा वडाबाट भएका विकास निर्माणको अवस्था, वडाबाट प्रवाह भएका सेवा प्रवाहको गुणस्तरीयता र वडा नं ७ मा नगरबाट संचालनमा रहेका विभिन्न योजनाहरूको बारेमा सार्वजनिक सुनुवाइ मार्फत स्थानीय नागरिकको सहभागितामा सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को हाल सम्ममा वडा तथा […]

  12. रामेछाप नगरको घोषणा: राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण जित्नेलाई ५ हजार, उपाधि जिते १ लाख

    रामेछाप- रामेछाप नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेमा एक लाख पुरस्कार दिने घोषणा गरेको छ । छैटौँ रामेछाप नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख लवश्री न्यौपानेले पौष २१ गतेबाट हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रामेछाप नगरपालिकाले जितेमा एक लाख पुरस्कार दिने घोषणा गरेका हुन् […]