समाचार
७७०समाचार
पृष्ठ १२
शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान प्रा. डा. सुमन कर्माचार्यलाई
रामेछाप- शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान २०८१ द्वारा डा. सुमन कर्माचार्य सम्मानित भएका छन् । शिशिर घिमिरे स्मृति प्रतिष्ठानले शनिबार बर्दिवासमा आयोजना गरेको कार्यक्रममा रामेछापका डा. कर्मचार्य नगद १५,५५५ पुरस्कार सहित सम्मानित भएका हुन् । शिशिर घिमिरे स्मृति प्रतिष्ठानका संरक्षक तथा बर्दिवास छन्द चौतारीका अध्यक्ष प्रेम घिमिरे ‘अग्नि कवच’ को अध्यक्षता र मधेस प्रदेश क्षेत्र […]
सञ्चारमन्त्रीको अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बर्खिलापमा
रामेछाप- नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवकोटीले सरकार संचारमन्त्रीले नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बर्खिलाप हुने गरी अभिव्यक्तिहरू दिइरहेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन रामेछापको ९औँ साधारण सभा आफ्नो भनाई राख्दै केन्द्रीय सदस्य सिवकोटीले संचारमन्त्रीले सामाजिक संजाललाई प्रतिबन्ध लगाउने सार्वजनिक भनाइहरू मार्फत प्रेस तथा स्वतन्त्रताको समेत बर्खिलाप हुने गरी अभिव्यक्ति दिइरहेको बताए । […]
लिखुतामाकोशीको ८ महिनाको प्रगतिः ४५ प्रतिशत खर्च, १ सय १३ योजना सम्झौता भई काम हुँदै
रामेछाप- लिखुतामाकोशी गाउँपालिकाको चालु आर्थिक वर्षको दोस्रो चौमासिक सम्ममा प्रवाह भएका सार्वजनिक सेवा, विकास निर्माणको अवस्था, सेवा र विकास निर्माणको गुणस्तरीयता पालिकाबाट संचालनमा रहेका विभिन्न योजनाहरूको बारेमा सार्वजनिक सुनुवाइ मार्फत स्थानीय नागरिकको सहभागितामा सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को दोस्रो चौमासिकसम्ममा पालिका भित्र संचालनमा रहेका विकास निर्माणका योजना र सेवा प्रवाहलाई थप […]
कर्मचारी मिलन केन्द्रद्वारा शुभकामना आदानप्रदान
रामेछाप- कर्मचारी मिलन केन्द्र रामेछाप र लेखा समूह रामेछापले संयुक्त रुपमा नयाँ वर्षको शुभकामना आदानप्रदान तथा २०८२ सालको भित्ते पात्रो तथा टेबुल पात्रो सार्वजनिक गरेका छन् । बुधवार एक कार्यक्रमको आयोजना गरी रामेछाप जिल्लामा कार्यरत सरकारी कर्मचारीहरू बिचमा २०८२ सालको शुभकामना आदानप्रदान सँगै कर्मचारी मिलन केन्द्र रामेछापद्वारा प्रकाशित भित्ते पात्रो र लेखा समूह रामेछापद्वारा प्रकाशित […]
शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम
रामेछाप- रामेछापका माेबाइल तथा ईलेक्ट्राेनिक व्यवसायीहरूले नयाँ वर्ष २०८२ साल लाई स्वागत गर्दै वनभाेज कार्यक्रमकाे आयाेजना गरेका छन । चैत ३०गते शनिबार रामेछाप नगरपालिका वडा नम्बर ८ बिटार पार्कमा वनभाेजकाे आयाेजना गरिएको हाे । रामेछाप ईलेक्ट्राेनिक तथा माेबाइल व्यवसाय संघले शुभकामना आदानप्रदान सहित आयाेजना गरेको छ । वनभाेज कार्यक्रममा जिल्लाका माेबाइल र इलेक्ट्रोनिक व्यवसायमा गर्ने […]
रामेछाप– ७ को सार्वजनिक सुनुवाई: ८ सय किसानलाई परिचय पत्र, निःशुल्क स्वास्थ्य बिमा निरन्तर
रामेछाप– रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले चालु आर्थिक वर्षको सुरु देखि सम्ममा वडाबाट भएका विकास निर्माणको अवस्था, वडाबाट प्रवाह भएका सेवा प्रवाहको गुणस्तरीयता र वडा नं ७ मा नगरबाट संचालनमा रहेका विभिन्न योजनाहरूको बारेमा सार्वजनिक सुनुवाइ मार्फत स्थानीय नागरिकको सहभागितामा सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को हाल सम्ममा वडा तथा […]
लिखुतामाकोशीमा वनप्रतिको चासोः पालिकादेखि वडातहसम्म समिति, विद्यालयले वनबारे दैनिक पढाउने
रामेछाप- रामेछापको लिखुतामाकोशी गाउँपालिकाले पालिका क्षेत्रभित्र रहेका सामुदायिक वन र कबुलियत वनको संरक्षण, उपभोक्ताहरूसँगको सम्बन्ध सुदृढीकरण, र वन क्षेत्रको व्यावसायिकीकरणलाई प्राथमिकतामा राख्दै नयाँ योजना अगाडि सारेको छ । पालिका स्तरदेखि वडातहसम्म छुट्टै संयन्त्र निर्माण गर्दै वन संरक्षण, वन डढेलो नियन्त्रण, तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य लिइएको गाउँपालिकाले जनाएको छ । वन संरक्षणका लागि संयन्त्र गठन […]
नागरिकमैत्री स्थानीय सरकारः वडाध्यक्ष कार्कीको ‘टोलमै सेवा’ अभियान
रामेछाप- रामेछाप नगरपालिका-७, बिर्ताका नागरिकका लागि वडा कार्यालयसम्म पुगेर सेवा लिन त्यति सहज छैन । किनभने बिर्ताबाट वडा कार्यालय पुग्न घण्टौ लाग्छ । वडा कार्यालय टाढा पर्ने भएकाले वडाबाट लिनु पर्ने सेवा लिन जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलाका लागि निकै अफ्ठेरो छ । तर, वडाध्यक्ष समिर कार्कीले नागरिकलाई सहज बनाउने उद्देश्यले ‘टोलमै […]
‘केपी ओली मुर्दावाद’ लेखेको ब्यानर झुण्डियो रामेछापको माओवादी पार्टी कार्यालयमा
रामेछाप– नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विरोधमा नेकपा माओवादी केन्द्र रामेछापको पार्टी कार्यालयमा ‘केपी ओली मुर्दावाद’ लेखिएको ब्यानर झुण्डिएको छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नालायक सरकार मुर्दावाद !, उर्जामन्त्री राजीनामा दे !, केपी ओली मुर्दावाद !, जस्ता नारा लेखिएको ब्यानर झुण्ड्याएको हो । नालायक सरकार मुर्दावाद, उर्जामन्त्री […]
कुलमान घिसिङ हटाउने निर्णयप्रति महामन्त्रीद्वोयको असन्तुष्टि
रामेछाप– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयप्रति नेपाली कांग्रेसका दुई महामन्त्री गगनकुमार थापा र विश्व प्रकाश शर्माले कडा असन्तुष्टि जनाएका छन् । महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत सरकारको निर्णयप्रति गम्भीर असहमति जनाउँदै सरकार स्वयंले असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गरेको टिप्पणी गरे । उनले लेखेका छन्, “हामीले यस्तो नगरौँ है भन्दा […]
रामेछाप नगरको प्रगति: आठ महिनामा ३३ प्रतिशत खर्च, सार्वजनिक सुनुवाइमा नागरिकका गुनासा
रामेछाप– चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म रामेछाप नगरपालिकाले ३३.९१ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ। आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईंले प्रस्तुत गरेको आर्थिक प्रगति विवरण अनुसार चालु खर्च ४४.०९ प्रतिशत र पूँजीगत खर्च १३.४५ प्रतिशत रहेको छ।प्रमुख प्रशासकीय अधिकृत चापागाईंले नगरपालिकाको योजनाहरू हाल कार्यान्वयन प्रक्रियामै रहेकाले खर्च […]
रामेछापमा कृषि उत्पादन, संकलन र बजारीकरण सम्बन्धी अभिमुखीकरण सम्पन्न
रामेछाप – जिल्ला कृषि सहकारी संघको आयोजनामा न्यानो साना किसान कृषि सहकारी संस्था लि.को सह-आयोजनामा तथा साहारा साकोसको समन्वयमा रामेछाप नगरपालिकामा “कृषि उत्पादन, संकलन तथा बजारीकरण” विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। रामेछाप नगरपालिकाको हलमा आयोजित उक्त कार्यक्रममा ५० जनाभन्दा बढी कृषक, कृषि सहकारी संस्थाका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्ला कृषि सहकारी […]












