राजनीति

१२४समाचार

पृष्ठ ८

  1. उमेरले युवा हैन, काम र परिणामले युवाको अनुभुति गराउँछुः सचिव खड्का

    रामेछाप– नेपाली कांग्रेस रामेछापका सचिव दिपक खड्काले आफ्नो कार्यकालमा गरिने कामको परिणाममा युवाको अनुभुति दिलाउने बताएका छन् । नेपाली काँग्रेस गोकुलगंगा गाउँपालिका–५ नामाडीले आइतबार आयोजना गरेको दशै तिहारको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै नवनिर्वाचित सचिव खड्काले आफ्नो कार्यकालमा उमेरले युवा नभई काम र परिणामले युवाको अनुभुति दिलाउने बताएका हुन् । सचिव खड्काले आफ्नो भनाई राख्दै […]

  2. यस्तो बन्यो रामेछाप काँग्रेस हाँक्ने टिम (सूची सहित)

    रामेछाप– नेपाली काँग्रेस रामेछापको १४ औँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व सहित जिल्ला कार्य समितिको छनौट गरेको छ । भदौ २३ गते देखि वडा अधिवेशनबाट सुरु भएको रामेछाप काँग्रेसको अधिवेशन पालिका र क्षेत्र हुँदै असोज १७ गते जिल्ला अधिवेशन भएपछि वडा तह देखि जिल्ला तह सम्ममा नयाँ नेतृत्व सहित नयाँ कार्य समिति बनेको छ । जिल्ला […]

  3. रामेछाप प्रदेशसभा ‘क’ क्षेत्रिय सभापतिमा केशव महतको उम्मेद्वारी घोषणा

    रामेछाप– नेपाली काँग्रेस रामेछाप प्रदेशसभा ‘क’ (क्षेत्र–१) को क्षेत्रिय सभापतिमा केशव महतले उम्मेद्वारी घोषणा गरेका छन् । नेपाली काँग्रेसका जिल्ला कार्यसमिति रामेछापका सदस्य समेत रहेका महतले काँग्रेसको १४ औँ अधिवेशनमा रामेछाप प्रदेशसभा ‘क’ (क्षेत्र–१) को सभापतिमा उम्मेद्वारी रहेको घोषणा गरेका हुन् । सवाल, सक्षम र गतिशील काँग्रेस बनाउने मुख्या नाराका साथ रामेछाप प्रदेशसभा ‘क’ (क्षेत्र–१) […]

  4. केपी ओलीलाई अष्टलक्ष्मीका चार सुझाव

    न्युज कारखाना/काठमाडौं- एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले फुट र जुटको अनुभव भएको एमाले सुदृढ बनाउन चारवटा सुझाव दिएकी छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै उपाध्यक्ष शाक्यले एमाले सुदृढ बनाउन नेतृत्वको ध्यानाकर्षण गराइन् । यस्ता छन् चार सुझाव १) हामी विचारबाट साह्रै विचलित भयौं । वैचारिक प्रशिक्षण भएन । नवौं अधिवेशनमा दुइटा […]

  5. ‘सभापतिमा मेरो उम्मेद्वारी कायमै छ, अन्य समूहसँग मिल्ने भन्ने हल्ला मात्रै हो’– कान्छाराम

    रामेछाप– नेपाली काँग्रेसका नेता एवं महासमिति सदस्य पुर्णबहादुर तामाङ कान्छारामले रामेछापको जिल्ला सभापतिमा आफ्नो उम्मेद्वारी कायमै रहेकाले उम्मेद्वारी छोड्ने र अन्य समूहसँग मिल्न लागेको भन्ने हल्ला मात्रै भएको बताएका छन् । केही दिन अघिदेखि पार्टी सभापतिका सम्भावित उम्मेद्वारहरुको समूहले कान्छारामले उम्मेद्वारी फिर्ता लिएर आफ्नो समूहमा मिल्छ भन्दै गलत हल्ला फैलाएर मतदातालाई आफ्नो समूहमा तान्ने प्रयास […]

  6. काँग्रेस १४ औँ महाधिवेशनः रामेछापको सभापतिमा लड्ने दुई नेताको घोषणा

    रामेछाप- वडा तह देखि केन्द्रीय तह सम्म हुन लागेको नेपाली काँग्रेको १४ औँ महाधिवेशनमा निर्वाचनको मिति नजिकिदै जादा रामेछाप काँग्रेसमा पनि पार्टी सभापति देखि विभिन्न पदमा आगामी नेतृत्वको लागि काँग्रेस नेताहरुले उम्मेद्वरी घोषणा गर्न थालेका छन् । जिल्लाको पहिलो पद मानिने जिल्ला सभापतिमा दुई नेताले आगामी नेतृत्वका लागि पार्टी सभापतिको उम्मेद्वार रहेको औपचारिक घोषणा गरेका […]

  7. सालुमा विभिन्न पार्टी परित्याग गरेर २ सय ६४ जना नेपाली काँग्रेसमा प्रवेश

    रामेछाप– मन्थली नगरपालिका वडा नं ४ सालुका विभिन्न पार्टीमा आवद्ध भएका २ सय ६४ जना नेता तथा कार्यकर्ताले आफ्नो पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मन्थली नगरपालिका वडा नं ४ सालु इकाइले बुधबार आयोजना गरेको वडा कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजबादी […]

  8. बागमती प्रदेशका मुख्य मन्त्री सहित तीन मन्त्रीको दावीः ‘१३ जिल्ला मध्ये सबै भन्दा बढी विकास रामेछापमा’

    रामेछाप प्रदेशसभा ‘ख’ बाट निर्वाचित कैलाश प्रसाद ढुंगेलले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री भएकै कारण जिल्लामा भएका कामको प्रचार गर्न मुख्य मन्त्री डोरमणी पौडेललाई प्रमुख अतिथि, भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा र भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाललाई विशेष अतिथि बनाएर सदरमुकाम मन्थलीमा विहिबार एक कार्यक्रमको आयोजना गरे । जसमा मुख्य […]

  9. नेता र कार्यकर्ताको मन एकतिर टाँस्सिएपछि काँग्रेसमा विवाद आएको हो– काँग्रेस नेता ढुंगेल

    रामेछाप– नेपाली काँग्रेसका नेता ध्रुवहरि ढुंगेलले काँग्रेसका हरेक नेता तथा कार्यकर्ताको मन कतै न कतै टाँस्सिएका कारण काँग्रेसमा विवाद आउने गरेको बताएका छन् । गिरिजा प्रसाद कोइराला फाउण्डेशन मन्थली नगर समितिले राष्ट्रिय खिर दिवसको अवसर पारेर मन्थलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता ढुंगेलले काँग्रेसको १४औँ महाधिवेशनलाई लक्षित गर्दै अहिलेको संरचनामा रामेछापबाट मात्रै दुई सय नेताहरु […]

  10. पुष्पलाल स्मृति दिवसः रामेछापमा ओली र नेपाल समूहको छुट्टाछुट्टै कार्यक्रम

    प्रहार खबर– नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पालाल श्रेष्ठको ४३औँ स्मृति दिवसमा उनकै जन्मथलो रामेछापको भंगेरीमा नेकपा एमालेका केपी शर्मा ओली समूह र माधव कुमार नेपाल समूहले एकै स्थानमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर श्रेष्ठलाई सम्झेका छन् । श्रेष्ठको जन्मथलो समेत रहेको स्थानमा भएको सालिकमा दुई समूहले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर श्रद्धान्जलीसभा तथा माल्यार्पण कार्यक्रम गरेर […]

  11. विपीको सम्झनामा पार्टी कार्यालय परिसरमा वृक्षारोपण

    प्रहार खबर– नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३९औंँ स्मृति दिवसमा निर्माणाधिन विपी स्मृति भवन मन्थलीको परिसरमा वृक्षारोपण गरिएको छ । २०३९ साउन ६ गते निधान भएका कोइरालाको सम्झनामा रामेछाप काँग्रेसले यस अघि विभिन्न कार्यक्रम गरेर विपी स्मृति दिवस मनाउँदै आएको थिय । यस वर्ष भने रामेछाप काँग्रेसले निर्माणाधिन विपि स्मृति भवन मन्थलीको परिसरमा वृक्षारोपण […]

  12. नेपाली काँग्रेस चिसापानी–काठमाण्डौ सम्पर्क समितिद्वारा दुई स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री

    रामेछाप– नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं ८ चिसापानी–काठमाण्डौ सम्पर्क समितिले मन्थली नगरपालिका वडा नं ८ मा रहेका दुई स्वास्थ्य स्वास्थाहरुलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री र औषधि उपलब्ध गराएको छ । सम्पर्क समितिले ५१ हजार ७ सय रुपैयाँ बराबरको स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री र विरामीले प्रयोग औषधि निःशुल्क उपलब्ध गराएको हो । नेपाल […]