समाज
५२समाचार
पृष्ठ ३
‘महिला हिंसाको कारण र न्यूनीकरण’ शीर्षकमा लेख लेखेर विश्व रेकर्ड
‘महिला हिंसाको कारण र न्यूनीकरण’ शीर्षकमा लेख लेखेर विश्व रेकर्ड कायम गर्न सफल गीतकार डा. डीआर उपाध्यायलाई विश्व रेकर्डको प्रमाण पत्र प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदान गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको एक कार्यक्रममा अपाध्यलाई प्रधानमन्त्री देउवाले प्रमाण पत्र प्रदान गरेका हुन् । डा. उपाध्यायले गत असार १५ गते मंगलबार एकै दिन ३६ […]
७ दशकदेखि खसीरहेको घ्याप्चेको सुख्खा पहिरो
हजारौ रोपनी जग्गा बगरमा परिणत, दर्जनौ घरपरिवार विस्थापित, कतिले ज्यान गुमाए तर, सरकारसँग छैन नियन्त्रण गर्ने दीगो आधार रामेछाप– जिल्लाकै सबै भन्दा ठूलो पहिरको रुपमा रहेको घ्याप्चेको सुख्खा पहिरो खस्न थालेको करिव ७ दशक पुग्न लागेको छ । विक्रम संवत २०११ सालमा सात दशक यताकै सबै भन्दा (स्थानीको भनाई अनुसार) धेरै वर्षा भएको कारण जमिन […]
कुलमानलाई चिठ्ठीः ‘आफ्नै भूमिमा बनेको सवस्टेशनबाट विजुली बाल्ने व्यवस्था मिलाइदिनुहोस’
कुलमान घिसिङज्यू फेरि पनि बधाई छ ! यो बधाई दिने क्रममा म केहि गुनासो राख्दैछु । तपाईं रामेछापको सान हो, देश भरि विद्युतका समस्याहरु धेरै छन् तर पनि रामेछापको मात्र कुरा गर्दा हामी रामेछापका मान्छे विद्युतबाट धेरै पिडित छौं । मिनेटमिनेटमा विजुलि आउने जाने समस्या यहाँ धेरै छ । तार टाँगिएको छ तर विजुलिको उज्यालो […]
विपन्नको चुल्हो बाल्दै काँग्रेस नेता खड्का, चार हजार बढी परिवारलाई चुजीको खाद्यन्न सहयोग
रामेछाप– नेपाली कांग्रेसका युवा नेता निरोज खड्काको पहलमा लिखुतामाकोशी गाउँपालिकाका स्थानीयलाई खाद्यान्न सहयोग गरिएको छ । ताइवान स्थित अन्तरास्ट्रिय संस्था चुजी फाउन्डेसनको आर्थिक सहयोगमा प्रति परिवार २५ केजी चामल, १० केजी आँटा, १ केजी दाल, एक केजी चना, चिनी, एक प्याकेट नुन, एक लिटर तेल र ४ वटा साबुन लगायतको राहत प्याकेज पालिकाका सबै वडाका […]
रगत अभाव हुन थालेपछि उच्च स्वास्थ्य सुरक्षाका साथ रक्तदान कार्यक्रम
रामेछाप – कोरोना महामारीको बेला रगत अभाव हुन थालेपछि रामेछाप जेसिजले नेपाल रेडक्रस साेसाइटी रामेछापकाे प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे छ । देशभर रगत अभाव भएर कतिपय मानिसले ज्यान गुमाउनु पर्ने स्थिति सिर्जना हुदै गएकाले उच्च स्वास्थ्य सुरक्षाका साथ मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । देशभर भेरियन्ट सहितकाे काेराेना भाइरस संक्रमण न्युनिकरणका लागि […]
आफूसँग भएका अक्सिजन सिलिण्डर विरामी उपचारको लागि गाउँपालिकालाई हस्तान्त्ररण
रामेछाप– नेपाली काँग्रेस रामेछापका नेता एवं गोकुलगंगा–४ बेतालीका स्थानीय नानीबाबु बस्नेतले आफूसँग भएका अक्सिजन सिलिण्डर कोरोना संक्रमित विरामीका लागि उपचारमा प्रयोग गर्न गाउँपालिकालाई दिएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका आमन्त्रित सदस्य समेत रहेका बस्नेतले आफ्नो विभिन्न उद्योगहरुमा प्रयोगमा रहेका १४ ओटा खाली अक्सिजन सिलिण्डर कोरोना.महामारी भर प्रयोग गरेर फिर्ता गर्ने गरी कोरोना संक्रमितको उपचारमा […]
यादव दाहाल सामुदायिक मेलमिलापकर्ता समाज नेपाल केन्द्रको केन्द्रीय सदस्यमा निर्वाचित
रामेछाप– रामेछापका यादव दाहाल सामुदायिक मेलमिलापकर्ता समाज नेपाल केन्द्रको केन्द्रीय सदस्यमा निर्बिरोध निर्वाचित भएका छन् । शुक्रबार ललितपुरमा भएको नवौ तथा दशौं साधारणसभा एवं तेस्रो महाधिवेशनबाट दाहाल निर्बिरोध निर्वाचित भएका हुन् । दाहाल सामुदायिक मेलमिलापकर्ता समाज नेपाल रामेछापको सचिव समेत छन् । सामुदायिक मेलमिलापकर्ता समाज नेपाल रामेछापको स्थापना हुदाँ देखि नै दाहाल उक्त संस्थामा आवद्ध […]
गाउँका डाक्टर सुमन कर्माचार्य ‘दशक सम्मान’ द्वारा सम्मानित
रामेछाप– विगत तीन दशक भन्दा लामो समय देखि निरन्तर ग्रामिण स्वास्थ्य सेवामा समर्पित डा. सुमन कर्माचार्य सम्मनित भएका छन् । रामेछाप जिल्लामा लामो समय देखि चिकित्सा क्षेत्रमा रहेर तिकित्सकको भूमिका निर्वाह गरी जनसेवकको रुपमा काम गर्दै स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेशनल ओपन कलेज सानेपाले दुई दशकमा प्रदान गर्ने […]
डा. सुमन कर्माचार्य दशक सम्मानद्वारा सम्मानित हुँदै
रामेछाप– विगत तीन दशक भन्दा लामो समय देखि निरन्तर ग्रामिण स्वास्थ्य सेवामा समर्पित डा. सुमन कर्माचार्य सम्मनित हुने भएका छन् । रामेछाप जिल्लामा लामो समय देखि चिकित्सा क्षेत्रमा रहेर तिकित्सकको भूमिका निर्वाह गरी जनसेवकको रुपमा काम गर्दै स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेशनल ओपन कलेज सानेपाले दुई दशकमा प्रदान […]
नेपाल जेसीजको सल्लाहकारमा (बीओडी) आकाश भट्टराई मनोनित
नेपाल जेसीजको सल्लाहकार (एड्भाइजर टु बीओडी) मा आकाश भट्टराई मनोनित भएका छन् । रामेछाप जेसिज वर्ष २०१८ का अध्यक्ष समेत रहेका भट्टराईलाई नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले नेपाल जेसीजको वर्ष २०२१ को सल्लाहकार (एड्भाइजर टु बीओडी) मा मनोनित गरेका हुन् । जेसीज आस्थालाई आफ्नो अनुशासन बनाई वर्ष २०२१ लाई थप उचाई प्रदान गर्न […]
जेसिज क्षेत्र ‘ग’ सम्मेलनको निर्देशकमा भिमशेन बस्नेत
रामेछाप– रामेछाप जेसिजले नेपाल जेसिजको आयोजना तथा रामेछाप जेसिजको आतिथ्यतामा हुने क्षेत्र ‘ग’ सम्मेलन वर्ष २०२१ का लागि सम्मेलन निर्देशकको जिम्मेवारी भिमसेन बस्नेतलाई दिने निर्णय गरेको छ । रामेछाप जेसिजको वोर्ड बैठकले रामेछाप जेसिज वर्ष २०१६ का अध्यक्ष समेत रहेका बस्नेतलाई क्षेत्र ‘ग’ सम्मेलनको निर्देशक बनाउने निर्णय गरिएको महासचिव सन्तोश खत्रीले बताए । नेपाल जेसिज […]
आगलागी पीडितलाई गोकुलगंगा गाउँपालिकाले गर्यो आर्थिक सहयोग
रामेछाप– गोकुलगंगा गाउँपालिकाले आगलागीबाट ज्यान गुमाएका पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेको चोरपातलमा आगलागी हुँदा ज्यान गुमाएकी पासाङलेकी शेर्पाको परिवारलाई गाउँपालिकाले बुधबार घट्नस्थलमै पुगेर ५० हजारको चेक सहित खाद्यन्न र लत्ताकपडा सहयोग गरेको हो । मंगलबार विहान आगलागी हुँदा ज्यान गुमाएकी पासाङलेकी शेर्पाको परिवारलाई गाउँपालिकाले मृतकका छोरा किपाले […]












