समाचार

७७०समाचार

पृष्ठ ११

  1. २०८१ को रामेछापको एसइई नतिजा : ७३.५१ प्रतिशत उत्तीर्ण, मन्थली माविकी छात्राले ल्याइन् ४ जिपिए

    रामेछाप- रामेछाप जिल्लाबाट २०८१ सालको एसइई परीक्षामा सहभागी भएका कुल विद्यार्थी मध्ये ७३.५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा अनुसार रामेछापबाट परीक्षामा सहभागी भएका २ हजार ४ सय ५ जना विद्यार्थी मध्ये १ हजार ७ सय ६८ जना उत्तीर्ण भएका हुन् । […]

  2. उमाकुण्डको नीति तथा कार्यक्रम र बजेट : ११८ बुँदे कार्यक्रम कार्यान्वयन गर्न ६१ करोड बढीको बजेट

    रामेछाप– उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मङ्गलवार सम्पन्न भएको उमाकुण्ड गाउँपालिकाको १८ औँ अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको हो ।  गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, खेलकुद, पुर्वधार, पर्यटन, सामाजिक विकास लगायतका क्षेत्रलाई प्राथमिकता […]

  3. विश्व रक्तदाता दिवसमा रामेछापमा रक्तदान तथा अन्तरक्रिया कार्यक्रम

    रामेछाप- हरेक वर्ष जून १४ तारिखका दिन मनाइने विश्व रक्तदाता दिवसको अवसरमा रामेछापमा रक्तदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोे छ । जनस्वास्थ्य कार्यालय रामेछापको आयोजना, रामेछाप अस्पतालको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाको समन्वयमा आयोजित कार्यक्रममा रक्तदानमा १४ जना व्यक्तिहरुले रगत दान गरेका छन् । कार्यक्रम रामेछाप अस्पताल परिसरमा आयोजना गरिएको थियो । […]

  4. रामेछाप तरुण दलको अधिवेशनः पूर्णकालीन सदस्य नवीकरण र नयाँ सदस्यता वितरण गरिने

    रामेछाप- नेपाल तरुण दल रामेछापले अधिवेशन गर्नको लागि प्रारम्भिक छलफल तथा कार्यक्रमहरू तय गरेको छ । शनिवार बसेको जिल्ला कार्यसमितिको बैठकले आगामी अधिवेशनको पुर्वतयारी स्वरूप तरुण दलको पूर्णकालीन सदस्यता नवीकरण र नयाँ सदस्य वितरणको निर्णय गरेर अधिवेशनको तयारी गरेको हो । नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) को अध्यक्षतामा बसेको बैठकले तरुण […]

  5. सुनचाँदी व्यवसायी आन्दोलित : रामेछापमा पसल बन्द, कर वृद्धिविरुद्ध ज्ञापनपत्र

    रामेछाप- नेपाल सुनचाँदी कला व्यवसायी संघ रामेछापले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनचाँदी तथा हिरा-पत्थरका गहनामा गरिएको नयाँ कर संरचनाप्रति गम्भीर आपत्ति जनाउँदै बिहीबार प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराएको छ । संघका सचिव सिताराम लोहारले हस्ताक्षर गरेको ज्ञापनपत्र बिहिबार रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा मार्फत बुझाउदै संघले सरकारको ध्यानाकर्षण गराएको हो […]

  6. रामेछापबाट ९ महिनामा ६ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा

    रामेछाप- चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा रामेछाप जिल्लाबाट ६ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि बाहिरीएका छन् । चालु आर्थिक वर्षको साउनदेखि चैत्र मसान्तसम्मको तथ्यांकअनुसार ६ हजार ७६ जनाले विभिन्न मुलुकमा श्रम स्वीकृति लिएर विदेशिएको सुरक्षित आप्रवासन कार्यक्रम (SaMi) का जिल्ला संयोजक दीपक केसीले बताए । वैदेशिक रोजगारमा जानेहरूमध्ये ४ हजार ७ सय २० […]

  7. रामेछाप नगरपालिकाका सबै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

    रामेछाप- रामेछाप नगरपालिकाका सबै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएका छन् । मंगलबार नगरका सबै वडामा‌ औपचारिक कार्यक्रमको आयोजना गरि ९ ओटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । बालमैत्री शासन प्रणाली स्थापनाका लागि सबै वडाहरूले बाल बचाउ १४, बाल संरक्षण १०, बाल विकास ६, बाल सहभागिता ६ र संस्थागत विकास १५ […]

  8. गाउँमै बन्‍न थाल्यो कोदोको बिस्कुट, आत्मनिर्भरतातर्फ लिखुतमाकोशीका महिला

    रामेछाप- रामेछापको लिखुतमाकोशी गाउँपालिकाका महिलाहरूले गाउँमै उत्पादित कोदोबाट बिस्कुट बनाउने सीप सिकेर आत्मनिर्भरतातर्फ कदम चालेका छन् । गाउँपालिकाको वडा नं. १ दुरागाउँका २५ जना महिलाहरूले १५ दिनसम्म सञ्चालन गरिएको सीपमूलक तालिममार्फत बिस्कुट बनाउने कला आर्जन गरेका हुन् । बागमती प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय र लिखुतमाकोशी गाउँपालिकाको साझेदारीमा सञ्चालित ‘गृहिणी महिला सशक्तिकरण कार्यक्रम’ अन्तर्गत तालिम […]

  9. प्रेस युनियन स्थापना दिवस : रामेछापमा अन्तरक्रियादेखि आँखा परीक्षणसम्मका सप्ताहव्यापी कार्यक्रम

    रामेछाप- नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित रामेछाप शाखाको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । युनियनको ३४ औँ स्थापना दिवसको अवसर पारेर नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापले १३ गते देखि १९ गते सम्म विभिन्न कार्यक्रमको आयोजना गर्दै ३४ औँ स्थापना दिवस लक्षित कार्यक्रमहरू सम्पन्न गरेको हो । नेपाल प्रेस युनियन रामेछापले १३ गते […]

  10. विश्व दुध दिवसमा वक्तृत्वकला प्रतियोगिता, लिटिल स्टारकी छात्रा स्मृति घिमिरे प्रथम

    रामेछाप- विश्व दुध दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा लिटिल मास्टर अंग्रेजी स्कुलकी छात्रा स्मृति घिमिरे प्रथम भएकी छिन् । जिल्ला कृषि सहकारी संघ रामेछापको आयोजनामा आइतबार भएको ‘दुधको उत्पादन देखि उपभोग सम्म, चुनौती र अवसरहरू’ विषयक प्रतियोगितामा घिमिरेले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगितामा तामाकोशी अंग्रेजी स्कुलकी छात्रा आरधना आचार्य द्वितीय, […]

  11. गृहको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन रामेछाप पहिलो

    रामेछाप– गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय रामेछाप पहिलो भएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासिक अवधि (माघ–चैत्र) को सम्पादित कार्यहरूका आधारमा रामेछाप जिल्ला प्रशासनले पहिलो स्थान प्राप्त गरेको हो ।  मन्त्रालयले प्रत्येक आवको त्रैमासिक कार्य मूल्याङ्कनका आधारमा प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । शान्तिसुरक्षा र अपराध नियन्त्रण, शासकीय प्रबन्ध […]

  12. रामेछाप अस्पतालको बेरुजु शून्यः सुशासनको नमूना

    रामेछाप- रामेछाप प्रादेशिक अस्पतालले सार्वजनिक वित्तीय व्यवस्थापनमा उल्लेखनीय सफलता हात पारेको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनअनुसार अस्पतालको बेरुजु रकम शून्य देखिएको छ । महालेखापरीक्षकको ६२ औं प्रतिवेदनअनुसार उक्त वर्ष अस्पतालमा ९ करोड २४ लाख ९१ हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो । यति ठूलो रकमको लेखाजोखा हुँदाहुँदै पनि कुनै […]