समाचार

७७०समाचार

पृष्ठ २५

  1. ‘जनताको मन जित्ने गरी काम गरौँ, माओवादी ६४ कै अवस्थामा फर्किन्छ’- प्रधानमन्त्री दाहाल

    रामेछाप– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले जनताको काम गर्ने अवसर मिलेकाले जनताको मन जित्ने गरी काम गर्न सके नेकपा माओवादी केन्द्र २०६४ कै अवस्थामा फर्किने दाबी गरेका छन् । बिहीबार रामेछापको दोरम्बामा आयोजित  २०औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा बोल्दै प्रधानमन्त्री दाहालले अहिले देशको नेतृत्वमा नेकपा माओवादी केन्द्र रहेको र जनताको मन जित्ने गरी काम […]

  2. साउन ३२ गते रामेछापको दोरम्बामा २०औँ दोरम्बा स्मृति दिवस, प्रधानमन्त्री आउने

    रामेछाप– रामेछापको दोरम्बामा २० औँ दोरम्बा स्मृति दिवस बिहीबार आयोजना हुने भएको छ । रामेछापको दोरम्बामा २०६० साल साउन ३२ गते तत्कालीन नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरूलाई तत्कालीन शाही नेपाली सेनाले नियन्त्रणमा लिई डाँडाकटेरी भन्ने ठाउँमा लगेर हत्या गरेको थियो । दाङ जिल्लाको हापुरेमा सरकार र विद्रोही माओवादीबिच शान्तिबार्ता चलिरहेको बेला दोरम्बा घटना घटेपछि वार्ता […]

  3. मनकामना फ्रुट एण्ड बेभरेज प्रालिका उत्पादन अब काठमाण्डौं शहरमा

    काठमाण्डौ– मनकामना फ्रुट एण्ड वेभरेज प्रा.लि अर्जुनधरा ५ झापामा उत्पादित स्वदेशी उत्पादनहरु काठमाडौं शहरमा पनि बजार बिस्तार सुरु गरेको छ । स्वदेशमा उत्पादन गरेका  फरक–फरक स्वादका पिय पदार्थले ग्राहकहरुको मन जित्न सफल भएको कम्पनीले बताएको छ ।  अहिले बजारमा निम्बु फ्रेस , सिकन्जी मसला, पिच मस्ति, कलास सोडा लगायतका उत्पादन बिक्रि गरिरहेको कम्पनीले बताएको छ […]

  4. संसद्मा पेस हुन लागेको नयाँ शिक्षा ऐन विरुद्ध शिक्षक आन्दोलनमा

    रामेछाप- मन्त्री परिषदबाट स्वीकृत भएर संसदमा लैजाने तयारीमा रहेको शिक्षा ऐन २०८० विरुद्ध २०७५ साल चैत्र ४ गतेपछि स्थायी भएका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । नयाँ आउन लागेको शिक्षा ऐनमा २०७५ चैत्र ४ गतेपछि स्थायी भएका शिक्षकहरुलाई योगदानका आधारमा पेन्सन दिने नीति लगायका बिषयहरु ल्याएको भन्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । शिक्षा ऐन २०२८ अनुसार […]

  5. समाजबादी प्रेस संगठन रामेछापको अध्यक्षमा कैलाश खत्री

    रामेछाप- नेकपा एस निकट पत्रकारको संगठन समाजबादी प्रेस संगठन नेपाल रामेछापको अध्यक्षमा कैलाश खत्री चयन भएका छन् । शनिबार सम्पन्न भएको प्रथम जिल्ला भेलाले खत्रीको अध्यक्षतामा समाजबादी प्रेस संगठन नेपाल रामेछापको गठन भएको हो । संगठनको उपाध्यक्षमा चन्द्र बुढाथोकी, सचिवमा सौरभ श्रेष्ठ, कोषाध्यक्षमा चाहना प्रधान‌, सदस्यमा सुजिता केसी र भवानी खड्का चयन भएका छन् । […]

  6. जिल्ला अस्पताल रामेछापलाई शव वाहन प्राप्त

    रामेछाप– बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल रामेछापलाई शव वाहन उपलब्ध गराएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तरगतको आपूर्ति विभागले जिल्ला अस्पताललाई एक थान शव वाहन उपलब्ध गराएको हो । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले आइतबार अस्पताल विकास समिति रामेछापका अध्यक्ष यम कुमार पाख्रिनलाई शव वाहन हस्तान्तरण गरेका हुन् । […]

  7. नवजागरणको २५ वर्षे यात्रा: २५ जना महिलाले सुरु गरेको सहकारीको कुल पुँजी ६६ करोड

    रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५औँ स्थापना दिवस अर्थात रजत वर्ष मनाएको छ । २५ वर्ष अघि सहकारी स्थापना भएको ठाउँ तत्कालीन मन्थली गाविसको टेकानपूर गाउँमा शुक्रबार संस्थाको २५औँ स्थापना दिवस मनाइएको हो । मन्थली नगरपालिका वडा नं २ टेकानपुरमा रहेको ताम्राकौशीका आधारभूत विद्यालयको प्राङ्गणमा मनाइएको कार्यक्रममा मन्थली […]

  8. ट्रेड युनियन काँग्रेस रामेछापको माग: न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याऊ

    रामेछाप– ट्रेड युनियन काँग्रेस रामेछापले श्रमिकहरूको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउन माग गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । बिहीबार रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौला मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीलाई १५ हजार कायम रहेको न्यूनतम पारिश्रमिकलाई वृद्धि गरेर २५ हजार पुर्‍याउन माग गर्दै ट्रेड […]

  9. गोकुलगंगाको गरिब लक्षित कार्यक्रम: गाउँमै जुत्ता बन्न थाले, वडामै पुगे कृषि औजार बनाउने मेसिन 

    रामेछाप– गोकुलगंगा गाउँपालिकामा गरिब लक्षित कार्यक्रम अन्तरगत व्यावसायिक कृषि गर्न पशुपालनको तालिम दिने देखि कृषि औजार बनाउने अत्याधुनिक इलेकट्रोनिक उपकरण सम्मका सामाग्री गाउँ–गाउँमा पुगेका छन् । गाउँपालिका भित्र रहेका आर्थिक रूपले विपन्न, अल्पसङ्ख्यक, दलित, सीमान्तकृत तथा पछाडि परेका समुदायलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमबाट व्यावसायिक रूपमा बाख्रा तथा बङ्गुर पालन तालिम, बेमौसमी खेती तालिम, अत्याधुनिक […]

  10. भैसेसुर खानेपानी: ११ हजार लिटर पानी निःशुल्क, आफ्नै नाममा भवन र आधा करोड बचत

    रामेछाप– मन्थली नगरपालिका वडा नं १ भैसेसुरका स्थानीयलाई २४ वर्ष अघि देखि पानी खुवाउँदै आएको भैसेसुर सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले उपभोक्ताहरूको सहजतालाई ध्यानमा राखेर आफ्नो सेवालाई उपभोक्तामैत्री बनाउँदै लगेको छ । २०५६ सालमा गठन भएर खानेपानी विस्तारको काम गरिरहेको समितिले उपभोक्तालाई दिँदै आएको सेवा तथा सुविधालाई थप सहज बनाउनको लागि आफ्नै भवन निर्माण […]

  11. तरुण दलको समितिले पायो पूर्णता, रामेछापबाट ८ जना

    रामेछाप- नेपाल तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिले पूर्णता पाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्धान गुरुङको अध्यक्षतामा गठित नेपाल तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनयन गरेसँगै समितिले पूर्णता पाएको हो । केन्द्रीय तदर्थ समितिमा रामेछापबाट पनि ८ जना मनोनयनमा परेका छन् । मनोनयन हुनेहरुमा सौरभ केसी, चन्द्र वाइबा, रिसिबी थापामगर, सुशिल बुढाथोकी, […]

  12. गोकुलगंगाको नीति तथा कार्यक्रम: कृषिजन्य बस्तुको प्याकेजिङ र ब्राण्डिङ देखि डिजिटल प्रोफाइल सम्मका योजना

    रामेछाप– गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकता दिँदै कृषिजन्य बस्तुको प्याकेजिङ र ब्राण्डिङ गर्ने देखि एकीकृत घरधुरी सर्वेक्षण सहित गरिबी स्तरीकरण सहितको डिजिटल गाउँ प्रोफाइल बनाउने सम्मका योजनालाई समेटेको छ । आइतबार सम्पन्न १३ औँ गाउँ सभाले कृषिलाई पहिलो प्राथमिकतामा राखेर किवी फर्म व्यवस्थापन, व्यावसायिक आलु […]