समाचार

७७०समाचार

पृष्ठ १०

  1. सुनापतिमा तीज विशेष लोकदोहोरी प्रतियोगिता हुने

    रामेछाप- महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर सुनापति गाउँपालिकाले पालिका स्तरीय लोकदोहोरी प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाले पालिकाका सबै वडालाई सहभागी गराउँदै भदौ ८ गते गते प्रतियोगिताको आयोजना गर्ने तयारी गरेको हो । प्रतियोगितामा सहभागी हुन प्रत्येक वडाबाट महिला समूहले कम्तीमा सात जनाको टोली बनाएर दर्ता गराउनुर्पे गाउँपालिकाले जनाएको छ । प्रस्तुत […]

  2. एनआरएनए क्यालिफोर्नियाको बोर्ड सदस्यमा रामेछापका ई कुमार श्रेष्ठ निर्वाचित

    रामेछाप- गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया च्याप्टरको बोर्ड सदस्यमा रामेछापका ई कुमार श्रेष्ठ निर्वाचित भएका छन् । लामो समय देखि क्यालिफोर्निया बस्दै आएका श्रेष्ठ अध्यक्षमा निर्वाचित कुल प्रसाद ढकाल ‘केपी’ समूहबाट बोर्ड सदस्यमा निर्वाचित भएका हुन् । बुधवार राति निर्वाचन आयोगले प्रकाशित गरेको अनितिम उम्मेदवार सुचिमा एनआरएनए क्यालिफोर्निया च्याप्टरको बोर्ड सदस्य पदमा उम्मेद्वारी दिएका श्रेष्ठ […]

  3. फोनिज रामेछापद्वारा पत्रकार बद्री नयाँघरे र ज्ञानु श्रेष्ठ सम्मानित

    रामेछाप- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दुई पत्रकारलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । फोनिजले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा शनिबार सदरमुकाम मन्थलीमा आयोजना गरेरको कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका निवर्तमा अध्यक्ष बद्री नयाँघरे र प्रेस युनियन रामेछापको अध्यक्ष ज्ञानु श्रेष्ठलाई सम्मान गरेको हो । आदिवासी जनजातिको क्षेत्रमा खोजमूलक समाचार लेखनमा सक्रिय […]

  4. मन्थली माविको अध्यक्षमा कुमार श्रेष्ठ चयन

    रामेछाप- मन्थली मावि विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा कुमार श्रेष्ठ चयन भएका छन् । सोमबार बसेको ब्यबस्थापन समितिको बैठकले श्रेष्ठलाई चयन गरेको हो । अध्यक्षको मनोनयन अगाडि समितिको जेष्ठ सदस्य एवं मन्थली नगरपालिका वडा नं १ का वडाध्यक्ष होम प्रसाद पौडेल (रामहरी) को अध्यक्षतामा बसेको बैठकले कुमार श्रेष्ठ र मञ्जु लुइँटेललाई मनोनयन गरिएको र त्यसपश्चात मनोनित […]

  5. मन्थली बजार अनुगमन : ११ पसलमा म्याद गुज्रिएका सामग्री, ४५ हजार बढीको सामान जफत

    रामेछाप- रामेछाप जिल्लाको प्रमुख व्यापारिक केन्द्र मन्थली बजारमा अनुगमनको क्रममा खाद्यान्न तथा किराना पसलहरूबाट म्याद गुज्रिएका अखाद्य वस्तुहरू फेला परेका छन् । मन्थली नगरपालिकाको नेतृत्वमा तीन दिन सम्म गरिएको बजार अनुगमनमा ८० वटा पसलहरू निरीक्षण गर्दा ११ वटा पसलमा म्याद गुज्रिएका वस्तुहरू बिक्री स्थलमै राखिएको अवस्थामा भेटिएको हो । म्याद गुज्रिएका सामाग्रीहरू टुबोर्ग बियर, विभिन्न […]

  6. पहिरोले पुरिएर हल गोरु गुमाएका केदार बस्नेतलाई घरमै पुगेर काँग्रेसले दियो हल गोरु

    रामेछाप- अविरल वर्षासँगै आएको पहिरोले हल गोरु गुमाएका लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ४ बिजुलीकोटका केदार बस्नेतलाई नेपाली काँग्रेसले एक गोरु हस्तान्तरण गरेको छ । मुख्य खेती गर्ने समयमा बस्नेत परिवारले पहिरोको कारण हल गोरु गुमाएपछि नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिका वडा नं ४ इकाई समिति र नेपाली काँग्रेस काठमाण्डौँ-लिखुतामाकोशी गाउँपालिका सम्पर्क समितिको संयुक्त सहयोगमा हल गोरु […]

  7. सुनापतिको पर्यटन विकासमा सबैको एकै स्वर : ‘संरचना निर्माणदेखि सहकार्य सम्ममा सबै लाग्नु पर्छ’

    रामेछाप- सुनापति गाउँपालिकाको पर्यटन विकासका लागि सबै एक भएर लाग्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । पर्यटकीय सम्भावनाको पहिचान, प्रचारप्रसार र विकासका लागि आइतवार राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रम प्रतिनिधिसभा सदस्य, पूर्व मन्त्री, विभिन्न राजनीतिक दलका नेताहरू, पर्यटन विज्ञ, लगायतले सुनापतिको पर्यटकीय क्षेत्रको विकास गर्न सबै एक भएर लाग्नु पर्नेमा जोड […]

  8. मन्थली नगरका ८ सय ३९ जना दुध उत्पादक किसानलाई साढे २६ लाख बढी अनुदान

    रामेछाप- रामेछापको मन्थली नगरपालिकाले नगर भित्रका दुध उत्पादक किसानलाई साढे २६ लाख बढी अनुदान दिएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको एक वर्षमा नगर भित्र रहेर उन्नत गाई-भैंसी पालन गरि उत्पादित दुध विभिन्न डेरी उद्योगहरुमा बिक्री गर्ने ८ सय ३९ जना किसानलाई २६ लाख ६३ लाख ५ सय ३६ रुपैयाँ अनुदान दिएको हो । नगरपालिकाले […]

  9. सुनचाँदी व्यवसायी २२ दिनदेखि आन्दोलनमा, कर कार्यालयमा धर्ना

    रामेछाप- नेपाल सुनचाँदी कला व्यवसायी संघ जिल्ला शाखा रामेछाप २२ दिनदेखि जारी आन्दोलनलाई निरन्तरता दिँदै सोमबार करदाता सेवा कार्यालय मन्थलीमा धर्ना कार्यक्रम सम्पन्न गरेको छ । संघका कार्यवाहक अध्यक्ष तुल बहादुर विश्वकर्मा ‘कृष्ण’ को नेतृत्वमा आयोजित धर्नामा सहभागीहरूले कर कार्यालय प्रमुख कृष्ण आचार्यलाई औपचारिक रूपमा आफ्ना मागहरू बुझाउँदै कार्यालयको मूल गेट अगाडि करिब ४५ मिनेटसम्म […]

  10. लिखुतामाकोशीको दलित लक्षित वडा अभियान : ‘राज्यले दिने छुट र सहुलियतको प्रयोग गरौँ’

    रामेछाप– लिखुतामाकोशी गाउँपालिकाले पालिका भित्रका सबै वडामा पुगेर दलित समुदायलाई राज्यले दिँदै आएका विभिन्न छुट, सहुलियत र विशेष सुविधाको बारेमा गाउँ गाउँमा पुगेर अभिमुखीकरण गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको दलित लक्षित कार्यक्रम अन्तरगत मागमा आधारित दलित सशक्तीकरण तथा आयआर्जन कार्यक्रमबाट वडा तहमै पुगेर स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र विभिन्न निकायबाट दलित […]

  11. सुनापतिको पर्यटकीय क्षेत्रमा दुई हजार बढी वृक्षारोपण

    रामेछाप– रामेछाप जिल्लाको सुनापति गाउँपालिकाले हरियाली प्रवर्द्धन र वातावरणीय सन्तुलन कायम गर्न उल्लेखनीय कदम चालेको छ । गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा परिचित लामा टोलदेखि सुनापति डाँडाको शिवमूर्ति वरिपरी हुँदै १०८ वटा लहरे माने सम्म पुग्ने सडक छेउछाउ करिब दुई हजार बढी बिरुवाहरू रोपिएको गाउँपालिकाले जानकारी दिएको छ । धान दिवसका रूपमा मनाइने असार १५ […]

  12. गाउँपालिकाको सहयोगले मोडियो दुरागाउँका इश्वरको जीवनको बाटो : दुखपछि सुखको कथा

    रामेछाप– सहरको चकाचक जीवन वा विदेशी कमाइको सपना धेरै युवाका रोजाइ हुन् । तर, लिखुतामाकोशी गाउँपालिका–१, दुरागाउँका २३ वर्षीय इश्वर बर्मशाखाले भने फरक बाटो रोजे । जीवनको कठिन मोडमा गाउँपालिकाबाट पाएको एक सानो सहयोगले उनको जीवनको दिशा नै परिवर्तन गरिदियो । अहिले उनी आत्मनिर्भर युवाको प्रेरणादायी व्यक्ती बनेका छन् । इश्वरको संघर्षको कथा कोभिड महामारीसँगै […]