समाचार

७७०समाचार

पृष्ठ २३

  1. गाउँका खेतीयोग्य जमिन बाँझै, धेरैजसाे जमिन जंगलमा परिणत

    रामेछाप- पछिल्ला केही वर्षदेखि रामेछापका ग्रामीण भेगका खेतीयोग्य जमिन समेत बाँझो हुँदै जंगलमा परिणत हुने क्रम बढ्दै गएको छ । खेतीयोग्य जमिनमा काम गर्ने जनशक्ति नहुँदा जिल्लाका ग्रामीण क्षेत्रका बहुमूल्य खेतीयोग्य जमिन बाँझो हुँदै जंगलमा परिणत हुन थालेको हो । ग्रामीण क्षेत्रका मानिसहरूको शहर मोह र युवाहरूमा वैदेशिक रोजगारीको मोह बढ्नु नै गाउँका उत्पादन योग्य […]

  2. यूएइलाई ८ विकेटले हराउँदै नेपाल ट्वान्टी–२० विश्वकपमा

    काठमाडौँ- ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल ट्वान्टी–२० विश्वकपमा प्रवेश गरेको छ । यो जितसँगै नेपाल अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने विश्वकपमा खेल्न पाउने छ । शुक्रबार मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल फाइनलसँगै विश्वकपमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको […]

  3. पाइलट कुटाकुट प्रकरण: रामेछाप विमानस्थलका प्रमुख निलम्बित, पाइलटको लाइसेन्स पनि निलम्बनमा

    रामेछाप– नागरिक उड्डयन प्राधिकरणले रामेछाप विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ । प्राधिकरणले शुक्रवार विमानस्थल परिसरमा तारा एयरका दुई पाइलटबीच भएको कुटाकुटको छानबिन गर्नका लागि विमानस्थल प्रमुख अशोक थापालाई निलम्बन गरेको हो । नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै उल्लेख गरेको छ– ‘रामेछाप विमानस्थल परिसरमा तारा एयरका दुई वरिष्ठ पाइलटबीच आज भएको विवादको विस्तृत अनुसन्धान गर्न […]

  4. रामेछाप काँग्रेस प्रदेश सभा (क) ले आयोजना गर्‍यो शुभकामना आदान प्रदान

    रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (क) क्षेत्रीय कार्यसमितिले विजया दशमी तथा शुभ दीपावलीको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । सोमबार बिहान सदरमुकाम मन्थलीमा काँग्रेस नेता तथा कार्यकर्ताहरुको सहभागितामा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।  नेपाली काँग्रेस प्रदेश सभा (क) क्षेत्रीय कार्यसमितिका सभापति निरोज खड्काको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान […]

  5. अर्थ मन्त्रीलाई सडकमा रोकेर अध्यक्षको माग: पालिकाको केन्द्र सम्म पिच चाहियो

    रामेछाप- असोज २८ गते आइतबार बिहानको करिब १० बजेको थियो । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत उपाध्यक्ष सहित विभिन्न वडाका वडाध्यक्ष र स्थानीयलाई लिएर सदरमुकाम मन्थलीबाट गाउँपालिकाको केन्द्र पुग्ने मूल सडकमा बसेका थिए । सडकमा गाडी गुड्दा धुलाम्मे हुने ठाउँमा कसैलाई कुरेर बसेको जस्तो देखिने अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू र स्थानीयहरू सबैको हातमा फुलका माला […]

  6. बागमतीमा खेलकुदको क्षेत्रमा देखिने गरी विकास हुन्छ– मन्त्री बहादुर सिं लामा

    रामेछाप– बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले बागमती प्रदेशमा खेलकुदको क्षेत्रमा देखिने गरी विकास गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल विद्यार्थी संघ रामेछापले आयोजना गरेको बागमती प्रदेश स्तरीय ‘प्रथम नेविसंघ कप–२०८०’ को उद्घाटन गर्दै बागमती प्रदेशमा हुने हरेक विकाससँगै खेलकुदको विकास पनि अब देखिने गरी गर्ने प्रतिबद्धता जनाएका हुन् ।  मन्त्री […]

  7. मन्थलीका कपडा पसलमा छैन मूल्यसूची, दशैंको मुखमा ठगिँदै छन् ग्राहक

    रामेछाप- नेपालीहरूको ठुलो चाड दशैं सुरु भइसकेको छ भने तिहार पनि नजिकिँदै छ । यो बेला अधिकांश नेपालीले आफ्नो परिवारलाई केही–केही कपडा किन्ने गर्छन् । यो हाम्रो परम्परा नै बनिसकेको छ । तर, कपडा किन्नुअघि आम उपभोक्ता सचेत बन्न जरुरी छ । एक प्रकारले भन्ने हो भने यही अवस्थामा मन्थली बजारमा कपडा किन्ने हो भने […]

  8. रामेछापमा प्रथम प्रदेश स्तरीय ‘नेविसंघ कप–२०८०’ आइतबारबाट सुरु हुने 

    रामेछाप- नेपाल विद्यार्थी संघ रामेछापले प्रदेश स्तरीय प्रथम नेविसंघ कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । विजया दशमी तथा शुभ दीपावलीको अवसर पारेर असोज आइतबार देखि प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको हो । नेपाल विद्यार्थी संघ रामेछापले शनिवार पत्रकार सम्मेलन गरी आइतबार देखि हुने आयोजनाको सबै तयारी पुरा […]

  9. पत्रकार युवराज श्रेष्ठ सम्मानित

    रामेछाप– पत्रकार युवराज श्रेष्ठ नगद पुरस्कार सहित सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ रामेछापका कोषाध्यक्ष तथा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका अध्यक्ष समेत रहेका श्रेष्ठलाई मन्थली बचत तथा ऋण सहकारी संस्थाले शनिवार २६ औँ वार्षिक साधारण सभाको अवसरमा नगद पाँच हजार सहित सम्मान गरेको हो । पत्रकारिता मार्फत सहकारी अभियानलाई नागरिकको तह […]

  10. मन्थली बचतको २६ वर्षे यात्राः १ अर्ब १४ करोड बढीको कारोबार, एक वर्षको नाफा ५८ लाख

    रामेछाप– २६ वर्ष अघि मन्थलीमा स्थापना भएको मन्थली बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १ अर्ब माथि पुगेको छ । शनिवार सदरमुकाम मन्थलीमा सम्पन्न २६ औँ साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन अनुसार २६ वर्ष अघि स्थापना भएको मन्थली बचतको कुल सम्पत्ति १ अर्ब १४ करोड ८८ लाख १७ हजार ३ सय ४४ रुपैयाँ […]

  11. मन्थलीमा राइजिङ स्टार यूथ क्लबको आयोजनामा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने

    रामेछाप– राइजिङ स्टार यूथ क्लबले दसैँ तिहारको अवसर पारेर जिल्ला खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । मन्थली नगरपालिका वडा नं ३ ठुली मदौमा रहेको राइजिङ स्टार यूथ क्लब र मन्थली नगरपालिका वडा नं ३ को संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।  दसैँ, तिहार तथा छठको शुभकामना आदान प्रदानसँगै कार्तिक १ गते देखि […]

  12. उमाकुण्डमा सबै सेवा गाउँमै, कार्यवाहक अध्यक्ष भन्छिन्– ‘नागरिकका अपेक्षा पुरा गर्दै छौँ’

    रामेछाप– उमाकुण्ड गाउँपालिकाले एकीकृत घुम्ती शिविर मार्फत पालिकाबाट प्रवाह हुने सेवा गाउँ–गाउँमै पुर्‍याएको छ । गाउँपालिकाको केन्द्रबाट प्रवाह हुने विभिन्न सेवा र जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा सहितको एकीकृत घुम्ती शिविर लिएर गाउँपालिका बिहीबार देखि गाउँ–गाउँमा पुगेको हो ।  गाउँपालिकाबाट प्रवाह हुने नयाँ व्यवसाय दर्ता, व्यवसाय इजाजत पत्र जारी, व्यवसाय प्रमाणपत्र नवीकरण, सामान्य स्वास्थ्य […]