समाचार
७७०समाचार
पृष्ठ २२
रामेछाप नगरपालिकालाई विकासमा पछि पार्ने छैन– कान्छाराम
रामेछाप- प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ कान्छारामले रामेछाप नगरपालिकालाई आफ्नो कार्यकाल भरी सधैँ पहिलो नम्बरमा राखेर विकासमा साझेदार बन्ने बताएका छन् । शनिवार सम्पन्न रामेछाप नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तामाङले आफ्नो कार्यकाल भरी रामेछाप नगरपालिकाको विकासमा नगरपालिका र नगरवासीहरूसँग साझेदार गर्दै विकास गर्ने बताएका हुन् । कार्यक्रमका […]
रामेछाप नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकर माविलाई
रामेछाप- रामेछाप नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकर माविले जितेको छ । शनिवार सम्पन्न छैटौँ रामेछाप नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सबै भन्दा बढी स्वर्ण सहित ८५ पदक जित्दै प्रतियोगिताको उपाधि गौरीशंकर माविले जितेको हो । प्रतियोगितामा रामेछाप नगरपालिका वडा नं ८ मा रहेको गौरीशंकर माविले ३३ स्वर्ण, २७ रजत र २५ कास्य गरी […]
सुनापति गाउँपालिकाले पालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराउने
रामेछाप- रामेछापको सुनापति गाउँपालिकाले सुनापति गाउँपालिकाका आम नागरिक, पालिका भित्र कार्यरत सरकारी कर्मचारी र गाउँपालिका भित्रै कार्यक्षेत्र रही कार्यरत वित्तीय संस्थाका कर्मचारीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । सुनापति गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापसँगको सहकार्यमा रामेछाप, काभ्रेपलान्चोक, काठमाडौँ, भक्तपुर र ललितपुरका स्वास्थ्य संस्थाहरूमा उपचार गराउँदा सुनापति गाउँपालिकाका स्थानीय, पालिका भित्र कार्यरत सरकारी […]
काँग्रेस नेता राजनारायण श्रेष्ठको निधन
रामेछाप– नेपाली काँग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको निधन भएको छ । श्रेष्ठको मंगलबार राती काठमाण्डौमा हृदयाघातबाट निधन भएको हो । श्रेष्ठ आफैले संचालन गर्दै आएको होटलमा उनलाई मंगलबार राती करिब ८ः३० बजे हृदयाघात भएको र उपचारको लागि किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको भए पनि बचाउन नसकिएको नेपाली काँग्रेस रामेछाप प्रदेश सभा […]
गोकुलगंगा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
रामेछाप- गोकुलगंगा गाउँपालिका अन्तर माध्यमिक तह स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका भित्रका सबै मावि र मावि तहमा अध्ययनरत विद्यार्थी सहभागि हुने प्रतियोगिता गाउँपालिकाको वडा नं २ ठोसेमा शनिवार देखि सुरु भएको हो । गोकुलगंगा गाउँपालिकाको आयोजना तथा शारदा मावि ठोसेको व्यवस्थापनमा संचालन भएको प्रतियोगितामा वडा नं १ देखि वडा […]
रामेछापमा वैदेशिक रोजगारीको ग्राफः एक वर्षमा साढे सात हजार युवा बिदेसिए
रामेछाप- रामेछापबाट वैदेशिक रोजगारीमा जानेको संख्या वार्षिक रूपमै वृद्धि हुँदै गएको छ । बितेका दुई वर्षलाई तुलना गर्ने हो भने अघिल्लो वर्ष भन्दा पछिल्लो वर्ष रामेछापबाट श्रम स्वीकृति लिएर जानेको संख्या १५ प्रतिशतले वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७८/०७९ मा रामेछापबाट ५ हजार ५ सय ४० जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए […]
प्राकृतिक सुन्दरता र धार्मिक स्थलको प्रचारको लागि गुम्देलमा खेलकुद– अध्यक्ष सुनुवार
रामेछाप– उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले गुम्देलको प्राकृतिक सुन्दरता र धार्मिक पर्यटकीय क्षेत्रको प्रचार प्रसारको लागि गुम्देलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिएको बताएका छन् । आइतबार देखि उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देलमा सुरु भएको चौथो उमाकुण्ड गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्दै अध्यक्ष सुनुवारले गुम्देलको प्राकृतिक सुन्दरता र धार्मिक पर्यटकीय क्षेत्रको प्रचार […]
रामेछाप जेसिज वर्ष २०२४ को अध्यक्षमा सन्तोष खत्री निर्वाचित
रामेछाप- रामेछाप जेसिज वर्ष २०२४ को अध्यक्षमा सन्तोष खत्री निर्वाचित भएका छन् । शुक्रवार मन्थलीमा सम्पन्न ९ औँ शाखा अधिवेशनबाट खत्री अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै गरी कार्यकारिणी उपाध्यक्षमा कुमार श्रेष्ठ र संगीता श्रेष्ठ निर्वाचित भएका छन् भने उपाध्यक्षमा क्रमशः मनीषा काफ्ले, सरल घिमिरे, ईश्वर अधिकारी र अमन बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् […]
लिखुतामाकोशीको निःशुल्क आँखा शिविरमा २ सय बढीले लिए सेवा
रामेछाप- लिखुतामाकोशी गाउँपालिकाले आयोजना गरेको निःशुल्क आँखा शिविरमा २ सय बढीले सेवा लिएका छन् । लिखुतामाकोशी गाउँपालिकाको आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा गाउँपालिकाको वडा नं ६ खिम्तीमा संचालन भएको शिविरमा २ सय ७ जनाले सेवा लिएका हुन् । प्राथमिक स्वास्थ्य केन्द्र खिम्तीमा बुधवार संचालन गरिएको शिविरमा विशेषज्ञ टोलीले आँखा जाँच गर्ने क्रममा १६ […]
सुनकोशी अस्पताल खुर्कोटमा दाँतको उपचार गर्न अत्याधुनिक मेसिन ओपीजी भित्रियो, १ हजारमा एक्सरे
खुर्कोट- सिन्धुलीको खुर्कोटमा रहेको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटले दाँत उपाचरको लागि अत्याधुनिक मेसिन सहित दन्त सेवा पनि सुरु गरेको छ । समुदायद्वारा स्थापित अस्पतालले सिन्धुली सहित रामेछाप, ओखलढुङ्गा, दोलखा, सोलुखुम्बु, तराइका केही जिल्ला लगायत आसपासका विभिन्न जिल्लाका सेवाग्राहीलाई लक्षित गरी विशेष एक्स-रे मेसिन ओपीजी (मुखभित्रका सबै दाँतको अवस्था देखाउन सक्ने) सहित बिहीबार देखि दन्त सेवा […]
रामेछाप जिल्ला सहकारी संघद्वारा एक सहकारी, एक अभियन्ता र एक व्यवस्थापक सम्मानित
रामेछाप- रामेछाप जिल्ला सहकारी संघद्वारा एक सहकारी, एक सहकारी अभियन्ता र एक सहकारी व्यवस्थापक सम्मानित भएका छन् । संघको शनिवार सम्पन्न छैठौँ साधारणसभामा सङ्घमा आबद्ध भएका १ सय ९९ सय सहकारी मध्ये सहकारी तर्फ नवजागरण बचत तथा ऋण सहकारी संस्था, सहकारी अभियन्ता तर्फ जनहित कोष बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मुकुन्द प्रसाद कडरिया र […]
सहकारीले हाइड्रोपावरमा लगानी गर्नु पर्छ– प्रतिनिधि सभा सदस्य कान्छाराम
रामेछाप- प्रतिनिधि सभाका सदस्य पूर्णबहादुर तामाङ कान्छारामले सहकारीले हाइड्रोपावरमा लगानी गर्नु पर्ने बताएका छन् । शनिवार रामेछाप जिल्ला सहकारी संघको छैठौँ साधारणसभामा बोल्दै प्रतिनिधि सभा सदस्य तामाङले सहकारीले गरेको लगानी उत्पादनमूलक क्षेत्रमा भन्दा पनि अन्य क्षेत्रमा बढी लगानी भएको बताउँदै देशको आर्थिक समृद्धिको लागि भए पनि सहकारीले उत्पादन दिने क्षेत्र हाइड्रोपावरमा लगानी गर्नु पर्ने बताएका […]












