समाचार

७७०समाचार

पृष्ठ २४

  1. लिखुतामाकोशीमा चाडपर्व लक्षित बजार अनुगमन, अस्वाभाविक मूल्य वृद्धि गरे कारबाही हुने

    रामेछाप– लिखुतामाकोशी गाउँपालिकामा चाडपर्व लक्षित बजार अनुगमन भएको छ । पालिकाको मुख्य मुख्य बजार केन्द्रका बजारमा खाद्यवस्तु, कपडा लगायतका सामाग्रीमा कृत्रिम अभाव देखाएर मूल्य वृद्धि हुन सक्ने र म्याद गुज्रेका सामाग्री विक्री वितरण हुन सक्ने तर्फ ध्यान दिँदै गाउँपालिकाले बजार अनुगमन गरेको हो ।  गाउँपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयका […]

  2. गर्नै नसक्ने मूल्यमा ठेक्का लिँदा निर्माण व्यवसायीको छवि र घरबार दुवै बिग्रन्छ– अध्यक्ष सिंह

    रामेछाप- नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष रवि सिंहले गर्नै नसक्ने मूल्यमा ठेक्का लिँदा निर्माण व्यवसायीको छवि र घरबार दुवै बिग्रने बताएका छन् । शनिवार रामेछाप निर्माण व्यवसायी सङ्घको १४औँ वार्षिक साधारण सभामा बोल्दै केन्द्रीय अध्यक्ष सिंहले निर्माण व्यवसायीहरूले काम नगरी बस्दा केही समस्या नआउने तर, अति घटी मूल्यमा काम जिम्मा लिएर गर्न नसक्दा व्यवसायीहरूको […]

  3. ‘निर्माण क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारसँग माग गरिरहेको छु’– सासंद तामाङ

    रामेछाप- प्रतिनिधि सभाका सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले पछिल्लो समय निर्माण क्षेत्रमा देखिएका समस्या समाधानको लागि सरकारसँग माग गरिरहेको बताएका छन् । रामेछाप जिल्ला निर्माण व्यवसायी संघको १४औँ वार्षिक साधारण सभामा बोल्दै प्रतिनिधि सभा सदस्य तामाङले सार्वजनिक खरिद सम्बद्ध ऐन तथा नियम संशोधन गर्दा देखिएका समस्या देखि देशमा आएको आर्थिक सङ्कटका कारण निर्माण क्षेत्रमा परेको […]

  4. विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की निर्वाचित

    रामेछाप- विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की निर्वाचित भएकी छिन् ।जिल्ला अधिवेशनबाट कार्की निर्विरोध निर्वाचित भएकी हुन् । जिल्लाका सबै नगरपालिका र गाउँपालिकाको अधिवेसन सम्पन्न पछि जिल्ला शाखाको सदस्य चयन गर्ने जिल्ला कार्यसमिति रामेछापले जानकारी दिएको छ ।मुलुकलाई हिन्दु राज्य घोषणाको माग गर्दै आफ्ना विभिन्न क्रियाकलाप अगाडी बढाउदै आएको विश्व हिन्दु महासंघले […]

  5. विश्व हिन्दु महासंघ रामेछापको अध्यक्षमा रामचन्द्र अधिकारी निर्वाचित

    रामेछाप- विश्व हिन्दु महासंघ रामेछापको धार्मिक सम्मेलन तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ । धार्मिक सम्मेलन सँगै भएको जिल्ला अधिवेशन बाट अध्यक्षमा रामचन्द्र अधिकारी सर्वसम्मत चयन भएका छन् । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रामप्रसाद घिमिरे, महिला उपाध्यक्षमा सरिता खड्का क्षेत्री, उपाध्यक्ष खुल्ला तर्फ वेद कुमार श्रेष्ठ, सचिवमा प्रकाश न्यौपाने, सहसचिवमा जय प्रकाश प्रधान, योगेश न्यौपाने र […]

  6. मन्थलीको सिद्धेश्वर आविमा विद्यार्थीको स्वास्थ्य परीक्षण

    मन्थली नगरपालिका–६ भलुवाजोरको सिद्धेश्वर आधारभूत विद्यालय हात्तिटारले विद्यालयमै विद्यार्थीको स्वास्थ्य परीक्षण गराएको छ । वडा कार्यालयसँगको समन्वयमा मन्थलीस्थित तामाकोसी अस्पताल र रन नेपाल यूकेको प्राविधिक सहयोगमा विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको हो । मङ्गलबार विद्यालयमै आयोजना गरिएको स्वास्थ्य शिविरमा नाक, कान, घाँटी, आँखा, छाती, पेट, जोड्नीहरु र छाला सम्बन्धी निःशुल्क स्वास्थ्य जाँच गरिएको सिद्धेश्वर आधारभूत विद्यालयका […]

  7. दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक थलोमा राजनीति हुनु हुँदैन– प्रतिनिधि सभा सदस्य तामाङ

    रामेछाप– प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले मुलुकका लागि दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक थलोमा राजनीति हुनु नहुने बताएका छन् । रामेछाप काँग्रेस सभापति समेत रहेका तामाङले आइतबार रामेछाप नगरपालिका वडा नं २ स्थित देउरालीमा कालीदेवी माविको भवन उद्घाटनमा आफ्नो भनाई राख्ने क्रममा मुलुकका लागि दक्ष जनशक्ति उत्पादन गर्ने थलोमा राजनीति हुनु नहुने बताउँदै […]

  8. लिटिल स्टार इङ्गलिस स्कुलले विविध कार्यक्रम गरी मनायो बाल दिवस

    रामेछाप– रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको लिटिल स्टार इङ्गलिस स्कुलले ५९ औँ बाल दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ भन्ने राष्ट्रिय नाराका साथ शुक्रवार बाल दिवस मनाइएको हो ।  लिटिल स्टार इङ्गलिस स्कुल बाल क्लबद्वारा आयोजित कार्यक्रममा मुख्य गरी गायन, नृत्य, वक्तृत्वकला, निबन्ध, लगायतको विधा समेटिएका थिए । […]

  9. राष्ट्रिय बाल दिवस: रामपुरमा एसइई र कक्षा १२ मा उतकृष्ट हुने विद्यार्थीलाई नगद सहित सम्मान

    रामेछाप– रामेछाप नगरपालिका वडा नं ५ रामपुरले वडा भित्र रहेका विद्यालयको सहभागिता विभिन्न कार्यक्रमको आयोजना गरेर राष्ट्रिय बाल दिवस २०८० मनाएको छ । शुक्रवार आयोजित कार्यक्रममा अन्तर विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप सहित गएको शैक्षिक सत्रमा वडा भित्रको विद्यालयबाट एसइई परीक्षा र कक्षा १२ को परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने विद्यालाई सम्मान गर्दै बाल दिवस […]

  10. रामेछापको सुनापतिमा यात्रुवाहक बस दुर्घटना, सात यात्रु घाइते

    रामेछाप– रामेछापको सुनापति गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार ७ जना घाइते भएका छन् । सुनापति गाउँपालिका–२ रजमनटारबाट काठमाडौँ तर्फ गइरहेको बा ३ ख ५९६० नम्बरको यात्रुवाहक बस सुनापति गाउँपालिकाको वडा नं ३ भलायखर्कमा बुधवार दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका हुन् । घाइते हुनेहरूमा सुनापति गाउँपालिका वडा नं २ का मच्याङ तामाङ […]

  11. सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीको अयिभानः  चोक–चोकमा चालकको स्वास्थ्य परीक्षण

    रामेछाप– जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले ढुवानीका साधन र सवारीका साधन चलाउने चालकको स्वास्थ्य परीक्षण गर्ने अभियान चलाएको छ । सडक दुर्घटनालाई कम गर्ने उद्देश्यले मन्थली बजारको चोक–चोकमा चालकको स्वास्थ्य परीक्षण अभियान चलाएको हो । शनिवार मन्थलीको भैसेसुर चोकमा ट्राफिक प्रहरीले स्वास्थ्य कर्मी सहितको टोलीले ५० जना चालकहरूको स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्य परीक्षणमा […]

  12. रामेछापमा आत्महत्या गर्नेको संख्या स्थिर, पाँच वर्षमा २ सय ५३ जनाले ज्यान लिए

    रामेछाप– रामेछापमा आत्महत्या गर्नेको संख्या पाँच वर्ष देखि स्थिर रहेको छ । गएको पाँच वर्षलाई हेर्दा वार्षिक औसत ५० जनाले आत्महत्या गर्ने गरेका छन् । गएका पाँच वर्षमा सबै भन्दा बढी आर्थिक वर्ष २०७७/०७८ मा ६५ जनाले र सबै भन्दा कम आर्थिक वर्ष २०७५/०७६ मा ४२ जनाले आत्महत्या गरेको तथ्याङ्क रहेको छ । जिल्ला प्रहरी […]