समाचार

७७०समाचार

पृष्ठ ९

  1. सुनापति गाउँपालिका अध्यक्ष कप : आरवि सप्लायर्सलाई आयोजकले हरायो, सोमबार ५ खेल हुने

    रामेछाप– आइतबारदेखि सुरु भएको सुनापति गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टिमले (सुनापति गाउँपालिका खेलकुद विकास समिति) आरवि सप्लायर्स कामालाई हराएको छ । आयोजक टिमले आरवि सप्लायर्स कामालाई सोझो सेटमा हराएको हो । पहिलो चरणको खेल तालिका अनुसार आइतबार एक खेल मात्रै भएको थियो भने सोमबार ५ देखि ६ खेल […]

  2. सुनापति गाउँपालिका अध्यक्ष कपको तयारी अन्तिम चरणमा, ११ टिमले भाग लिने

    रामेछाप– सुनापति गाउँपालिका अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ । आइतबार (कात्तिक ९ गते) देखि सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीले बताए । तोकिएकै समय आइतबारदेखि नै खेल खेलाउन सक्ने गरी सुनापति गाउँपालिका वडा नं ३ का वडाध्यक्ष कुलबहादुर […]

  3. रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टलाई पूर्ण शान्ति पुरस्कार

    रामेछाप- रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्ट पूर्ण शान्ति पुरस्कारबाट पुरस्कृत भएका छन् । ७० औं प्रहरी दिवसको अवसरमा काठमाण्डौँमा आयोजित कार्यक्रम भट्ट यस वर्षको पूर्ण शान्ति पुरस्कारबाट पुरस्कृत भएका हुन् । प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार भएको कार्यक्रममा भट्टलाई गृहमन्त्री ओमप्रकाश अर्यालले भट्टलाई पूर्ण शान्ति पुरस्कार प्रदान गरेका छन् । रामेछाप आउनुअघि […]

  4. सुनापति गाउँपालिका अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता कात्तिक ९ देखि हुने

    रामेछाप- रामेछापको सुनापति गाउँपालिकाले चौथो सुनापति गाउँपालिका अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता कात्तिक ९ गतेदेखि सुरु गर्ने भएको छ । गाउँपालिकाले खुला पुरुष भलिबल प्रतियोगितामा देशैभरका भलिबल खेलाडीले भाग लिन पाउने गरी कात्तिक ९ गतेबाट सुरु गरेर १२ गते सम्पन्न गर्ने मिति तय गरेको हो । गाउँपालिका भित्र रहेका खेलाडीलाई राष्ट्रिय स्तरको खेलाडीहरूसँग प्रतिस्पर्धा […]

  5. लिट्टिल स्टार इङ्गलिस स्कुल रामेछापलाई पहिलो अन्तर्राष्ट्रिय अवार्ड प्राप्त

    रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा रहेको लिट्टिल स्टार इङ्गलिस स्कुललाई पहिलो अन्तर्राष्ट्रिय सर्वोत्कृष्ट शैक्षिक सम्मान तथा पुरस्कार (एकेडेमिक एक्सिलेन्स अवार्ड) प्राप्त भएको छ । जिल्लाकै पहिलो नीजि विद्यालयको रुपमा स्थापित लिट्टिल स्टार इङ्गलिस स्कुललाई मंगलबार विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्रम संचालन, सहजीकरण र समन्वय गर्ने एक्जिटो एजुकेशनद्वारा आयोजित मलेसियाको राजधानी कोलालाम्पुरको लिनकन युनिभर्सिटीबाट अवार्ड प्राप्त भएको […]

  6. रामेछाप कारागारको अनुरोध: भागेका कैदी बन्दी असोज २० भित्रै सम्पर्कमा आउनु, नत्र कारबाही

    रामेछाप- रामेछाप कारागारले जेनजी आन्दोलनका क्रममा देशका विभिन्न ठाउँमा रहेका कारागारबाट निस्केका कैदीबन्दीहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । कारागार कार्यालय रामेछापले एक सूचना जारी गर्दै गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बेला कारागारबाट बाहिर निस्केर हाल सम्म पनि आफू रहेको कारागारमा सम्पर्कमा नआएका कैदीबन्दीहरुलाई आफू बसेको कारागार वा नजिकको प्रहरी कार्यालयमा […]

  7. पार्टीको नेतृत्व परिवर्तन अनिवार्य छ- काँग्रेस केन्द्रीय सदस्य पौडेल

    रामेछाप- नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले काँग्रेस पार्टीको नेतृत्व परिवर्तन अनिवार्य रहेको बताएका छन् । बिहीबार रामेछापको सदरमुकाम मन्थलीमा पत्रकारहरूसँग कुरा गर्दै पौडेलले अहिलेको परिस्थितिमा नेपाली काँग्रेस पार्टीको नेतृत्व परिवर्तन अनिवार्य रहेको र त्यो मंसिर भित्रै हुनु पर्ने बताएका हुन् । उनले भने,‘अहिले हामी एउटा यस्तो अवस्थामा आइपुगेका छौँ, जुन अवस्थामा पार्टीको नेतृत्व परिवर्तन […]

  8. रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा

    रामेछाप- रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । बालमैत्री शासनयुक्त नगर हुन पुरा गर्नु पर्ने ५१ ओटा सूचकहरू अधिकतम पुरा भएपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले बागमती प्रदेशमा १२ औँ र रामेछाप जिल्लामा दोस्रो बालमैत्री स्थानीय शासन युक्त नगरपालिका भएको घोषणा गरेका हुन् । शनिवार रामेछापमा आयोजित बालमैत्री शासनयुक्त नगरपालिका घोषणा कार्यक्रममा […]

  9. निलकण्ठेश्वर माविका निवृत्तिभरण शिक्षक सम्मानित, विद्यार्थीलाई पुरस्कार

    रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं २ को निलकण्ठेश्वर मावि पुर्व विद्यार्थी समाजले निवृत्तिभरण शिक्षकलाई सम्मान र विद्यार्थी पुरस्कृत गरेको छ । समाजले शुक्रबार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त विद्यालयमा विभिन्न समयमा अध्ययपन गराएका र हाल निवृत्तिभरण भएका शिक्षकलाई सम्मान सँगै हाल अध्ययनरत विद्यार्थीहरुलाई पुरस्कृत गरेको हो । सम्मानित हुने निवृत्तिभरण शिक्षकहरुमा क्रमशः गुन्जबहादुर […]

  10. सुनापतिको तिज विशेष लोकगीत प्रतियोगितामा १५ हजारको पुरस्कार वडा नं २ को समूहलाई

    रामेछाप- सुनापति गाउँपालिकाले हरितालिका तिजको अवसर पारेर आयोजना गरेको गाउँपालिका स्तरीय लोकगीत प्रतियोगितामा वडा नं २ को दिदीबहिनी समूह प्रथम भएको छ । आइतबार गाउँपालिमा आयोजित प्रतियोगितामा विभिन्न समूहलाई पछाडि पार्दै वडा नं २ को दिदीबहिनी समूह प्रथम भएको हो । त्यस्तै वडा नं ४ को आमा समूह द्वितीय, वडा नं ५ को सचेतना आमा […]

  11. स्थानीय तह स्वमूल्यांकनमा गोकुलगंगा पहिलो

    रामेछाप- रामेछापको गोकुगंगा गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा जिल्लामै प्रथम भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा जिल्लाका ८ स्थानीय तह मध्ये गोकुलगंगा गाउँपालिका ८२ अंक प्राप्त गर्दै प्रथम भएको हो । आर्थिक वर्ष २०७९/०८० को […]

  12. रामेछापकी २५ वर्षकी सिर्जनालाई क्यान्सर भएपछि उपचारका लागि परिवारले माग्यो सहयोग

    रामेछाप– रामेछापको सुनापति गाउँपालिका वडा नं ५ की २५ वर्षकी सिर्जना विश्वकर्मालाई क्यान्सर रोग लागेपछि उनको परिवारले उपचारको लागि सहयोगको अपिल गरेको छ । सिर्जनालाई Acute Myeloid Leukemia AMLक्यान्सर भएको थाहा भएपछि उनका बुबा मिन बहादुर विश्वकर्मा र आमा मन कुमारी विश्वकर्माले उपचारमा सहयोग गर्न अपिल गरेका हुन् । कमजोर आर्थिक अवस्था भएको आफ्नो परिवारमा […]